६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

काठमाडौंमा दिउँसो पछि मध्यम वर्षाको सम्भावना

काठमाडौं उपत्यकाका केही स्थानमा बिहानैदेखि पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंका केही स्थानमा बिहानैदेखि छिटफुट वर्षा भइरहेको छ।

महाशाखाका अनुसार बिहानैदेखि काठमाडौं उपत्यकामा बादल लागिरहेको छ भने आज दिनभर जसो घाम लाग्ने सम्भावना न्यून छ।

महाशाखाका मौसमविद् गंगा नगरकोटीले आज दिनभर जसो बादल लाग्ने हुँदा घाम राम्रोसँग लाग्ने सम्भावना कम रहेको बताइन्।

उनले आज दिउँसो १२÷१ बजेपछि काठमाडौँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि बताइन्।  

प्रकाशित: २५ वैशाख २०८१ ०८:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App