६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

ताप्लेजुङको डुम्रिसेमा भएको ट्रयाक्टर दुर्घटनामा एक बालकको मृत्यु,८ जना घाइते

ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका वडा नं ४ डुम्रिसेमा भएको ट्रयाक्टर दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ। ८ जना घाइते भएका छन्। मृत्यु हुनेमा सिद्धेश्वरी माविको कक्षा ६ का ९ बर्से मानस तामाङ रहेको स्थानीय विनोद भण्डारीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले दुर्घटना भएको खबर प्राप्त भई प्रहरी टोली घटनास्थलतर्फ परिचालित भएको बताए। प्रदेश १–०१–००१त ९०६९ नम्बरको ट्याक्टर काबेलीखोलाबाट माकोजातर्फ जाने क्रममा आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल खसी दुर्घटनामा परेको बताइएको छ।

दुर्घटनामा परी मृत्यु हुने र घाइते हुने सबै सिद्धेश्वरी माविका विद्यार्थी रहेको स्थानीयले बताएका छन्। दुर्घटनामा परी घाइते भएका ८ जनालाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइँदैं गरेको समेत स्थानीयले बताए। घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित: २६ वैशाख २०८१ १२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App