२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

गोरखा भूकम्पको ९ वर्ष पूरा

आज वैशाख १२, अर्थात् नेपालमा विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा भएको छ। झन्डै ९ हजार मानिसको ज्यान लिनेगरी गएको भूकम्पका कारण ५ लाखभन्दा बढी घरबार क्षतिग्रस्त बने। भूकम्प गएको ९ वर्ष बितिसक्दा पनि अझै ९२ हजार परिवारका घर पुनर्निर्माण हुन सकेको छैन।

२०७२ साल वैशाख १२ गते मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको थियो। जसमा आठ हजार ९ सय ७० जनाको मृत्यु भएको गृह मन्त्रालयको भनाइ छ। भूकम्पमा परी २२ हजारभन्दा घाइते भएका थिए।

भूकम्पका कारण १४ जिल्ला सबैभन्दा बढी क्षतिग्रस्त बनेको थियो। भूकम्पका कारण करिब ७ खर्ब ६ अर्ब बराबरको क्षति भएको गृह मन्त्रालयको भनाइ छ। 

भूकम्प गएको सम्झनामा खानी तथा भूगर्भविभागले आज बृहत् फोटो प्रदर्शनीको आयोजना गरेको छ भने महाभूकम्पको स्मृतिमा गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ।

प्रकाशित: १२ वैशाख २०८१ ०९:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App