२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

डेढ किलो सुन र २ करोड नगदसहित ७ जना पक्राउ

काठमाडौँबाट डेढ किलो सुन र नगदसहित ७ जनालाई पक्राउ गरिएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब डेढ किलो सुन र करिब २ करोड नगदसहित ७ जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका सबैजना भारतीय नागरिक रहेको पनि बताइएको छ।

विशेष सूचनाका आधारमा खटिएको टोलीले अवैध सुन र नगदसहित उनीहरूलाई पक्राउ गरेको हो। यस विषयमा विस्तृत जानकारी दिनका लागि प्रहरीले केही बेरमा पत्रकार सम्मेलनको आयोजना गर्दैछ।

प्रकाशित: १४ वैशाख २०८१ ११:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App