२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अपहरणमा परेका बिनितको ८ घण्टापछि उद्धार, ६ जना पक्राउ

बुधवार दिउँसो अपहरणमा परेका कपिलवस्तु नगरपालिका-४ मलपरवाका बिनित मिश्राको ८ घण्टापछि प्रहरीले सकुशल उद्धार गरेको छ।

बुधवार दिउँसो १२ बजेतिर तौलिहवा बजारबाट अपरिचित व्यक्तिले मिश्रालाई गाडीमा अपहरण गरी लगेका थिए।

अपहरणपछि प्रहरीले खोजतलासकाे क्रममा बुटवलमा मिश्राको सकुशल उद्धार गरेको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए।

अपहरणको आरोपमा ४ मुख्य आरोपी  सहित ६ जना पक्राउ गरिएको उनले बताए।  घटनाको अनुसन्धान भइरहेको उनले बताए। घटनाको विस्तृत विवरण पत्रकार सम्मेलन गरी जानकारी गराउने पौडेलले बताए। घटनाको कारण लेनदेन रहेको बताइएको छ।

प्रकाशित: १३ वैशाख २०८१ १२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App