४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

सप्तरीको महादेवामा आगलागी

सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टी टोलमा आगलागी भएको छ। आज दिउँसो करिब ३ बजेदेखि आगलागी सुरू भएको हाे।

अहिले आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ। आगो नियन्त्रणमा ल्याउन ६ वटा वारूण यन्त्रले पानी हालिरहेको सप्तरी प्रहरी प्रमुख (एसपी) गजुषिद्धी मानन्धरले जानकारी दिए।

अहिलेसम्म कति घर जल्यो भने यकिन छैन, उनले नागरिक न्यूजसंग भने,'आगो नियन्त्रण बाहिर गएको छ। हामी नियन्त्रण गर्ने प्रयासमा जुटेका छौँ।'

स्थानीय, प्रहरी, सुरक्षाकर्मीको सहयोगमा बारुणयन्त्रले आगो निभाउने प्रयास गरिरहेको छ।

प्रकाशित: १८ वैशाख २०८१ १७:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App