नागरिक नायकः हिंसापीडितकी देवी 'देवी खड्का'
११ वैशाख २०८१
•
११ मिनेट पाठ
नागरिक नायकः हिंसापीडितकी देवी 'देवी खड्का'
२०३८ सालको कात्तिकमा दोलखाको एउटा दुर्गम गाउँमा सानोतिनो विद्रोह भयो। एक जना गाउँकै जमिन्दारले ऋण नतिरेको आरोप लगाउँदै एक विधवा स्त्रीको घरमा भएका सारा गाईबस्तु र सामानहरु खोसेर लगे। ती विधवा स्त्रीले रोईकराई गरिन्। सारा गाउँ उल्टियो। जमिन्दारमाथि कुटपिट भयो। कुटपिटको क्रममा तिनको ज्यानै गयो।




पञ्चायतकालको उर्वर समयमा जमिन्दारमाथि गाउँ नै उल्टिएर आक्रमण हुनु र कसैको ज्यानै जानुले प्रशासनको ध्यान आकृष्ट त भयो नै, साथमा सारा गाउँले व्यक्तिहत्यामा तानिए। गाउँमा कोही पनि जेल नपर्ने व्यक्ति थिएन। स्वयं देवी खड्काकी आमा र दाजु पनि जेल परे। केही समयपछि यो प्रक्रियामा मुद्दा मामिला, अदालतको चक्करले सारा सम्पत्ति सकियो। एउटा हुने खाने परिवार हुँदा खाने परिवारमा झ¥यो। राज्यले बिनासित्तीमा दुःख दिने रहेछ भन्ने सानैमा प¥यो देवीलाई।

दसैँमा दाइका कारणले कहिल्यै समयमा टीका लगाउन पाइनन् उनले। उनका बुवा नवमीको दिन बिहानै सदरमुकाम चरिकोट पुग्नुहुन्थ्यो। दाइलाई साइतको टीका लगाइदिएपछि बेलुकी घर आइपुग्नु हुन्थ्यो र मात्र वास्तविक दसैँ देवीको घरमा छिथ्र्यो। एक वर्ष देवी ज्यादै खुसी थिइन् किनभने बुवाले दाइसँगै दशमीको दिन टिका लगाइदिने भन्दै चरिकोट लिएर जानु भएको थियो। बुवाले दाइलाई र दाइले देवीलाई टिका लगाइदिएपछि उनी सन्तुष्ट भइन्।

त्योभन्दा पनि ठूलो सन्तुष्टि चाहिँ उनलाई दाइले असल मान्छे हुनु भन्ने आशीषका साथ एक रुपैयाँको ढ्याक दिनुभएको थियो। दाइको जेलजीवन पाँच वर्ष पूरा भइसकेको थियो। अब छिट्टै मुक्त भएर आउने आश्वासन बहिनीलाई दिँदै हुनुहुन्थ्यो। पुलकित देवी दाइ छिट्टै घर फर्कने खुसी लिएर फर्किइन्।

त्यसै वर्षको तिहारपछि भने देवीलाई वज्रपात प¥यो। जेलबाट उनका दाइको निधनको खबर आयो। उनी छक्क परिन्, ‘हिजैजस्तो लाग्छ दाइले चाँडै भेट्ने कुरा गरेको। कसरी यस्तो हुनसक्छ?’ सारा परिवार शोकमा डुब्यो तर देवीको मनमा भने प्रश्न रहिरह्यो– यसै कसरी अचानक प्रियजनको मृत्यु हुनसक्छ! उनलाई लागिरह्यो– त्यो जमिन्दारकै कारणले यस्तो दुर्दशा भएको हो।
त्यो बेलासम्म देवीको गाउँ वरपर छोरीहरुलाई पढाउने चलन थिएन। पढाए पोइल जान्छन् भन्ने समय थियो। विद्यालय पनि नजिक थिएनन्। दुई जना दाइहरु विद्यालय जाँदा उनलाई पनि जाउँ लाग्थ्यो। एक दिन त भाइलाई विद्यालय पु¥याउने बहानामा उनी पुगिन् पनि। भोलिपल्टदेखि भने उनका बाख्रा र घरायसी कामले रोकिरह्यो। पढ्ने रहर भाइको किताबबाट पूरा गर्थिन् उनी। भाइले उनलाई विद्यालयमा पढेका कुराहरु दोहो¥याएर उनलाई पढाउँथे। शिक्षकले भाइलाई गृहकार्य दिन्थे, यता भाइले उनलाई गृहकार्य दिन्थे। यसरी उनको अक्षर चिन्ने क्रम चल्यो।

केही समयपछि माध्यमिक शिक्षाका लागि दुई जना दाइहरु ढालबहादुर र रीतबहादुर सदरमुकाम चरिकोट आएर पढ्न थाले। दाइहरुले यहीँ राजनीतिक प्रशिक्षण पाए। एक दिन रीत दाइले भन्नुभयो, ‘मैले थाहा पाएँ, हाम्रा दाइ किन जेल पर्नु भएको रहेछ ! अहिलेको सत्ता त धनीमान्छेको सेवा गर्ने सत्ता रहेछ। उसले त्यही सेवा गरेको रहेछ।’

देवी निदाएको स्वाङ पार्दै दाइको कुरा सुनिरहेकी थिइन्। दाइले भनेको उनी सम्झन्छिन्, ‘यो संसारमा दुई किसिमका मान्छे हुँदारहेछन्। एउटा शोषितपीडित र अर्को चाहिँ शोषक। शोषकहरुका कारण दाइ जेल पर्नुभयो र उनीहरुकै कारण उहाँको निधन भयो।’

विद्यालय जीवनमा दुई जना दाइहरु कम्युनिस्ट शिक्षामा दीक्षित हुँदै हुनुहुन्थ्यो र घरमा पनि त्यस्तै सिकाइरहनु भएको थियो। देवीलाई लाग्थ्यो, ‘मेरा दाइलाई थाहा नभएको केही कुरा छैन।’ दाइले पनि देवीलाई थिचोमिचो नसहन प्रेरित गर्नुहुन्थ्यो। भाइ र बहिनी बराबर भए पनि बहिनीमाथि बढी दलन हुन्छ भनेर आमालाई सम्झाइरहनु हुन्थ्यो।

कहिल्यै औपचारिक शिक्षा नलिएकी देवीले यसपछि ‘नारी, बन्धन र मुक्ति’ पढिन्। दाइले ल्याइदिएको त्यो पुस्तक पढेपछि त उनलाई वास्तविक मुक्तिका लागि त भिड्नुपर्ने रहेछ भन्ने लाग्यो। देशमा ०४६ सालको आन्दोलनका बेला दुवै दाइहरु एसएलसी दिनुहुँदै थियो। शिक्षासँगै राजनीतिमा पनि उहाँहरु सक्रिय हुँदै गर्दा उहाँहरुको राजनीतिक सक्रियताका कारण बेलाबेलामा पक्राउ पर्ने र सजाय दिने काम गथ्र्यो। यसबाट पनि देवीलाई पञ्चायती प्रशासनप्रति एक किसिमको घृणा थियो। त्यसैले गाउँठाउँमा उनी राम्रैसँग सक्रिय भइन्।

२०४६ चैत २६ गते देशमा प्रजातन्त्र पुनस्र्थापना त भयो तर उनले सोचेजस्तो नारीमुक्तिको समय आएन भन्ने लाग्यो। विद्रोह नै नारीमुक्तिको एक मात्र उपाय हो भन्ने उनलाई लागिरह्यो। पछि उनका दुई जना दाइहरुले स्नातक सकेपछि दोलखाकै गौरीशङ्कर गाउँपालिकास्थित हलेश्वर माविमा शिक्षण गर्न थाल्नुभयो। ‘रीतबहादुर दाइ त भूमिगत राजनीतिमा सक्रिय हुनुहुन्छ भन्ने मैले धेरैपछि मात्र थाहा पाएँ,’ उनी यतिबेला सम्झन्छिन्।
२०५२ सालको माघे संक्रान्तिका लागि देवीले पानीघट्टबाट चिउरा कुटेर घर फर्कंदै थिइन्। बीच जंगलमा उनले रीतदाइलाई देखिन्। दाइले सोध्नुभयो, ‘के ल्याएकी?’ त्यसपछि दाइले एउटा झोलाभरि चिउरा झिक्नुभयो र भन्नुभयो, ‘म लामो यात्रामा छु, भेट नहुन पनि सक्छ!’ देवीलाई अचम्म लाग्यो, घरबाट चिउरा नलगेर बीच बाटोमै उहाँले किन यसो गर्नुभएको होला! किन त्यसो भन्नुभएको होला? पछि थाहा भयो, दाइ त भूमिगत भइसक्नु भएको रहेछ!  

२०५२ साल फागुन १ गतेपछि उनले दाइलाई देख्न पाइनन् तर बेलाबेला खबर पाइरहन्थिन्। देवीका लागि अब भाइ नै सर्वश्व थिए। लगभग उही उमेरका भएकाले दिदीभाइबीच असाध्य माया थियो। भाइले नै पढ्न सिकाएकाले एक हिसाबले उनी शिक्षक र साथीजस्ता थिए। कम्युनिस्टहरु बिग्रिए, सपार्ने काम अब माओवादीले गर्छ भन्ने विश्वासले उनी र भाइ पनि सक्रिय राजनीतिमा लागे। उनी सक्रिय हुँदै गर्दा प्रशासनको नजरमा कुन बेला परिन् भन्ने पत्तै पाउन सकिनन्। एक दिन तिहारको किनमेल गर्ने सोचका साथ गाउँबाट चौतारा आउँदा बाटैमा पक्राउ परिन्।

‘धन्न, त्यो दिन म भाइलाई भेटेका बेला पक्राउ गरिएन,’ यतिबेला उनी सम्झन्छिन्, ‘नत्र भाइलाई र मलाई एकै दिन एकै समयमा पक्राउ गरिने रहेछ।’ उनलाई गाडीमा हाल्दै गर्दा भाइलाई परैबाट देवीले देखिन्। भाइले पनि देखे। दुवैबीच हेराहेर भए पनि कुनै सङ्केत गरिनन्। भाइ पनि लामो समय भूमिगत रहन सकेनन्। उनी पनि पक्राउ परे। त्यस बेला नै जीवनको सबैभन्दा खतरनाक अनुभव भोग्नुप¥यो। उनी बलात्कृत भइन्। २८ दिनसम्म उनको पक्राउबारे सुरक्षा निकायले स्वीकार नै गरेन। उनी विद्रोही नै भए पनि उनलाई सुरक्षाकर्मीले गर्नुपर्ने सम्मानजनक व्यवहार गर्नबाट चुक भयो।

विद्रोहको क्रममा कोपभाजनमा पर्ने भनेको महिला नै हुन्। उनीहरु बलात्कृत हुन्छन्, अन्यायपूर्ण तरिकाले मारिन्छन्। तर २१ औँ शताब्दीमा कुनै पनि मानवजातिबाट यस्तो दुव्र्यवहार कल्पना गर्न सकिँदैन। द्वन्द्वका क्रममा हुने बलात्कारका घटना सभ्यतामाथिको त कलङ्क नै हो। बलात्कृत भएपछि उनी बेहोस भइन्। यसै क्रममा उनलाई पक्राउ गरिएको खबर सार्वजनिक भयो तर गौरी प्रधान, खिमलाल देवकोटाजस्ता अधिकारकर्मीको प्रयासले उनको अवस्थाका बारेमा थाहा भयो। सर्वोच्च अदालतमा उनको अवस्था सार्वजनिक गर्न दबाब गर्न मुद्दा परेपछि उनलाई धुलिखेलको जिल्ला प्रहरी कार्यालयबाट जेल चलान गरिन्छ।  

बलात्कृत हुँदा मान्छेको आत्मसम्मान यति चूर हुन्छ कि मर्न मात्र मन लाग्थ्यो उनलाई। तीन महिनापछि उनी अचानक जेलमुक्त भइन्। त्यसपछि त उनलाई आफ्नो ज्यानको कुनै मायामोह रहेन। कसरी बन्दुक बोक्न सकिन्छ, बोक्ने अनि जतिजनालाई सकिन्छ, मार्ने र मर्नेबाहेक उनलाई कुनै सोच आउँदैनथ्यो। उनको मानसिक अवस्थालाई ख्याल गर्दै गौरी प्रधान लगायतका मानव अधिकारकर्मीहरुले उनको उपचारमा सघाए। अब कहाँ जाने? के गर्ने? तर मलाई घर जान मन थिएन। देवीको शारीरिक र मानसिक अवस्था राम्रो नभएकाले काठमाडौँमा उपचार गराइयो। पाँच महिनापछि उनको मानसिक अवस्था स्थिर भयो। 

यसपछिका दुई वर्ष पनि उनको अवस्था ठीक थिएन। उनको मनमा चलिरहन्थ्यो, ‘आखिर म किन बलात्कृत भएँ? यो समाजका लागि बलात्कृत भएकी हुँ भने समाज समुन्नत बनाउन र सपना पूरा गर्नु मेरो कर्तव्य हो।’

विस २०५९ असार २ मा रौतहटको पिपरामा उनको दाइको हत्या भयो। यस पछि त उनको संसार नै चूर्ण भयो। भएको भाइ पनि त्यही बेला जेल परे। दोलखामा राजनीति गर्ने कोही थिएनन्, उनी सचिव चुनिइन्। सात दल र माओवादीबीच सहकार्य भएको पहिलो घटना यहीँबाट भएको हो। सबै इतर पार्टीलाई एक जुट बनाउने, सहकार्य गर्ने लगायतका काम उनले आफ्नो समयमा गरेकी थिइन्। यो सक्रियताले उनलाई राजनीतिक फाइदा भयो।

२०६२/६३ को आन्दोलन सफल भएपछि २०६४ चैत २९ मा संविधानसभाको चुनाव हुँदा भीमबहादुर तामाङ र पशुपति चौलागाईंभन्दा आठ हजार बढी मत ल्याएर उनी विजयी भइन्। चुनावमा भोट माग्दा पनि विपक्षीहरुले भन्थे रे, ‘भोट दिन मन भए मलाई दिनू, नदिए देवीलाई दिनू।’
यत्रो परिवर्तन र अपेक्षाका बीच काम गर्ने ठाउँमा आए पनि संविधानसभामा ठूला दलको गम्भीरता उनले देखिनन्। त्यहीँ उनले खरो शब्दमा संविधानसभामा वक्तृत्वकला प्रतियोगिता भइरहेको भन्दै आक्रोश पोखिन्। जनताले चुनेर जे कामका लागि पठाएका थिए, त्यो अभिभारा पूरा गर्न सकिन्छ कि सकिदैन उनलाई लागिरहन्थ्यो। जब पहिलो संविधानसभाबाट संविधान बनेन, अर्को पटक सभासद हुने इच्छा उनलाई भएन।

यसपछि नै हो, उनलाई द्वन्द्वमा बलात्कारपीडितका लागि केही गरौँ भन्ने लागेको। द्वन्द्वका बेला घाइते हुनेहरुका लागि राहत थियो, त्यहाँ निधन हुनेका लागि केही व्यवस्था थियो तर यौनजन्य हिंसापीडितका लागि भने कुनै जानकारी दर्ज थिएन। घटना भएको थियो, पीडितहरुले नारकीय जीवन भोगिरहेका थिए तर उनीहरु पनि पीडित हुन् भनेर कसैले मानेन।

बलात्कारको घटनापछि मान्छेको जीवन उथलपुथल भएको छ, घरबार बिग्रिएको छ, उनीहरु मानसिक रुपमा विक्षिप्त भएका छन्, उनीहरुको स्वास्थ्यमा कमजोरी भएको छ, त्यो बेलाको घाउ यतिबेला पाकेर पिपैपिप बगेको छ, तर म पीडित भएँ भन्न सकिने वातावरण बनेको छैन। त्यस्ता पीडितहरुको मनोबल बढाउने काम गर्न पाए हुन्थ्यो भन्ने उनलाई लाग्थ्यो। 

तर यहाँ सही नियतका साथ आवाज उठाए पनि फाइदा अरुले लिने चलन बढेर गएको उनले देखिन्। माओवादी आन्दोलनमा पनि वास्तविक पीडितले कहिल्यै ठाउँ पाएनन्। त्यो देखेकी देवीले आफूले यसबारे आवाज उठाउँदा अरुले नै फाइदा उठाउने हुन् कि भन्ने लाग्यो। त्यो नभए पनि उनले आफू फाइदा लिई, अरुलाई चाहिँ केही भएन भन्ने आरोप लाग्ला भनेर उनी सचेत थिइन्।

शान्ति प्रक्रिया अघि बढ्दै जाँदा हरेक क्षेत्रमा द्वन्द्वमा यौनजन्य हिंसापीडितहरु भने छुट्दै छुट्दै जान थाले। उनीहरु पनि द्वन्द्वपीडित हुन्, उनीहरु पनि प्रभावित व्यक्ति हुन् भन्ने बुझाउन ढिला हुन थालिसकेको थियो। कसैले यो आवाज उठाइदिए हुन्थ्यो भनेर उनले केही ठाउँमा भनसुन नगरेकी पनि होइनन्। तर कसैले पनि आवाज नउठाइदिएपछि उनलाई झोँक चल्यो। बलात्कारको घटनाको यत्तिका वर्षपछि पनि उनलाई त्यो घटनाले अझै पनि सताइरहन्थ्यो। झसङ्ग पारिदिन्थ्यो। सारा शान्तिप्रक्रियामा भने यी कुराको कतै सम्बोधन नहुँदा उनले आवाज उठाउन थालिन्। यो आवाज उठाएको आधा दशक बितिसकेको छ। यो आधा दशकमा उनले द्वन्द्वमा बलात्कारपीडित महिलाहरुलाई भेला गर्ने, तिनीहरुको मानसिक तथा शारीरिक उपचार गर्ने, पिप बगिरहेका, घाउ अझै सञ्चो नभएकाहरुको भेलामा आफू एक्लो नरहेको सन्देश दिन उनी सफल भइन्।

तर यतिले पनि द्वन्द्वमा बलात्कारपीडितहरुको समस्या कम हुने अवस्था थिएन। यही घटनाले उनीहरुको जीवनमा हुरी आएको थियो। उनीहरुको वैवाहिक जीवन टुटेको थियो। बलात्कारकै कारण सन्तान जन्मिएका थिए र त्यो सन्तानको जिम्मा लिइदिने कोही अभिभावक थिएनन्। उनीहरु सामाजिक रुपमा वहिष्कृत थिए। समाजले उनीहरुलाई देहव्यापारीको व्यवहार गथ्र्यो। उल्टै उनीहरुको चरित्रमा लाञ्छना लगाइन्थ्यो। यसको सारा मूलस्रोत त्यही द्वन्द्वकालमा भएको बलात्कारको घटना नै थियो। अब त्यहीँ उनीहरु छुटेका थिए। उनीहरु कानुनी रुपमा पीडित हुन् भन्ने मान्न कोही तयार थिएन। देवीको संघर्ष यसैमा थियो।

केही पीडितहरुले उनीसँग बलात्कारपीडितहरुको आवाज बन्न आग्रह गरे। उनी नमानेपछि अगुवाई गरिदिन अनुरोध गरे। त्यो पनि उनले मानिनन्। धेरैले यसलाई मागिखाने भाँडो बनाइरहेको देखेकी उनले त्यही काम गर्न मनले मानिरहेको थिएन। तर एक समूह पीडित महिलाहरुले ‘तँलाई पो चाहिएन, हाम्रालागि को छ? कल्ले बोल्दिन्छ? हामी गुमनाम छौँ, दोहोरो मार खेपिरहेका छौँ’ भन्न थालेपछि भने उनी अगुवाई गर्न बाध्य भइन्। 
वास्तवमा देवीमाथिको यत्रो घटना भएपछि पनि उनको विवाह भयो। उनका दुई प्यारा सन्तान छन्। उनलाई हरदम साथ दिने पति छन्। तर धेरैको घरबार यही घटनाले बिग्रिएको छ। उनीहरुको पारपाचुके भएको छ। खाने र अडिने कुनै ठाउँ छैन धेरैको। फेरि यो कुनै एक पक्षको कुरा मात्र होइन। माओवादीका तर्फबाट पीडित हुनेहरु पनि छन्। सुरक्षाकर्मीका तर्फबाट पीडित हुनेहरु पनि छन्। यी दुवै पक्षलाई अघि बढाउन ढिला भयो भन्ने उनलाई लागेपछि यो अभियानमा उनी अगुवाई गर्न राजी भइन्। त्यो पनि उनी तत्कालै राजी भएकी होइनन्। धेरै मन्थन, सोचविचार एक वर्षको आन्तरिक द्वन्द्वपछि मात्र उनको अन्तरआवाजले भन्यो, ‘तँ ज्यूँदै छेस् भने आफ्नालागि मात्र होइन, अरुको पनि आवाज बन्।’

यसपछि उनी द्वन्द्वका बेला भएका यौनजन्य हिंसापीडितका पक्षमा बोल्न थालेपछि उनका अप्ठेरा शुरु भए। सरकारले सजिलै स्वीकार्ने सवाल थिएन। यही बीचमा केही पत्रकारले असाध्य राम्रो भूमिका खेले। उनी स्वयं आफ्नो घटनाबारे बोल्दै गर्दा पुनः ‘ट्रमाटाइज’ हुन थाल्यो। अरु पीडितलाई पनि असह्य पीडा हुन थाल्यो। पुराना दृश्य ताजा भएर आउन थाले। दुई वर्ष ज्यादै गाह्रो भयो। सबै द्वन्द्वपीडितका मागहरु सम्बोधन हुने तर बलात्कारपीडितका माग नसुनिने र उजुरी पनि दिन नपाउने अवस्था आयो। संसद्बाट पास नभए पनि पछिल्लो चुनावबाट बनेको संसदीय उपसमितिमा नियमित फलोअप गरियो। विषय नै असजिलो, संवेदनशील भएकाले पनि लामो समय लाग्यो।

गत असोज २३ गतेपछि भने अभियान संलग्न साढे तीन सयभन्दा बढी सक्रिय सदस्यको घरमा दीपावली भयो, कतिको घरमा, कतिको मनमा। सर्वोच्च अदालतले एउटा परमादेश जारी ग¥यो। त्यस परमादेशको फागुन २३ गते पुनर्पाठ आयो। त्यसमार्फत एक महिनाभित्र पीडितहरुका लागि आयोग गठन गर्न बाटो खुल्यो। चैत ९ गते सर्वोच्चको आदेशपछि टिआरसी कार्यान्वयन गर्ने क्रममा सरकारले छलफल गरेको छ। अब बलात्कारपीडितहरुले उजुरी दिन पाउने भएका छन्। उनीहरु पनि पीडित हुन् भन्ने मान्न सरकार सहमत भएको छ। अब उजुरीपछि छानविन हुन्छ। छानविनपछि यौनजन्य हिंसामा परेकाहरु पनि वास्तविक पीडित हुन् भन्ने पहिचान हुनेछ। उनीहरुले पनि अन्य पीडितझैँ पहिचान र क्षतिपूर्ति पाउने छन्।

एकातिर देशमा धर्मनिरपेक्षता, गणतन्त्र, संघीयताजस्ता उपलब्धि मानिएको छ तर त्यही उपलब्धिका लागि आन्दोलनमा हिँडेकाहरु सबैको पहिचान गरिए पनि यौनजन्य हिंसापीडित पहिचान नगरिनु दुःखद् पक्ष थियो। कि त ती सबै वाहियात थिए भन्नु प¥यो, ती सबै उपलब्धि हुन् भने यौनजन्य हिंसापीडितहरुको पनि पहिचान हुनुप¥यो भन्ने आवाज स्थापित गर्न सफल हुनुभएकोमा अगुवाई गर्ने देवी खड्का समाज र देशकै नायक हुन्।
अर्को समाचार
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
१९ मिनेट अघि
•
१ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।




महानगरको सुशासनदेखि विकास निर्माणसम्मका धेरैजसो वाचा अधुरै रहेका हुन्। नगरप्रमुख कोइराला आफूले चुनावमा नगरवासीसँग गरेको संकल्प चुनाव जितेपछि व्यवहारमा लागु गर्न सफल नभएको पाइएको छ।

विराटनगरका नगरप्रमुख र उपप्रमुखले निर्वाचित हुनेबित्तिकै महानगरको यातायातलगायत कुनै पनि सेवासुविधा नलिने भन्दै गरेको घोषणा एक वर्ष पनि पुग्न नपाउँदै तुहिएको थियो। केही महिना महानगरपालिकाको गाडीको सुविधा नलिई आफ्नै गाडी प्रयोग गरेका प्रमुख र उपप्रमुखले पुनः महानगरपालिकाकै सवारीसाधन प्रयोग गरेका थिए। महानगरको गाडी सुविधा नलिने घोषणा सार्थक नभएजस्तै चुनावका बेला महानगरवासीसँग गरेका ६६ बुँदे संकल्पपत्रका अधिकांश बुँदाले सार्थकता पाउन सकेनन्। विराटनगरमा सुशासन कायम गर्ने, विकास निर्माणका कामलाई द्रुत गतिमा अघि बढाउनेलगायत संकल्पहरू व्यवहारतः कार्यान्वयनमा नआउँदै कार्यकाल अन्तिम चरणमा पुगिसकेको छ।

संकल्पपत्रको पहिलो बुँदा नै महानगरमा कार्यान्वयनमा आउन नसकेको पाइएको छ। उक्त बुँदामा उल्लेख थियो, ‘भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अवलम्बन गर्दै यसको नियन्त्रणका लागि विशेष संयन्त्र बनाउने। सूचनाको हक प्रत्याभूत गर्दै पारदर्शी एवम् जवाफदेही महानगरपालिका निर्माण गर्ने।’

यस्तै दोस्रो बुँदामा महानगरले गर्ने विकास निर्माणका कामलाई प्राथमिकता दिन र व्यवस्थित गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन भागमा विभाजन गर्ने भनिएको थियो। तेस्रो बुँदामा उल्लेख ‘महानगरपालिका कार्यालयमा गरिँदै आएका अनावश्यक र अनुत्पादक खर्च नियन्त्रण गर्ने’ र ‘महानगरका खर्चलाई रचनात्मक क्षेत्रमा प्रयोग गर्न कठोर आर्थिक नीति र अनुशासनको तर्जुमा गर्ने’ विषय पनि कार्यान्वयनमा आउन नसकेको पाइएको छ। चौथो बुँदामा रहेको ‘महानगरपालिकाबाट प्रमुखलाई प्राप्त हुने सबै आर्थिक सेवा र सुविधा सामाजिक कार्यमा प्रदान गर्ने’ विषयत पूर्ण रूपमै कार्यान्वयनमा आउन नसकेको देखिन्छ।

महानगरपालिकाका कार्यसम्पादनलाई व्यवस्थित, सुचारु र प्रभावकारी बनाउन सम्बन्धित क्षेत्रका विशेषज्ञहरूको विज्ञ समूह गठन गर्ने, विराट राजाको दरबार रहेको विराटनगरको भेडियारी क्षेत्रलाई समुचित विकास गर्दै पर्यटन केन्द्रका रूपमा विकास गर्ने संकल्प संकल्पपत्रमै सीमित देखिएको छ।

सामुदायिक विद्यालयमा समयानुकूल शैक्षिक गुणस्तर सुधार गर्न नवप्रवर्तन केन्द्र (इनोभेसन सेन्टर) तथा अनुसन्धान केन्द्र (रिसर्च सेन्टर) निर्माण गर्ने, अनाथ, असहाय तथा विपन्नका पहुँचमा शिक्षाको समान अवसर पुर्‍याउन नमुना आवासीय विद्यालयको स्थापना गर्ने, सामुदायिक विद्यालयलाई छात्रामैत्री बनाउन भेन्डिङ मेसिनसहितको प्याड बैंक स्थापना गर्ने संकल्पपत्रका बुँदाहरू पनि कार्यान्वयनमा आउन सकेका छैनन्। जटिल शल्यक्रिया तथा विशेषज्ञ सेवासहित महानगर अस्पताल (मेट्रोसिटी हस्पिटल) स्थापना गर्ने, विराटनगर महानगरपालिका क्षेत्रमा भूमिगत पार्किङसहितको दुई हजार पाँच सय क्षमताको सुविधासम्पन्न सभागृहको निर्माण गर्ने विषयमा हालसम्म खासै प्रगति हुन सकेको छैन।

चुनाव जितेपछि सभागृह निर्माणको विषयलाई प्रमुख कोइरालाले औपचारिक कार्यक्रममा समेत उच्चारण गरेका छैनन्। विराटनगर–१९ मा सभागृह निर्माण गर्न डिपीआरसमेत बनाई भौतिक निर्माणको चरणमा पुगेको उक्त सभागृहका लागि अधिग्रहण गर्ने तयारी गरिएको जग्गामा महानगरपालिकाले काम अघि बढाउने संकेत नदेखाएपछि स्थानीयले आ–आफ्नो जग्गामा पुनः खेतीपाती गरिरहेका छन्।

विराटनगरमा एक औद्योगिक र राजनीतिक संग्र्रहालयको निर्माण गर्ने, रानीदेखि विराटनगर–१९ स्थित रंगशालासम्म सटल बस सञ्चालन गर्ने, बिजुली, टेलिफोन, इन्टरनेटलगायत तारका सञ्जाललाई भूमिगत गर्न संघीय र प्रदेश सरकारसँग समन्वय गरी ताररहित विराटनगर निर्माणको पहल गर्ने विषयमा पनि महानगरले कुनै प्रगति गरेको देखिएको छैन।

बिग्रन थालेका सडक, पेटी, ढल तथा अन्य संरचनालाई द्रुत गतिमा प्रारम्भिक चरणमै मर्मत गर्ने, ट्राफिकसम्बन्धी चापलाई घटाउन महानगरभित्र आवश्यक स्थानमा एस्केलेटर (विद्युतीय सिँढी) सहितको आकासे पुल निर्माण गर्ने काम पनि साढे चार वर्षको अवधिमा अघि बढ्न सकेका छैनन्। महानगरको सौन्दर्यीकरण अभियानअन्तर्गत सडक, बाल उद्यान, मनोरञ्जन केन्द्र निर्माण, संरक्षण र सरसफाइका काम अघि बढाउने विषयमा भने आंशिक रूपमा कामहरू भएका छन्।

सहरभित्र स्मार्ट पार्किङ स्थल निर्माण गर्ने र त्यसको व्यवस्थापनमा काम गर्ने, पिछडिएका समुदाय तथा सुकुम्बासीको पहिचान गरी लालपुर्जासहितको एकीकृत बस्ती निर्माण गरी हस्तान्तरण गर्ने कार्यलाई गति दिने संकल्पपत्रका बुँदाहरू पनि कार्यान्वयनमा आउन सकेका छैनन्। मनोरञ्जन तथा पारिवारिक वातावरणयुक्त पार्कहरू निर्माण गर्ने, केसलिया र सिंघिया खोलाका किनारमा वृक्षरोपण गरी ग्रिनबेल्ट करिडोरका रूपमा विकास गर्ने, प्रदेश राजधानीका लागि आवश्यक स्थायी संरचना निर्माण गर्न प्रदेश सरकारसँग समन्वय गर्ने विषयमा पनि काम अघि बढ्न नसकेको देखिएको छ। प्रतिमहिना ३० युनिटसम्म विद्युत् खपत गर्ने महानगरवासीलाई निःशुल्क विद्युत् उपलब्ध गराउनेलगायत थुप्रै लोकप्रिय कार्यक्रम संकल्पपत्रमै सीमित भएको छ।

समग्रमा हेर्दा महानगरपालिकाले नियमित गर्ने कामबाहेक उल्लेख्य रूपमा उदाहरणीय काम पछिल्लो कार्यकालमा हुन नसके पनि केही क्षेत्रमा भने विगतको तुलानामा राम्रो काम भएको छ। पछिल्लो कार्यकालमा विराटनगरको फोहोर व्यवस्थापन, सरसफाइ, सडक बत्तीको व्यवस्थापन, ट्राफिक लाइटको व्यवस्थापन, नाला सरसफाइलगायत काममा भने महानगरपालिकाले राम्रो गरेको देखिन्छ। यो कार्यकालमा विकास निर्माणतर्फ एउटा मात्रै ठुलो आयोजना कार्यान्वयन भएको पाइएको छ। विराटनगरमा स्वच्छ खानेपानी पुर्‍याउने उद्देश्यले जापान सरकारको सहयोगमा सञ्चालित खानेपानी परियोजना भने सम्पन्न भएको छ।

करिब अढाइ अर्बको यो आयोजनाले विराटनगरको खानेपानीको गुणस्तर सुधार गर्दै मुख्य सहरी क्षेत्रको ५९ किलोमिटर क्षेत्रमा पाइपलाइनसमेत विस्तार भएको छ। तर यो आयोजना पूर्ण रूपमा सफल बनाउन सहायक सडकको करिब एक सय किलोमिटर क्षेत्रमा नयाँ पाइपलाइन विस्तार गर्न आवश्यक रहेको नेपाल खानेपानी संस्थान विराटनगर कार्यालयले जनाएको छ।

यता विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले संकल्पपत्रका धेरै काम पूरा हुन नसके पनि आफ्नो कार्यकालमा उल्लेख्य काम भएको दाबी गरेका छन्। कोइरालाले संकल्पपत्रमार्फत चुनावामा गरेको वाचाअनुसार विराटनगर महानगरपालिका १५ स्थित नगर अस्पतालमा डाक्टर नियुक्ति, ल्याबलगायत पूर्वाधार निर्माणको काम भइरहेको जानकारी दिए।

यस्तै शिक्षा क्षेत्रमा पनि आफ्नो कार्यकालमा उल्लेख्य सुधार भएको प्रमुख कोइरालाले बताए। विगतमा तीन वटा मात्रै विद्यालयमा विद्यार्थीको आकर्षण रहेकोमा अहिले १५–२० वटा विद्यालयमा गुणस्तर सुधार गरिएको कोइरालाको दाबी छ। तर विद्यार्थीहरूलाई सेनेटरी प्याडको व्यवस्था गर्न विभिन्न कानुनी अड्चनहरूले सम्भव नभएको कोइरालाले बताए। सार्वजनिक शौचालयको व्यवस्था गर्न सहरी क्षेत्रमा जग्गा अभावका कारण नसिकिएको कोइरालाले बताए।

उनले सार्वजनिाक शौचालय महानगरपालिकाले निर्माण गर्न नसके पनि त्यसको विकल्पमा विराटनगरका पेट्रोल पम्पहरूमा शौचालय निर्माण गर्न लगाई सर्वसाधारणका लागि पनि प्रयोग खुला गरिएको बताए। विराटनगरमा नगरबस सञ्चालनका लागि प्रदेश सरकार र निजी क्षेत्रसँग सहकार्य गर्ने महानगरपालिकाको योजना भए पनि सटल बस सञ्चालनका लागि निजी क्षेत्र इच्छुक नदेखिँदा योजना सफल नभएको स्पष्ट पारे।

प्रदेशको स्थायी संरचनाका लागि जग्गा उपलब्ध गराउने विषय पनि एक महिनाभित्रै टुंगिने चरणमा रहेको कोइरालाले दाबी गरे। ‘प्रदेशको स्थायी संरचनाका लागि १० बिघा जग्गा आवश्यक रहेकोमा आठ बिघा प्राप्त भइसकेको र थप दुई बिघा पनि प्राप्त हुने क्रममा छ,’ कोइरालाले भने।

कोइरालाले बजेट अभाव र विभिन्न अवरोधका बिचमा पनि आफ्नो कार्यकालमा विकास निर्माण, फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापनलगायत धेरै क्षेत्रमा उल्लेखनीय काम भएको दाबी गरे। कोइराला आफूले गरेका वाचा पूरा गर्न पाँच वर्षको कार्यकाल कम रहेको बताए। अझै एक कार्यकाल महानगरको जिम्मेवारी पाए आफूले परिकल्पना गरेका कामहरूले पूर्णता पाउने उनको भनाइ छ।

सुधारको प्रयास, न्यून उपलब्धि
विराटनगर महानगरपालिकाले स्थानीय कानुन निर्माण, विकास निर्माण र प्रशासनिक सुधारमा केही प्रगति गरे पनि वित्तीय अनुशासन, कर्मचारी व्यवस्थापन र बजेट कार्यान्वयनमा अपेक्षित सुधार गर्न सकेको छैन। नगर प्रमुख नागेश कोइरालाको कार्यकालमा बेरुजु घटाउने, प्रशासनिक खर्च नियन्त्रण गर्ने र विकास योजनालाई व्यवस्थित बनाउने प्रयास भए पनि अपेक्षित सुधार भने हुन नसकेको देखिएको छ।

महानगरको वित्तीय अवस्थासम्बन्धी विवरणअनुसार आर्थिक वर्ष २०७७/७८ सम्म महानगरको अद्यावधिक बेरुजु एक अर्ब ६३ करोड ५७ लाख ४३ हजार रुपैयाँ थियो।

त्यसपछि निरन्तर सम्परीक्षण हुँदा बेरुजु घट्दै आर्थिक वर्ष २०७८/७९ मा ६७ करोड एक लाख, २०७९/८० मा ५० करोड ३८ लाख ३८ हजार र २०८०/८१ मा ३९ करोड ५२ लाखमा झरेको थियो। यद्यपि आर्थिक वर्ष २०८१/८२ मा नयाँ बेरुजु आठ करोड दुई लाख थपिँदा कुल अद्यावधिक बेरुजु पुनः ३७ करोड ६८ लाख ८४ हजार रुपैयाँ पुगेको छ।

महानगरको प्रशासनिक खर्चमा पनि उल्लेख्य रकम विनियोजन हुँदै आएको छ। विविध खर्च, इन्धन, सवारी मर्मत, बैठक भत्ता, पत्रपत्रिका, भ्रमण र मसलन्द गरी सात वटा चालु शीर्षकको कुल खर्च आर्थिक वर्ष २०७९/८० मा ६ करोड ५ लाख १४ हजार रुपैयाँ थियो। आर्थिक वर्ष २०८०/८१ मा पाँच करोड ४७ लाख ४९ हजार र २०८१/८२ मा चार करोड १४ लाख नौ हजार रुपैयाँ खर्च भएको छ। यस अवधिमा बैठक भत्ता एक करोड पाँच लाखबाट घटाएर ३४ लाख ५० हजार रुपैयाँमा सीमित गरिएको छ। स्थानीय कानुन निर्माणलाई भने महानगरले तीव्रता दिएको छ।

आर्थिक वर्ष २०८१/८२ सम्म महानगरले पाँच वटा ऐन, ७५ वटा नियमावली र १९८ वटा कार्यविधि निर्माण गरेको छ। नगर विकास कोषबाट बस टर्मिनल, फोहोरमैला प्रशोधन केन्द्र र वीरेन्द्र सभागृहका लागि लिएको ऋणको साँवा–ब्याज नियमित भुक्तानी गरी बाँकी ऋण ३४ करोड १४ लाखबाट घटाएर ३२ करोड ६ लाखमा झारिएको विवरणमा उल्लेख छ।

नगर प्रमुख कोइरालाले पुरानो बेरुजु घटाउने, बजेटको आकार सानो बनाउने र प्रशासनिक शीर्षकमा खर्च कम गर्ने प्रयास गरे पनि महानगरको मूल आर्थिक संरचनामा परिवर्तन आउन सकेको देखिँदैन। आन्तरिक राजस्व ६० देखि ६१ करोड रुपैयाँकै वरिपरि अड्किनु, करार कर्मचारी र भत्ताको भार बढ्दै जानु तथा पुँजीगत खर्च घटेर कुल खर्चको एक तिहाइमा सीमित हुनु महानगरको वित्तीय व्यवस्थापनका प्रमुख चुनौती हुन्। महानगरको कर्मचारी व्यवस्थापन पनि खर्च बढ्नुको अर्को कारण बनेको छ।

श्वेतपत्रको पहिलो बुँदामा ६०९ कर्मचारी (३३१ करार र आठ अस्थायी) को जम्बो संरचनाले आर्थिक बोझ बढाएको उल्लेख थियो। आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनअनुसार महानगरमा कार्यरत कुल कर्मचारी संख्या घटेर ५४३ (२३८ स्थायी, ५ अस्थायी र ३०० करार) मा झरेको छ। तर कर्मचारी संख्या घटे पनि करार र दैनिक हाजिरीको खर्च भने बढेको छ। आर्थिक वर्ष २०७८/७९ मा करारतर्फ १० करोड ४३ लाख र दैनिक हाजिरीमा ६८ लाख ७६ हजार रुपैयाँ खर्च भएको थियो। आर्थिक वर्ष २०८१/८२ मा करार सेवा शुल्कमा १४ करोड ४४ लाख १३ हजार र दैनिक हाजिरीमा एक करोड ३५ लाख ११ हजार गरी करिब १५ करोड ८० लाख रुपैयाँ खर्च भएको छ।

त्यस्तै कोसी प्रदेशको कानुनविपरीत प्रतिस्पर्धाबिनै दैनिक हाजिरीका २४ जनालाई सोझै करारमा नियुक्त गरिएको, जिल्ला प्रशासन कार्यालय मोरङका ६ कर्मचारीलाई महानगरको कोषबाट २२ लाख ७५ हजार रुपैयाँ तलब खुवाइएको तथा विभिन्न शीर्षकमा प्रोत्साहन, अतिरिक्त समय र खाजा भत्ता वितरण गरिएको विवरणले कर्मचारी व्यवस्थापनमा प्रश्न उठाएको छ। महानगरले आवधिक योजना निर्माणमा पनि अपेक्षित उपलब्धि हासिल गर्न सकेको छैन।

विगतमा हचुवाका भरमा बजेट विनियोजन हुने र आवधिक योजना नबनाउने गरेको आलोचनापछि कोइरालाको कार्यकालमा आर्थिक वर्ष २०८०/८१ मा १९ लाख ६३ हजार रुपैयाँ खर्च गरेर आर्थिक वर्ष २०८१/८२ देखि २०८५/८६ सम्मको आवधिक योजना तयार पारिएको थियो। तर उक्त योजना पूर्ण कार्यान्वयनमा आउन सकेको छैन।

त्यस्तै बजेट रकमान्तर गर्ने प्रवृत्तिमा पनि सुधार देखिएको छैन। आर्थिक वर्ष २०८०/८१ मा २२ करोड ३५ लाख रुपैयाँ र आर्थिक वर्ष २०८१/८२ मा २७ करोड ८३ लाख ६१ हजार रुपैयाँ रकमान्तर गरिएको छ। विराटनगर महानगरपालिकाले कानुन निर्माण, ऋण भुक्तानी र केही प्रशासनिक खर्च कटौतीमा सुधार गरे पनि आन्तरिक राजस्व वृद्धि, कर्मचारी खर्च नियन्त्रण, बेरुजु व्यवस्थापन, योजना कार्यान्वयन र पुँजीगत खर्च बढाउने विषयमा अपेक्षित उपलब्धि हासिल गर्न सकेको देखिँदैन।

प्रमुख–उपप्रमुखबिच सुमधुर सम्बन्ध
विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट नागेश कोइराला र नेकपा एमालेबाट शिल्पा निराला कार्की निर्वाचित भए पनि सम्बन्ध सुमधुर देखिएको छ। निर्वाचित भएदेखि हालसम्म प्रमुख–उपप्रमुखबिच कुनै दरार आएन। फरक पार्टीका प्रमुख–उपप्रमुख मात्रै होइन, एउटै पार्टीका प्रमुख–उपप्रमुख निर्वाचित भएका स्थानीय तहहरूमा प्रमुख–उपप्रमुखबिच समेत असमझदारी हुने गरेकोमा विराटनगर महानगरपालिकाको साढे चार वर्षे कालमा प्रमुख–उपप्रमुखबिचको सुमधुर सम्बन्ध उदाहरणीय नै देखिएको छ।

विगतमा नेपाली कांग्रेसबाटै प्रमुख र उपप्रमुख निर्वाचित हुँदा पनि बेलाबेला खटपट हुने गरेको थियो। यस्तै वडा अध्यक्षलगायत अन्य जनप्रतिनिधिहरूका बिचमा पनि यो कार्यकालमा खासै खटपट देखिएन। सबै पक्षबाट सहयोग पाउँदा पनि उल्लेख्य काम हुन नसक्दा भने नगरवासी निराश बनेका छन्।

विराटनगरका सामाजिक अभियन्ता पारुल क्षेत्री महानगरपालिकाका पदाधिकारीहरूले पाँच वर्षको अवधिमा गौरव गर्न लायक कुनै पनि काम गर्न नसकेको बताए। उनले चुनावमा आफैले गरेको संकल्पका अधिकांश बुँदा कार्यान्वयनमा ल्याउन नसक्नु विडम्बना भएको बताए। ‘केही पनि काम भएन भन्ने कुरा त होइन तर महानगरपालिकाको स्रोत र सामर्थले गर्न सक्ने जति काम पनि नभएकाले पाँच वर्षे कार्यकालको कामप्रति सन्तुष्ट हुने अवस्था छैन,’ क्षेत्रीले भने, ‘धाराको पानी ढुक्कसँगले पिउने बनाउने मुख्य वाचा गरेका नगरप्रमुखको कार्यकाल सकिनै लाग्दासम्म महानगरपालिकाका विद्यार्थीहरूले विद्यालय जाँदा घरबाटै खोनेपानीको बोतल बोकेर जानुपर्ने अवस्था अन्त्य नहुनुले के भनियो र के गरियो भन्ने स्पष्ट हुन्छ।’

रोजगारी सिर्जना र नगरवासीको आर्थिक अवस्था सुधारका विषयमा त कुनै पनि काम नभएको क्षेत्रीले बताए। महानगरपालिकाको विकासका लागि गुरुयोजना नबनाउनु महानगरपालिकाका जनप्रतिनिधिहरू चुक्नुको प्रमुख कारण भएको प्राध्यापक डा. भेषप्रसाद धमला बताउँछन्। उनका अनुसार आफूले पटकपटक गुरुयोजना बनाएर विकासका गतिविधिहरू सञ्चालन गर्न आग्रह गरेको भए पनि जनप्रतिनिधिहरूले ध्यान नदिएको गुनासो गरे। ‘के बनाउने, कसरी बनाउने, कस्तो बनाउने भन्ने नै स्पष्ट नभएपछि विकासका काम व्यवस्थित नभएको हो,’ धमलाले भने।

महानगरपालिकाको न्यून स्रोत सधान रहेको, साधारण खर्च धेरै रहेको र उपलब्ध स्रोतसाधनलाई पनि परिचालन गर्ने असमर्थ हुँदा नगरवासीको अपेक्षा र महानगरपालिकाको काम गराईबिच तालमेल नमिलेको उनी बताउँछन्। महानगरपालिकाका जनप्रतिनिधिले पछिल्लो कार्यकालमा आम्दानी बढाउने सम्भावना हुँदाहुँदै पनि आम्दानी बढाउन नसकेको र खर्च पनि घटाउन नसकेको धमला बताउँछन्।

महानगरपालिकाले गुरुयोजना बनाएर गुरुयोजनाअनुसार विकास निर्माण गर्ने, राजस्व संकलन बढाउने र साधारण खर्च घटाउनेतर्फ ध्यान दिन आवश्यक रहेको उनको सुझाव छ।
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस