मिलेमतोमा बागमती नदी दोहन
०२ जेष्ठ २०८१
•
४ मिनेट पाठ
मिलेमतोमा बागमती नदी दोहन
प्रहरी र स्थानीय सरकारको मिलेमतोमा बागमती नदीको अवैध दोहन भइरहेको छ। रौतहट र सर्लाहीको बिचमा रहेको बागमती नदीमा स्थानीय प्रहरी र स्थानीय सरकारको मिलेमतोमा दर्जनौं एक्जाभेटर मेसिन तथा मोबाइल क्रसरले जथाभावी उत्खनन गरिरहेका छन्।




रौतहटको समनपुरस्थित गढिमाई नगरपालिकाको मिलेमतोमा एक दर्जन बढी एक्जाभेटर मेसिन बागमती नदीमा उत्खननका लागि लगाइएका छन्। बागमती नदीलाई गढीमाई नगरपालिकाले लुटको धन फुपूको श्राद्ध बनाउँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीको स्थानीय युनिट रमिते बनेका छन्।

अर्काको कार्यक्षेत्रमा प्रवेश गरेर १० किलो माछा समातेर भन्सार बुझाउने सशस्त्र बेस समनपुरको आँखैअगाडि हरेक दिन दुई सयभन्दा बढी टिपर बागमती नदीबाट गिटी उत्खनन भएर बिना ढाला लैजाँदा पनि देख्दैन।

स्थानीय इलाका प्रहरी कार्यालय समनपुरको पनि उही अवस्था छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलेमतोमा गढीमाई नगरपालिकाले दैनिक अढाई सयदेखि चार सय टिपर ढुंगा, गिटी, ग्रावेल तथा बालुवा उत्खनन गरिरहेको छ।

नदी उत्खननको सबै मापदण्ड र सीमालाई उल्लंघन गरे पनि स्थानीय सशस्त्र र नेपाल प्रहरीले मोटो कमाइ गरेर आँखा चिम्लेको आरोप स्थानीयको रहेको छ। स्थानीय सरकार र प्रहरी प्रशासन मिलेपछि कसैको केही लाग्दैन भन्ने उदाहरण अहिले समनपुरस्थित बागमती नदीमा देख्न सकिन्छ।

बागमती नदीको ठेक्कामै जनप्रतिनिधिले करोडौं कमाएका थिए। चार करोडमा लाग्ने ठेक्का जनप्रतिनिधिको मिलेमतोमा निकै कममा लागेको छ।

दुई भागमा हुने गरेको ठेक्काको पुलदेखि उत्तर पृथ्वी निर्माण सेवा हर्दिया– ४ ले एक करोड पाँच लाखमा र पुलदेखि दक्षिण सुमित निर्माण सेवाले ९५ लाख रूपैयाँमा सकार गरेको छ। विगतका वर्षभन्दा निक्कै कममा ठेक्का भएको तर पहिलेका वर्षहरूभन्दा निकै बढी नदीको दोहन हुँदा पनि सबै पक्ष मौन बसेका छन्।

यसै गरी सर्लाहीको बसबरिया गाउँपालिका–१ र २ को बिचमा पर्ने बागमती नदीको बगरमा अवैध रूपमा पाँचवटा मोबाइल क्रसर सञ्चालित छन्। गाउँपालिकाले बागमती नदीको नदीजन्य पदार्थको निकासी ठेक्का लगाएको छैन तर माफियाले स्थानीय प्रशासनलाई मोटो रकम दिएर नदी दोहन गरिरहेका छन्।

बसबरिया गाउपालिकाभित्र सशस्त्र प्रहरीका दुईवटा बेस छन् भने नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय बरहथवा, मानपुर, हरकठवा, हजरिया र बङगलवा प्रहरी चौकी रहेका छन्।

गाउँपालिकाले औपचारिक रूपमा ठेक्का नलगाएको भए पनि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका साथै स्थानीय सरकारलाई मोटो रकम बुझाउँदै निर्बाध रूपमा दर्जनौं मोबाइल क्रसर लगाएर नदीको जथाभावी दोहन गरिरहेका छन्।

बागमती नदीमा बालुवा, गिटी, ग्रावेल, ढुंगा उत्खनन, प्रशोधन, भन्डारण तथा ओसारपसार गर्ने माफियाको एकछत्र राज हुँदा पनि मोटो रकम लिएर स्थानीय सरकार र स्थानीय प्रहरी प्रशासन चुपचाप छन्।

बरहथवा नगरपालिकाका कानुनी सल्लाहकार महेश बरालले जनाएअनुसार बरहथवा नपाले बागमती बजार नाकाको ठेक्का लगाएको बताएका छन्।

सर्लाहीको बरहथवा नगरपालिकाले बागमती नदी उत्खनन अगाडि करिब दुई वर्ष लगाएर मधेस प्रदेश कार्यालय जनकपुरबाट विज्ञ बोलाएर नदी उत्खनन गर्नभन्दा अगाडि नदीको (इआइए) प्रारम्भिक वातावरण प्रभाव मूल्यांकन गराएर यसपटक तीनवटा घाट उत्खनन गर्न ठेक्का लगाएको थियो।

कानुनी सल्लाहकार बरालका अनुसार माफियाहरूले प्रतिबन्धित वन क्षेत्रसमेत रहेको ठाउँमा मेसिन प्रयोग गरेर उत्खनन गरी कानुनको धज्जी उडाएका छन्।

वातावरणविज्ञको टोलीले माफियाले अहिले उत्खनन गरिरहेका ठाउँ खरसालघाटनजिक खोलाको सतह तल परेको र उत्खनन गर्ने अवस्था नभएको रिपोर्टमा देखाएपछि बरहथवा नगरपालिकाले नदी उत्खनन र ठेक्का प्रक्रियामा रोक लगाएको नगरपालिकाका कानुनी सल्लाहकार महेश बरालले जानकारी गराएका छन्।

कानुनी सल्लाहकार बरालका अनुसार माफियाहरूले प्रतिबन्धित वन क्षेत्रसमेत रहेको ठाउँमा मेसिन प्रयोग गरेर उत्खनन गरी कानुनको धज्जी उडाएका छन्। नगरपालिकाले प्रतिबन्ध लगाएको ठाउँमा पनि अवैध रूपमा उत्खनन गर्नेहरूलाई हदैसम्मको कारबाही हुनुपर्ने कानुनी सल्लाहकार बरालले माग गरेका छन्।

अहिले बरहथवा नगरपालिकाले नदीबाट ढुंगा, गिटी, बालुवा र ग्राभेल निकासीका लागि एउटा नाकामा मात्र ठेक्का लगाएको छ। बागमती नदीको वडा नम्बर ३ र ४ मा पर्ने बजार क्षेत्र नाकाको ठेक्का सर्लाही लालबन्दीको रोहन इन्जिनियरिङ एन्ड बिल्डर्सलाई ८५ लाखमा ठेक्का दिएको र सम्झौताको प्रक्रिया अगाडि बढेको कानुनी सल्लाहकार बरालले बताएका छन्।

इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डिएसपी गौतम थापाले आफू कमान्ड सम्हालेको डेढ महिनामा टिपर र एक्जाभेटर नियन्त्रणमा लिएर पाँच लाख रूपैयासम्म जरिवाना गराएको नागरिकलाई बताएका छन्।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
१ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस