२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आफू चढेकै बसले ठक्कर दिँदा एकजनाको मृत्यु

चितवनमा आफू चढेको बसले ठक्कर दिँदा एकजना तीर्थ यात्रीको मृत्यु भएको छ।

राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान सुनसरीको चतराधाम तीर्थ गएर आएको बागमती प्रदेश–०३–००१ ख २७५३ नम्बरको बसबाट ओर्लने क्रममा सोहि बसले ठक्कर दिँदा राप्ती नगरपालिका–२ गड्यौली बस्ने ६० वर्षीय निमा कुमारी रिजालको मृत्यु भएको हो।

बसको ठक्करबाट गम्भिर घाइते भएकी रिजालको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान ७ः५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए।

ठक्कर दिने बस र बस चालक मकवानपुर हेटौडा उपमहानगरपालिका–१८ बस्ने वर्ष ४१ का कृष्ण सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: १३ वैशाख २०८१ ०९:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App