चिकित्सा शिक्षा राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले चिकित्सा शिक्षा ऐन २०७५ विपरीत एमबिबिएस कक्षा सञ्चालनको तयारी गरेको छ। उपत्यकाबाहिरका पाँच प्रतिष्ठान र न्याम्सले हालै छुट्टै पाठ्यक्रम तयार गरी एमबिबिएस पठनपाठनको तयारी अघि बढाएका हुन्।
न्याम्स, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानले संयुक्त रूपमा छलफल गरी एमबिबिएस कक्षा सञ्चालन गर्ने तयारी गरेका हुन्।
प्रतिष्ठानका हकमा १०० जनाका दरले विद्यार्थी भर्ना हुनेछन्। यो दरले ६ वटा प्रतिष्ठान गरी ६०० जना एमबिबिएसका विद्यार्थी सहभागी हुनेछन्। राष्ट्रिय चिकित्सा ऐन २०७५ मा व्यवस्था भएअनुसार ऐन लागु भएको १० वर्षसम्म उपत्यकाभित्र मेडिकल, नर्सिङ र डेन्टल विषयमा स्नातक तहका कक्षा सञ्चालन गर्न नपाइने व्यवस्था छ।
ऐनको दफा १२ (१) मा जुनसुकै कुरा लेखिएको भए पनि यो ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाडौं उपत्यकाभित्र मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालनका लागि शिक्षण संस्था स्थापना र सञ्चालन गर्न आशयपत्र नदिइने भनिएको छ।
यो हिसाबले ऐन लागु भएको मितिअनुसार २०८५ सालसम्म यो दफा लागु हुने देखिन्छ। यो बुँदाले यी तीन विषयको स्नातक तहको कार्यक्रम सञ्चालन र शिक्षण संस्था खोल्न प्रतिबन्ध लगाएको देखिन्छ। ऐनले उपत्यकाबाहिरका कलेजको हकमा भने प्रतिबन्ध लगाएको देखिँदैन। ३०० शड्ढया भएका कलेजका हकमा उपत्यकाबाहिर एमबिबिएस कार्यक्रम सञ्चालन गर्ने अधिकार ऐनले दिएको देखिन्छ।
२०७५ सालमा चिकित्सा ऐन मस्यौदा निर्माणमा सहभागी भएका त्रिवि चिकित्सा शिक्षा विज्ञान प्रतिष्ठानका पूर्वडिन प्राध्यापक डा. जगदीश अग्रवालले न्याम्सले सञ्चालन गर्न लागेको स्नातक तहको मेडिकल कार्यक्रम ऐनविपरीत देखिएको बताए। ‘तत्कालीन मस्यौदा समितिको सदस्य पनि हुँ। न्याम्सको कार्यक्रम ऐनविपरीत नै देखिन्छ,’ उनले भने।
उपत्यकाभित्र सञ्चालन भएका मेडिकल शिक्षाको अनियन्त्रित विषयलाई नियन्त्रण गर्न तत्कालीन रूपमा स्वास्थ्य तथा चिकित्सा शिक्षा सुधारका लागि डा. गोविन्द केसीको आन्दोलनपछि ऐन बनेको थियो। आन्दोलनको उद्देश्य पनि उपत्यकाभित्रको मेडिकल शिक्षाको नियमन रहेको डा. अग्रवालले बताए।
अहिले न्याम्समा अन्य विषयको पठनपाठन हरेक वर्ष थपिँदै गएकाले यो वर्ष एमबिबिएस कक्षा सञ्चालन गर्ने तयारी गरेको डिन डा. अशेष ढुंगानाले बताए।
तर अनुमतिका प्रक्रिया अघि बढाउन बाँकी रहेको उनले बताए। पहिला सबै प्रतिष्ठान मिलेर पाठ्यक्रम तयार गर्ने र त्यसपछि मात्र अनुमतिका लागि चिकित्सा शिक्षा आयोगमा जाने प्रक्रिया अघि बढ्ने डा. ढुंगानाले बताए।
भौतिक पूर्वाधार र आर्थिक हिसाबले न्याम्स अहिल्यै एमबिबिएस कक्षा सञ्चालन गर्ने क्षमतामा नभएको प्रतिष्ठानकै एक पूर्वपदाधिकारीले नागरिकलाई बताए। ‘यसअघि नै सञ्चालन भएका पिजी र एमडी कक्षाको आर्थिक भार थाम्न नसकेको अवस्थामा एमबिबिएस कक्षा सञ्चालन गर्ने क्षमता न्याम्ससँग देखिँदैन,’ उनले भने। तर अन्य स्रोत तथा पूर्वाधार जुटाएर कक्षा सञ्चालन गर्ने मनशाय हुन सक्ने उनको भनाइ छ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अन्जनीकुमार झाले अहिलेसम्म अनुमतिका लागि कुनै पनि प्रतिष्ठान प्रक्रियाका लागि आइनपुगेको बताए। आएपछि अनुमति दिने या नदिने भन्ने कुरा थाहा हुने उनले बताए। ‘फाइल आयो भने कानुनी सल्लाहकारको रायमा मात्र निर्णय लिन्छौं,’ उनले बिहीबार नागरिकसँग भने।
अनुमितबिना पाठ्यक्रम बनाउन र शैक्षिक संस्था खोल्न नपाइने ऐनमै प्रस्ट व्यवस्था भएको अवस्थामा चिकित्सा शिक्षा आयोगले समेत न्याम्सलाई कक्षा सञ्चालनको अनुमति दिने कानुनी आधार नरहेको जनस्वास्थ्यविद् डा. झलक गौतमले बताए। थप कक्षा सञ्चालन गरेर न्याम्सलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्य लिइएको हुन सक्ने उनले बताए।