किसानलाई एक सय तीस क्विन्टल उन्नत जातको बीउ वितरण
०१ जेष्ठ २०८१
•
१ मिनेट पाठ
किसानलाई एक सय तीस क्विन्टल उन्नत जातको बीउ वितरण
फाइल तस्बिर
उत्पादन वृद्धि गरी किसानको आयस्तर बढाउन  शुक्लाफाँटा नगरपालिकाले एक सय ३० क्विन्टल उन्नत जातको धानको बीउ वितरण गरेको छ।  




चालु आर्थिक वर्षको स्वीकृत खाद्यान्न बालीको बीउबिजन उत्पादन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा किसानलाई धानको बीउ वितरण गरिएको हो। 

नगरपालिकाका १२ वटै वडाका सहकारी, समूह र कृषि फार्ममार्फत किसानलाई अनुदानमा धानको बीउ वितरण गरिएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख करनसिंह बुढाऐरले बताए।

‘किसानलाई साँवा मन्सुली २० क्विन्टल, सुक्खा तीन २३ क्विन्टल, राधा चार ४२ क्विन्टल र सर्जु बाउन्न ४२ क्विन्टल धानको बीउ किसानलाई वितरण गरिएको छ’, शाखा प्रमुख बुढाऐरले भने, ‘चालिस बिघा खेतमा पुग्ने गरी धानको बीउ वितरण भएको छ।’ 

उन्नत जातको धानको क्षेत्र विस्तार गरी उत्पादन बढाउन प्रत्येक वर्ष शाखाले माटो सुहाउँदो बीउ अनुदानमा वितरण गर्दै आएको उनले जानकारी दिए। -रासस
अर्को समाचार
बाँकेमा धान उत्पादन वृद्धि हुने प्रक्षेपण
१२ कार्तिक २०८१
•
२ मिनेट पाठ
बाँकेमा धान उत्पादन वृद्धि हुने प्रक्षेपण
समयमै रोपाइँ हुनु र बाली भित्र्याउँदा वर्षा नहुनुले बाँकेमा यस वर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ। अपेक्षाकृत रुपमा धान उत्पादन हुँदा यहाँका किसान उत्साहित भएका छन्।




यति बेला यहाँका किसान धान भित्र्याउने चटारोमा छन्। समयमै रोपाइँ सकेका किसान बाली भित्र्याउँदासम्म पनि पानी नपर्दा खुसी देखिएका छन्। सिँचाइ गर्दा पनि समयानुकूल वर्षा भएको थियो। जसले किसानलाई ठुलो राहत पुगेको थियो।

गत वर्षभन्दा यसपाली धान उत्पादन वृद्धि हुने नरैनापुर–५ जमुनाहका जलिल मनिहारले बताए। उनले १० कट्ठा जमिनमा बटैया (अधियाँ) लगाउँछन्। जसबाट सात/आठ क्विन्टल धान उत्पादन गर्छन्। २०७९ सालमा त झन् नरैनापुर सुख्खा हुँदा यति पनि धान उत्पादन भएन। तर, यसपाली भने उनी खुसी देखिन्छन्। भन्छन्, ‘यसपाली धान राम्रो छ। समयमै वर्षा हुँदा धान रोपाइँ पनि भयो। भित्र्याउँदासम्म पनि पानी आएको छैन। यो किसानका लागि राम्रो हो।’

नरैनापुर–४ का असफाख खाँ पनि उत्साहित छन्। ५० कट्ठामा धान लगाउने उनी यस वर्ष ५०/५५ क्विन्टल धान उत्पादन हुने आशामा छन्। यसपालि धानमा रोगको प्रकोपसमेत नहुँदा धान उत्पादन हुने उनी बताउँछन्। अघिल्लो दुई वर्षमा निराश भएका यस क्षेत्रका किसान यति बेला भने खुसी छन्। २०७९ मा नरैनापुरभरि १५ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको थियो भने ८५ प्रतिशतमा रोपाइँ हुन पाएको थिएन।

यति मात्र होइन बाँकेका अन्य पालिकामा पनि धान राम्रो देखिएको छ। केही किसानले धान भित्र्याइ सकेका छन् भने केही भित्र्याउने क्रममा छन्। धान राम्रो भएपछि किसानहरू उत्साहित देखिएका छन्।

यसपालिको मौसम पनि किसान अनुकूल भएकाले धान उत्पादन बढ्न सक्ने प्रक्षेपण गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद घिमिरेले जानकारी दिए। ‘किसानको खेतसम्म पुग्दा बाली राम्रो छ,’ उनले भने, ‘धान सबै भित्र्याउँदासम्म पानी परेन भने धान उत्पादन बढ्छ।’

यस वर्ष बाँकेमा ३४ हजार पाँच सय दुई हेक्टर क्षेत्रफलमा धान खेती भएको छ। प्रति हेक्टर कम्तीमा चार दशमलब तीन मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको उनको भनाइ छ।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस