२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

इलाम क्षेत्र-२ : डम्बरलाई भेट्न खोज्दै डकेन्द्र

इलाम क्षेत्र-२ को मतगणना भइरहँदा नेपाली कांग्रेस र पहिचानवादी स्वतन्त्र उम्मेदवारको मतान्तर निकै साँघुरिएको छ।

४२ मध्ये २२ वटा वडाको गणना सकिँदा कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काको ८ हजार २ सय ८६ आएको छ। पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको ८ हजार ९८ मत छ। उनीहरूबीचको मतान्तर २ सय ८८ मात्रै छ।

२०५६ सालपछिका सबै निर्वाचनमा यो क्षेत्रमा कांग्रेस दोस्रो भएको थियो भने एमाले पहिलो थियो। एमालेका सुहाङ नेम्बाङले अहिलेसम्मको गणनामा १३ हजार ६९ मत ल्याएका छन्।

अहिलेसम्म फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ र माई नगरपालिकाको जम्मा ३२ हजार ६ सय ३८ मत गणना भइसकेको छ। अहिलेसम्मको नतिजामा एमाले पहिलो, कांग्रेस दोस्रो, पहिचानवादी स्वतन्त्र तेस्रो र रास्वपा उम्मेदवार मिलन लिम्बू १ हजार ७ सय १३ मतसहित चौथो स्थानमा छन्।

प्रकाशित: १७ वैशाख २०८१ १५:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App