कालीकोटकाे तिलागुफा–३ का नविन हमाले तीन वर्षअघि फुजि स्याउको बगैँचा विस्तार योजना सुरुगर्दा फोईगाउँमा कसैले पत्याएनन्। उनले फोईमा फुजि स्याउको सम्भावना रहेको र स्याउबाट मनग्य आम्दानी लिन सकिने सुनाउँदै स्याउ रोप्न सुरु गरे।
त्यहीँ योजना अनुसार नविनले अहिले गाउँमै फुजि स्याउको नमुना बगैँचा बनाएर स्याउ उत्पादन सुरु गर्न थालेपछि अहिले सबै दंग छन्। बरु अहिले उनको सिको गर्दै गाउँलेहरु समेत स्याउ रोप्न थालेका छन्।
गाउँमा बुवा र आफ्नो नाममा कुनै कित्ता जग्गा नभएका नविनले फोईमहादेवको दह चौरमा रहेको महादेव मा.वि विद्यालयको ८ हेक्टर जग्गा लिजमा लगेर ११ हजार फुजी,गाला र गोल्डेन जातका स्याउको बगैँचा तयार गरेका छन्।
वार्षिक २ लाख ५० हजार विद्यालयलाई भाडा तिरेर लिजमा लगेको जग्गामा अहिले थरीथरीका स्याउ फलेका छन्। उनले बगैँचामा हालसम्म दुई करोड लगानी गरी सकेका छन्। यो वर्षमात्र उनले ५ हजार बिरुवाबाट स्याउको फल उत्पादन गर्ने लक्ष्य राखेका छन्। उनको बगैँचामा सरकारी सहयोग भने कमै छ। उनलाई स्याउ जोन जुम्लााले ५० प्रतिसद अनुदानमा ४२ लाख मात्र सहयो गरेको छ।
नविन भने्,‘स्याउ उत्पादनमा कालीकोटलाई चिनाउनु छ। बाकी लगानी अनुसारको उत्पादनको लागि बगैँचा गोडमेलमा छौं। दुई जनालाई निरन्तर रोजगारी दिएको छु। बगैँचा घेरवार गरी हालसम्म २ करोड लगानी छ। हामीहरु यो वर्ष पहिलो फल लिने तयारीमा छौं।’ बगैँचामा इटालीबाट स्याउका बिरुवा ल्याएर रोपेको उनको भनाई छ।
तिलागुफाको फोईमा धेरै किसानले स्याउ बगैँचा बिस्तारको लागि जिल्ला कृषि विकास कार्यालयबाट अनुदान लगेका छन, तर लगेको अनुदान सहि सदुपयोग हुन सकेको छैन्।
नविनले चुली कर्णाली एग्रो फार्म दर्ता गरी कृषिमा लगानी थालेका हुन् उनले भने,‘यो बगैँचा स्थापनाको कामले पुर्णता पाएसंगै केही आशाका किरण पलाएका छन्। यहाँका स्थानीयलाई रोजगारीसँगै,फुजि स्याउको उत्कृष्ट नमुना बगैँचा कालीकोटमा स्थापना भएको सन्देश फैलाउने अवसर मिल्यो। यो निकै राम्रो अवसर हो। बगैँचामा स्याउ रोप्नु अघि बगैँचाको आकार प्रकार तयार भयो।’
कालीकोटबाट जितेका माननीयहरुले आफु खुसी योनजा दिने चलनले पनी कृषिमा गरेको लगानी अनुसारको उपलब्धी देख्न सकिदैन्। कालीकोटमै नमुना बगैँचा स्थापना भएपछि स्थानीय खुसी छन्। उनीहरुले स्याउ बगैँचामा काम पाउनुका साथै स्याउ फलाउनको लागि प्रेरणा मिल्ने छ। लगानीकर्ता समेत रहेका नविनले शिक्षक पेशाबाट कमाएको रकमले आफ्नै भूमिमा स्याउ बगैँचा स्थापना गर्न पाउदा खुसी लागेको बताए।
उनले भने,‘यो स्याउ बगैँचामा अर्गानिक मलको प्रयोग छ। यो बगैँचालाई नमुना बगैँचा बनाइराख्न पनि सदैव तत्पर छु ।’ कृषि विकास कार्यालय कालीकोटका प्रमुख भरत बस्नेतले जिल्लाकै नमुना बगैँचा दहचौरमा रहेको बताए। उनका अनुसार यो बगैँचालाई आवश्यक थोपा सिचाँई,र स्याउमा लाग्ने रोग नियन्त्रणको लागि विषादी देखि अन्य अनुदान सहयोग गर्ने सुनाए।
बस्नेतले भने,‘कठिन कालमा बगैँचा स्थापना गरेर स्थानीयलाई रोजगारी दिलाउने काम निकै चुनौतिपुर्ण छ। स्याउ खेतीको संम्भावना राम्रो छ,भन्ने सन्देश पनि यो बगैँचाले दिएको छ।’ प्रमुख बस्नेतका अनुसार प्रदेशबाट आउने अनुदानमा पनि जिल्लाबाट जितेर गएका माननीयले आफ्नो मान्छेलाई दिन दबाब दिने गरेको बताए। यसले गर्दा अगुवा किसानले अनुदान पाउन नसकेको उनको भनाइ छ। अहिलेको समयमा पनि यस्ता खालका परिपार्टीले गर्दा समस्या थपिएको हो। उनी भन्छन्। हामीले अगुवा किसनलाई दिन सक्ने सिचाई, व्यवास्थापनको लागि केही सहयोग गर्न सक्ने उनको भनाई छ। उनले मन्त्री तथा सांसदका स्वकीयहरुले आफ्नो मान्छेको लागि योजना दिन दबाव दिने गरेको कारण अहिले अगुवा किसानले अनुदानका कार्यक्रम नपाउने गरेको सुनाए।
पछिल्लो समय कालीकोटमा पनि राम्रो स्याउ उत्पादन हुने गरेको छ। तिलागुफा –३ का स्थानीय नेत्रबहादुर शाहीका अनुसार कालीकोट जिल्लाकै नमुना स्याउ बगैँचा रहेको बताए। उनका अनुसार अहिले बाली बिज्ञानमा डिप्लोमा पास गरेका जुम्लाका गजेन्द्र शाहीलाई प्रविधिकको रुपमा राखेको जानकारी दिए।
अहिले यो बगैँचाले फल दिने अपेक्षा छ। अहिले गरेको लगानीले पछि राम्रो उपलब्धि हासिल गर्न सक्ने स्थानीयको भनाई छ। अहिले पनि जिल्लाका अगुवा किसाले कृषिमा सोचेअनुसारको अनुदान प्राप्त गर्न सकेका छैनन्।