२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मुस्ताङको कोरला नाकामा नेपाली र चिनियाँ सुुरक्षाकर्मीको संयुक्त गस्ती

हिमाली जिल्ला मुस्ताङको कोरला नाकामा नेपाल प्रहरी र चिनियाँ सुरक्षाकर्मीले संयुक्त गस्ती गरेका छन।  

कोरोलास्थित २४ नम्बर पिल्लर देखि पश्चिम २३ नम्बर पिल्लरसम्म सीमा क्षेत्रमा संयुक्त गस्ती गरेको मुस्ताङ प्रहरीले बताएको छ। मुस्ताका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेका अनुसार सीमा क्षेत्रमा हुन सक्ने अपराध नियन्त्रण र न्यूनीकरणको लागि यो गस्तीले सघाउनेछ। दुवै देशका सीमामा रहेका प्रहरीले संयुक्त पैदल गस्ति गरेको उनले बताए।  

पाण्डेका अनुसार सीमा क्षेत्रमा हुनसक्ने चोरी निकासी कम गर्न र अन्य अपराधिक गतिविधि बारे थाहा पाउन यसले सघाउनेछ। ‘दुवै मुलुकका प्रहरीले संयुक्त गस्ती हत्तपत्ति गर्दैनन,’ उनले भने, ‘गस्तीले सीमा क्षेत्रको अवस्थाबारे पनि थाहा हुन्छ।’

गस्तीमा नेपालको तर्फबाट जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहत इलाका प्रहरी कार्यालय लेमान्थाङका प्रहरी नायब निरिक्षक सुशील लामिछानेको कमान्डमा आठजना र चीनतर्फ सीमा स्थित लिजि प्रहरी कार्यालयका कार्यालय प्रमुख सब इन्सपेक्टर सेदेर दोर्जीको कमाण्डमा आठजनाको टोलीले संयुक्त पैदल गस्ती गरेको उनले बताए। आगामि दिनमा पनि सीमा क्षेत्रमा यस्तै सक्रिय गतिविधि गरिरहने उनले बताए।  

प्रकाशित: १३ वैशाख २०८१ १२:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App