२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जनकपुरको एक होटलमा महिला र पुरुष मृत भेटिए

जनकपुरको एक होटलमा एक पुरुष र महिला मृत अवस्थामा भेटिएका छन्।

रामानन्दचोकस्थित होटल होलिडे एण्ड गेष्ट हाउसकाे कोठा नम्बर २०५ मा मंगलबार झुन्डिएको अवस्थामा उनीहरूको शव भेटिएको हाे।

महोत्तरीको पिपरा गाउँपालिका-४ का ३० वर्षीय हितेन्द्र पासवान र माइती पिपरा नै भएकी महोत्तरीको लोहारपट्टी नगरपालिका-४ खट्टाकी २५ वर्षीया प्रियंका कापर झुण्डिएको अवस्थामा भेटिएका हुन्।

कोठाभित्र महिलाकी साढे २ वर्षकी छोरी रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा वयस्कहरु झुण्डिएको देखेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले ढोका तोडेर भित्र छिर्दा दुवै जना एउटै सारीमा झुन्डिएको अवस्थामा भेटिएका थिए।

उनीहरू बिहीबारकै दिन घरबाट निस्केका थिए। होटल संचालकका अनुसार हितेन्द्रसँगै प्रियंका आफ्नी छोरीसहित गत शुक्रबार राती नौ बजेतिर होटेलमा आएकी थिइन्।

उनीहरु चार दिनदेखि होटेलमा बसिरहेका थिए। जितेन्द्र दुई छोरा दुई छोरी र प्रियंकाकी छोरी छन्। उनको श्रीमान् वैदेशिक रोजगारमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ वैशाख २०८१ १८:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App