प्रहरी र स्थानीय सरकारको मिलोमतोमा बागमती नदीको अवैध दोहन भइरहेको छ। रौतहट र सर्लाहीको बिचमा अवस्थित बागमती नदीमा स्थानीय प्रहरी र स्थानीय सरकारको मिलोमतोमा दर्जनौँ एक्जाभेटर मेसिन तथा मोबाइल क्रसरको प्रयोग गरी जथाभावी उत्खनन भइरहेको हो।
रौतहटको समनपुरस्थित गढिमाई नगरपालिकाले एक दर्जन बढी एक्जाभेटर मेसिन नदी उत्खननमा लगाएको छ। त्यती हुँदा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी भने रमिते बनेका छन्।
अर्काको कार्यक्षेत्रमा प्रवेश गरेर दश किलो माछा समातेर भन्सार बुझाउने सशस्त्र बेस समनपुरको
आँखै अगाडि हरेक दिन दुई सयभन्दा बढी टिपर बागमती नदीबाट गिटी उत्खनन भएर बिना ढाला लैजाँदा पनि देख्दैन।
स्थानीय इलाका प्रहरी कार्यालय समनपुरको पनि उही अवस्था छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलोमतोमा गढीमाई नगरपालिकाले दैनिक अढाई सयदेखि चार सय टिपर ढुंगा, गिटी, ग्रावेल तथा बालुवा उत्खनन गरिरहेको छ ।
नदी उत्खननको सबै मापदन्ड र सीमालाई उल्लंघन गरे पनि स्थानीय सशस्त्र र नेपाल प्रहरीले मोटो कमाइ गरेर आँखा चिम्लेको आरोप स्थानीयवासीको रहेको छ । स्थानीय सरकार र प्रहरी प्रशासन मिलेपछि कसैको केही लाग्दैन भन्ने उदाहरण अहिले समनपुरस्थित बागमती नदीमा देख्न सकिन्छ ।
बागमती नदीको ठेक्कामा नै जनप्रतिनिधिले करोडौँ कमाएका थिए । चार करोडमा लाग्ने ठेक्का जनप्रतिनिधिको मिलोमतोमा निकै कममा लागेको छ । दुई भागमा हुने गरेको ठेक्काको पुलदेखि उत्तर पृथ्वी निर्माण सेवा हर्दिया ४ ले एक करोड पाँच लाखमा र पुलदेखि दक्षिण सुमित निर्माण सेवाले पन्चानब्बे लाखमा सकार गरेको छ । विगतका वर्षहरुभन्दा निक्कै कममा ठेक्का भएको तर पहिलेका वर्षहरुभन्दा निकै बढी नदीको दोहन हुँदा पनि सबै पक्ष मौन बसेका छन् ।
यसै गरी सर्लाहीको बसबरिया गाउँपालिका १ र २ को बिचमा पर्ने बागमती नदीको बगरमा अबैध रुपमा पाँच वटा मोबाइल क्रसर संचालित छन् । गाउँपालिकाले बागमती नदीको नदीजन्य पदार्थको निकासी ठेक्का लगाएको छैन तर माफियाहरुले स्थानीय प्रशासनलाई मोटो रकम दिएर नदी दोहन गरिरहेका छन् । बसबरिया गाउपालिकाभित्र सशस्त्र प्रहरीका दुई वटा बेस छन् भने नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय बरहथवा, मानपुर, हरकठवा, हजरिया र बङगलवा प्रहरी चौकी रहेका छन् । गाउँपालिकाले औपचारिक रुपमा ठेक्का नलगाएको भए पनि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका साथै स्थानीय सरकारलाई मोटो रकम बुझाउँदै निर्वाध रुपमा दर्जनौँ मोबाइल क्रसर लगाएर नदीको जथाभावी दोहन गरिरहेका छन् । बागमती नदीमा बालुवा, गिटी, ग्रावेल, ढुंगा उत्खनन, प्रशोधन, भन्डारण तथा ओसारपसार गर्ने माफियाको एकछत्र राज हुँदा पनि मोटो रकम लिएर स्थानीय सरकार र स्थानीय प्रहरी प्रशासन चुपचाप छन् ।
बरहथवा नगरपालिकाका कानुनी सल्लाहकार महेश बरालले जनाएअनुसार बरहथवा नपाले बागमती बजार नाकाको ठेक्का लगाएको बताएका छन् ।
सर्लाहीको बरहथवा नगरपालिकाले बागमती नदी उत्खनन अगाडि करिब दुई वर्ष लगाएर मधेश प्रदेश कार्यालय जनकपुरबाट बिज्ञ बोलाएर नदी उत्खनन गर्नभन्दा अगाडि नदीको (इआइए) प्रारम्भिक बाताबरण प्रभाव मूल्यांकन गराएर यसपटक तिनवटा घाट उत्खनन गर्न ठेक्का लगाएको थियो । बाताबरणबिज्ञको टोलीले माफियाहरुले अहिले उत्खनन गरिरहेका ठाउँ खरसालघाट नजिक खोलाको सतह तल परेको र उत्खनन गर्ने अवस्था नभएको रिपोर्टमा देखाएपछि बरहथवा नगरपालिकाले नदी उत्खनन र ठेक्का प्रक्रियामा रोक लगाएको नगरपालिकाका कानुनी सल्लाहकार महेश बरालले जानकारी गराएका छन् । कानुनी सल्लाहकार बरालका अनुसार माफियाहरुले प्रतिबन्धित बन क्षेत्रसमेत रहेको ठाउँमा मेसिन प्रयोग गरेर उत्खनन गरी दोहन कानुन, प्रचलनको धज्जी उडाएका छन् । नगरपालिकाले प्रतिबनध लगाएको ठाउँमा पनि अवैध रुपमा उत्खनन गर्नेहरुलाई हदैसम्मको कार्यवाही हुनुपर्ने कानुनी सल्लाहकार बरालले माग गरेका छन् ।
अहिले बरहथवा नगरपालिकाले नदीबाट ढुङ्गा, गिटी, बालुवा र ग्राभेल निकासीको लागि एउटा नाकामा मात्र ठेक्का लगाएको छ । बागमती नदीको वडा नम्बर ३ र ४ मा पर्ने बजार क्षेत्र नाकाको ठेक्का सर्लाही लालबन्दीको रोहन इन्जिनियरिङ एन्ड बिल्डर्सलाई ८५ लाखमा ठेक्का दिएको र सम्झौताको प्रक्रिया अगाडि बढेको कानुनी सल्लाहकार बरालले बताएका छन् ।
इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डिएसपी गौतम थापाले आफू कमान्ड सम्हालेको डेढ महिनामा टिपर र एक्जाभेटर नियन्त्रणमा लिएर पाँच लाख रुपैयासम्म जरिवाना गराएको नागरिकन्युजलाई बताएका छन् ।
टदाटदढडम(द्दअडद्द(द्धघदढ(दमाद(ज्ञमअढटाठआमडअ।वउन