आगलागी हुँदा २५ लाख बढीको क्षति
२२ वैशाख २०८१
•
१ मिनेट पाठ
आगलागी हुँदा २५ लाख बढीको क्षति
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा शुक्रबार अपराह्न आगलागी हुँदा २५ लाखभन्दा बढीको क्षति भएको छ। विद्युत् सर्ट भएर आगलागी हुँदा ठगुन्नाको घरगोठ नष्ट भएको छ।




इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार आगलागी हुँदा तीन वटा बाखा मरेका तथा एउटा भैँसी जलेर मरणासन्न अवस्थामा छ।घरसँगै अन्न, लुगाकपडा, गहना, महत्वपूर्ण कागजपत्र र पाँच लाख रूपैयाँ नगद जलेको प्रहरी निरीक्षक बुढाऐरले बताए।

स्थानीय बासिन्दा र प्रहरीले आगलागी नियन्त्रणका लागि भगीरथ प्रयास गरे पनि ठगुन्ना परिवारको घर गोठ जोगाउन भने सकेनन्। ‘ठगुन्ना परिवारको घर गोठमा आगलागी हुँदा निकै ठूलो क्षति भएको छ’, स्थानीय अरुणकुमार सिंहले भने, ‘शरीरमा लगाएको लुगाबाहेक पीडित परिवारसँग केही बचेन।’

आगलागी पीडित परिवारलाई नेपाल रेडक्रस उपशाखा झलारीले त्रिपाल, भाँडाकुडा, कपडालगायत सामग्री प्रदान गरेको छ। 
अर्को समाचार
सर्लाहीको एक पसलमा आगलागी हुँदा ७० लाखको क्षति
१४ मंसिर २०८०
•
१ मिनेट पाठ
सर्लाहीको एक पसलमा आगलागी हुँदा ७० लाखको क्षति
सर्लाहीको एक पसलमा आगलागी हुँदा ७० लाखभन्दा बढीको क्षति भएको छ। सर्लाहीको ईश्वरपुर नगरपालिका ३ भक्तिपुरस्थित किराना पसलमा आगलागी हुँदा ७० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ।




स्थानीय चन्देश्वर चौधरी कलवारले संचालन गरेको किराना पसलमा विद्युत् सर्ट भई आगलागी भएको पीडितले जनाएको छ।  आगलागीबाट घर तथा घरमा रहेको सम्पूर्ण सामग्री, किराना पसल, नगद तथा गरगहना पनि नष्ट भएको इलाका प्रहरी कार्यालय केशरगंज, बयलवासले जनाएको छ।  इप्रका बयलवासका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले पनि करिब ७० लाखको क्षति भएको प्रारम्भिक अनुमान रहेको जानकारी गराएका छन्।

ईश्वरपुर नगरपालिका ३ का वडाध्यक्ष विश्वनाथ सहनीले आगलागीले कलवारको घरमा अकल्पनीय क्षति भएको बताउँदै विद्यार्थी, गाउँले तथा प्रहरी मिलेर बाल्टिन तथा मोटरको पानीले आगो माथि नियन्त्रण लिइएको छ। आगो नियन्त्रणमा आइसकेपछि हरिवन नगरपालिका र मलंगवा नगरपालिकाबाट दमकल आएको गुनासो स्थानीयको रहेको छ।  

आगो निभाउने क्रममा घरधनी कलवारका १४ वर्षीय छोरा रामकुमार चौधरी घाइते भएका छन्। घाइते चौधरीको प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडौँ पठाइएको छ। आगलागीको घटनापछि घरधनी कलवारको अवस्था पनि राम्रो रहेको छैन। घरधनी कलवार आगलागी पछि बेलाबेलामा आफैँ बेहोस भएर लड्न थालेका छन्। कलवारलार्इ पनि उपचारको लागि काठमाडौँ पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले जनाएका छन्।

आगोले कलवारको सम्पूर्ण सम्पत्ति स्वाहा पारेको स्थानीयको भनाइ छ। आगलागी पछि घटनास्थलको निरीक्षण गर्न पुगेका ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोजकुमार आचार्यले तत्काल आफ्नो तर्फबाट केही व्यक्तिगत राहत सहयोग प्रदान गरेका छन्। नगर प्रमुख आचार्यले नगरपालिकाको तर्फबाट पनि पीडित कलवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। 
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस