मुगु – मुगुका सामुदायिक विद्यालयमा हरेक शैक्षिक वर्षमा पाठ्य पुस्तक नपुगेर विद्यार्थीले रित्तै विद्यालय जानु पर्ने र बिना पाठ्य पुस्तक परीक्षा दिनुपर्ने बाध्यता रहेकोमा यो वर्ष भने समयमा नै पाठ्य पुस्तक पठाउने तयारी गरिरहेको जनक शिक्षा सामाग्री केन्द्र नेपालगञ्जले जनाएको छ।
विगतका वर्षमा शैक्षिक सत्र सकिदासम्म पनि पुस्तक नपुगेको भन्दै गाली खाने अवस्था आएको तर शैक्षिक सत्र २०७५ मा त्यस्तो अवस्था दोहोरिन नदिन अबको एक हप्ता भित्रै कर्णालीका सबै जिल्लामा पुस्तक पठाइसक्ने जनक शिक्षा सामाग्री केन्द्र नेपालगञ्जका प्रमुख रविन्द्र शर्माले जानकारी दिए।
अघिल्लो वर्ष ल्याइएका पाठ्य पुस्तक खत्याड र सोरुका केही विद्यालयले नकिन्दा अहिले पनि ३० प्रतिशत पुस्तक गोदाममा थन्किएको भामले बताए। खत्याड र सोरुका अधिकांश विद्यालयले छिमेकी बाजुराको कोल्टी बजारबाट पुस्तक किनेर ल्याउदा आफूले जनक शिक्षाबाट ल्याएका पुस्तक गोदाममा थन्किएको उनले बताए। अबको एक हप्ता भित्रै पुस्तक जिल्लामा पुग्ने तथा अहिले पनि पुस्तक लिन चाहने विद्यालयले गत वर्ष देखि थन्किएर रहेका पुस्तक लिन सक्ने उनले बताए।
गत वर्ष १२ सय सेट कक्षा १ देखि १० सम्मका पाठ्य पुस्तक मुगुमा पठाएको जनक शिक्षाले यो पटक भने ७ सय सेट मात्र पठाउन लागेको हो। विक्रेताले अघिल्लो वर्षको पुस्तक मौज्दात रहेको भने पछि उनीहरूको समस्यालाई बुझेर ७ सय सेट मात्र पठाउन लागेको जनक शिक्षा सामाग्री केन्द्र नेपालगञ्जका प्रमुख रविन्द्र शर्माले जानकारी दिए।