भूकम्पबाट बच्ने अभ्यास
१३ वैशाख २०८१
•
१ मिनेट पाठ
भूकम्पबाट बच्ने अभ्यास
कक्षाकोठामा बसेर पढ्दै गर्दा भूकम्प आए कसरी जोगिने भनेर बुधबार भक्तपुरको एउटा स्कुलमा विद्यार्थीलाई अभ्यास गराइएको छ। २०७२ साल वैशाख १२ गते शनिबार आएको भूकम्पको सम्झनामा जिल्लाको एभरेस्ट स्कुल मिवाछें व्यासी, भक्तपुर–२ मा भूकम्पबाट सुरक्षित हुने उपायबारे विद्यार्थीलाई अभ्यास गराइएको थियो।




यसअनुसार स्कुलका एकजना सहयोगीले सिठी बजाएका थिए। सिठी बजाउन सुरु भएसँगै नजिकैका कक्षाकोठामा रहेका सबैजना विद्यार्थीहरू लहरै दौडेर कक्षाकोठाबाट बाहिर निस्केका थिए।

बाहिर स्कुलको खुला खेल मैदानमा पुगेपछि उनीहरूले टाउकोमा हात राखेर सबैले बसेर आआफूलाई सुरक्षित पारेका थिए। यो क्रम झन्डै १० मिनेट चलेको थियो। कक्षाका सबैजना विद्यार्थी निस्केर खेलमैदानमा सुरक्षित भएपछिसम्म यो अभ्यास चलेको थियो।

स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले कक्षाकोठामा पढिराख्दा कुनै बेला भूकम्प आइहालेमा कसरी सुरक्षित हुने भनेर सिकाउन अभ्यास गराइएको जनाए। सुरक्षित जोनमा पुगेर आफू सुरक्षित कसरी हुने भनेर तरिका सिकाए भविष्यमा केही गरी भूकम्प आइहालेमा सुरक्षित पार्न विद्यार्थीलाई अभ्यास गराइएको उनले सुनाए।

स्कुलका खेलमैदान वरिपरि रहेका विभिन्न भवनहरूमा रहेका कक्षा ४ देखि १० सम्मका झन्डै एक हजार विद्यार्थी बाहिर आएर भूकम्पबाट सुरक्षित हुने अभ्यास गरेका थिए। यसका लागि विद्यार्थीलाई बाहिर सिठी बजेपछि भूकम्प आएको सम्झेर सुरक्षित हुने तरिका त्यसअघि नै कक्षाकक्षामा जानकारी गराइएको थियो। त्यसअनुसार सिठी बजेपछि सबैतिरका कक्षामा रहेका स्कुलका विद्यार्थी र शिक्षकहरू हतपत बाहिर निस्केर सुरक्षित बसेका थिए। ठुलो कक्षाका विद्यार्थीलाई मात्रै नभई ससाना कक्षाका बालबालिकादेखि कक्षा ४ सम्मका विद्यार्थीलाई पनि छुट्टै यस्तै अभ्यास गराइएको थियो।
अर्को समाचार
२२ घण्टापछि उद्धार गरिएका सोनिश कक्षा ४ मा
१२ वैशाख २०८१
•
२ मिनेट पाठ
२२ घण्टापछि उद्धार गरिएका सोनिश कक्षा ४ मा
२०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रविन्दुर भएर गएको भूकम्पमा घर भत्किएर २२ घण्टापछि उद्धार गरिएका भक्तपुरका सोनिश अवाल अहिले कक्षा ४ मा पुगेका छन्। उनी भक्तपुर नगरपालिका– २, मिवाछें व्यासीस्थित एभरेस्ट स्कुलबाट कक्षा ३ उत्तीर्ण गरी ४ मा पुगेका हुन्।




भूकम्पले घर भत्काएपछि भित्रै पुरिएका त्यो बेलाका पाँच महिने बालक सोनिशलाई २२ घण्टापछि नेपाली सैनिकले उद्धार गरेका थिए। त्यसपछि चर्चामा आएका सोनिश अहिले पनि ‘सेलिब्रेटी’ कै रूपमा छन्।

नागरिककर्मी मंगलबार भक्तपुर नगरपालिका वडा–१० कमलविनायकस्थित सोनिशको घर पुग्दा उनी एक्लै थिए। उनको घरको घण्टी बजाउँदै गर्दा उनले नै हतपत आएर मूलढोका खोले। बुबाआमा दुवै काममा र एक दिदी स्कुल गएकाले आफू एक्लै घरमा भएको उनले बताए।

टेलिफोन सम्पर्कका सोनिशकी आमा रश्मिलाले घर चलाउन आफू पनि काममा जाने गरेको सुनाइन्। सोनिशका बुबा चालक (ढुवानी सामान बोक्ने) हुन्। उनले घरघरमा गएर सफा गर्नेलगायत मजदुरीको काम गर्न आफू बिहानै निस्किने गरेको बताइन्।

भूकम्पले घर भत्काएपछिपछि लामो समय कोठाभाडामा लिएर बसेको अवाल परिवारले अहिले पुरानै जगमा अस्थायी संरचना बनाएको छ।

आफ्नो भएको जग्गा बाटोको मापदण्डमा परेको र अन्यत्र घर बनाउने जग्गा नभएकाले पुरानै ठाउँमा नक्सा पासबिनै अस्थायी टहरो बनाएर कोठाभाडा तिर्नुपर्ने बाध्यताबाट मुक्त भएको रश्मिलाले बताइन्।

‘मापदण्ड छाडेर घर बनाउने हो भने तीन फिट जग्गा मात्र बाँकी रहन्छ,’ रश्मिलाले दुःखेसो पोखिन्, ‘त्यही कारण नक्सा पास गरेर पक्की घर बनाउन पाइएन।’

२०७१ मंसिर २९ गते जन्मेका सोनिश सुरुमा भक्तपुर नगरपालिका– २, व्यासीस्थित एक्टिभ इन्सट्रक्सनल मोडेल स्कुल (एम्स) मा नर्सरी कक्षामा भर्ना भएका थिए।

त्यतिबेला अभिभावकले सोनिशलाई मिवाछें व्यासीस्थित एभरेस्ट स्कुलमा भर्ना गर्न चाहे पनि आर्थिक अभावका कारण सामान्य स्कुलमा भर्ना गरेको समाचार नागरिक दैनिकमा छापिएको थियो।

समाचार छापिएपछि एभरेस्ट स्कुलले निःशुल्क रूपमा सोनिशलाई भर्ना लिएको थियो। त्यहीबेलादेखि सोनिशले निःशुल्क रूपमा उक्त स्कुलमा पढ्दै आएका छन्।

एभरेस्ट स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले सोनिशलाई कक्षा ५ सम्म निःशुल्क पढाइदिने प्रतिबद्धता दोहोर्‍याए। कक्षा ६ देखि वीरेन्द्र सैनिक आवासीय मावि, सल्लाघारीमा सेनाले निःशुल्क पढाइदिने प्रतिबद्धता यसअघि नै सार्वजनिक गरिसकेकाले कक्षा ५ सम्म एभरेस्टले निःशुल्क पढाइदिने राजभण्डारीले बताए।

‘हामीले सोनिश अवाललाई पहिलोपटक नर्सरीमा भर्ना लिएर निःशुल्क पढाउन थालेका थियौं, उनले भने, ‘पाँच कक्षासम्म निःशुल्क अध्ययन गराउने प्रतिबद्धता हामी दोहोर्‍याउन चाहन्छौं।’ उनले सुरुमै नर्सरी, जुनियर केजी, सिनियर केजी, एकदेखि पाँच कक्षसम्म निःशुल्क पढाइदिने प्रतिबद्धता राजभण्डारीले गरेका थिए।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस