२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पूर्व अर्थमन्त्री शर्मा र रिपब्लिक मिडियाकी निर्देशक ज्ञवालीद्वारा नागरिक नायक माकजु सम्मानित

धुलिखेल अस्पतालका संस्थापक डा.रामकण्ठ माकजु श्रेष्ठ नागरिक नायक २०८१ बाट सम्मानित भएका छन्।

पूर्व अर्थमन्त्री जनार्दन शर्मा र नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीले मंगलबार ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा आयोजित एक औपचारिक कार्यक्रममा ‘नागरिक नायक २०८१’ बाट सम्मान गरेका हुन।

प्राध्यापक माकजु सामान्य गाउँले परिवेशबाट उठेर अस्ट्रियाको भियनामा चिकित्सा पेसा गर्न सक्षम समाजसेवी हुन। संसारको उत्कृष्ट सेवासुविधा भएको ठाउँबाट १५ वर्षपछि फर्केर आफ्नो थातथलोमा अस्पतालको परिकल्पना गर्दा उनीसँग आँटबाहेक केही थिएन।

२८ बाट सुरु भई आज सात सय शड्ढयाभन्दा बढीको अस्पताल तयार हुँदैछ। एकजनाबाट सुरु भएर आज १५ सयभन्दा बढी सहकर्मी तपाईंको होस्टेमा हैँसे गर्दै छन्। दैनिक करिब २५ सय बिरामी देशभरिबाट आएर उपचार र सेवा लिइरहेका छन्।

उनले काठमाडौँ विश्वविद्यालयको प्रतिष्ठित उपकुलपति पदमा रहेर विश्वविद्यालयको श्रीवृद्धिमा समेत तपाईंले गरेको योगदान गरेका छन्।

प्रकाशित: ११ वैशाख २०८१ १९:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App