६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ भारतीय नागरिक पक्राउ

अनलाइन गेम खेलाएर सट्टेबाजी गरेको आरोपमा प्रहरीले बुटवलबाट १३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

बुटवल उपमहानगरपालिका वडा नं-११ को होराइजनचोकमा घर भाडामा लिएर अनलाइन गेम खेलाउने र सट्टेबाजी गरेको आरोपमा प्रहरीले आज (सोमबार) उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरूको साथबाट १३ थान कम्प्युटर र ३९ थान मोबाइल पनि प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले पक्राउ परेकाहरू भारतीय नागरिक रहेको जानकारी दिए। पक्राउ परेकाहरूको व्यक्तिगत विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन।

पक्राउ परेकाहरूले आफूहरू भारतको राजस्थानबाट आएको बताए पनि थप कुराहरू भने खुल्न बाँकी रहेको डिएसपी पण्डितले बताए।

प्रहरीका अनुसार पक्राउ परेकाहरू २५ देखि ३० वर्ष उमेर समूहका छन्। उनीहरुले ‘फेयर प्ले’ लगायतका गेम खेलाएर सट्टेबाजी गर्ने गरेको प्रारम्भिक छानबिनमा खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूले केही महिना अघि होराइजन चोकमा रहेको एक घरमा दुई वटा फ्ल्याट भाडामा लिएका थिए। व्यवसाय गर्ने भनेर लिइएको त्यही फ्ल्याटमा उनीहरुले सट्टेबाजीको धन्दा चलाएको बताइएको छ।

पक्राउ परेकाहरुका सम्बन्धमा छानबिन भइरहेकाले थप कुराहरू अनुसन्धानबाट खुल्ने डिएसपी पण्डितले बताए।

प्रकाशित: २४ वैशाख २०८१ २१:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App