बजेटले होटलहरुमा लगाएको लक्जरी कर खारेज गर्नुपर्छः अध्यक्ष साह
११ जेष्ठ २०८१
•
२ मिनेट पाठ
बजेटले होटलहरुमा लगाएको लक्जरी कर खारेज गर्नुपर्छः अध्यक्ष साह
होटल संघ नेपालका अध्यक्ष विनायक साहले बजेटमार्फत होटलहरुमा लगाएको लक्जरी कर खारेज गर्नुपर्ने बताएका छन्। संघका अध्यक्ष साहले चालु आर्थिक वर्षको बजेटमा होटलहरुमा लक्जरी कर लागू गरेको र त्यसले अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश नगएको भन्दै आगामी आर्थिक वर्षको बजेटमा सरकारले खारेज गर्नुपर्ने बताएका हुन्। 




अध्यक्ष साहले सरकारले पर्यटन प्रवर्द्धनको लागि करको दायरा बढाउने तर नयाँ कर थप गर्न नहुने बताएका हुन्। उनले लक्जरी कर लागू भएको कारण अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्पर्धा गर्नसक्ने अवस्था नभएको बताए। अध्यक्ष साहले पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय स्तरका विमानस्थलहरु बनेपनि सञ्चालनमा आउन नसकेको र सरकारबाट पर्यटन व्यवसायीहरुले बजेटमा पर्यटन प्रवर्द्धनकारी नीतिको अपेक्षा गरेको उनको भनाइ छ।

उनले भने,‘अहिलेको अवस्था चुनौतीपूर्ण छ। ३५ लाख पर्यटकलाई सेवा दिनसक्ने अवस्थामा पुगेका छौं। तर मुलुकमा १० लाखको हाराहारीमा मात्रै पर्यटक आइरहेका छन्। क्षमताको एक तिहाई मात्रै सञ्चालनमा होटलहरु रहेकाले क्षमता कसरी बढाउने काम गर्नुपर्छ। पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय स्तरका विमानस्थलहरु बनेका छन्। सञ्चालनमा आउन सकेका छैनन्। पर्यटन व्यवसायीहरुले बजेटमा धेरै अपेक्षा गरेका छौं। सरकारले पर्यटन प्रवद्र्धनको लागि बनेका पर्यटन पूर्वाधारहरुलाई तत्काल सञ्चालनमा ल्याउन सक्नेगरी नीति ल्याउनुपर्छ। पर्यटन क्षेत्रमा लगाएको लगानीबाट प्रतिफल आउन सकेको छैन बैंकको किस्ता ब्याज बुझाउन सकेका छैनौ। त्यसको लागि सरकारले सहजिकरण गर्नुपर्छ।’

उनले सरकारले पर्यटन प्रवद्र्धनको लागि बनेका पर्यटन पूर्वाधारहरुलाई तत्काल सञ्चालनमा ल्याउन सक्नेगरी नीति ल्याउनुपर्नेमा जोड दिए। यस्तै, पर्यटन क्षेत्रमा लगाएको लगानीबाट प्रतिफल आउन नसकेको सुनाए। बैंकको किस्ता ब्याज बुझाउन नसकेको भन्दै त्यसलाई  सरकारले सहजिकरण गर्नुपर्ने उनले सुझाव दिए।  

‘चालु आर्थिक वर्षमा होटलहरुमा लक्जरी कर लागएको छ। त्यसले विश्वभर राम्रो सन्देश गएको छैन । त्यसले अन्तर्राष्ट्रिय मुलुकसँग प्रतिष्पर्धी हुन सकेको छैन। पर्यटन क्षेत्रमा करको दायरा बढाए पनि नयाँ करहरु थप हुनु भएन। बजेटले पर्यटक दशक भनेर घोषणा गरेको छ। दशकका कुरा कृषि,रोजगारी र आइटीमा समेत छ। पर्यटक दशक घोषणा भएपनि केही काम हुन सकेको छैन। विगतको भन्दा यो वर्ष फरक बजेट आउँछ भन्ने अपेक्षा हो’,उनले भने।
अर्को समाचार
युवा जनशक्तिलाई मुलुकमा टिकाउने गरी काम गर्नुपर्छ : मन्त्री भट्टराई
१३ भदौ २०८१
•
३ मिनेट पाठ
युवा जनशक्तिलाई मुलुकमा टिकाउने गरी काम गर्नुपर्छ : मन्त्री भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले युवा जनशक्तिलाई मुलुकमा टिकाउने गरी काम गर्नुपर्ने बताएकी छिन् ।




नाडा अटोमोवाइल्स एशोसियशन अफ नेपाल, होटल एशोसियशन नेपाल र नेपाल उद्योग परिसङ्घले संयुक्तरूपमा बिहिबार ललितपुरमा आयोजना गरेको शिक्षा र रोजगारी सम्बन्धमा राष्ट्रिय गोष्ठीमा मन्त्री भट्टराईले नेपालले अन्तर्राष्ट्रिय श्रम बजारमा पठाउने जनशक्तिको मात्रै विकास गरेकाले शिक्षासँग उद्यमशील र श्रमको समन्वय नहुँदा युवा पलायन हुने समस्या भएको बताइन ।

‘शिक्षा र उद्योग सँगसँगै गएनन भने अब देशको विकास हुनसक्दैन । यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य गरी नीति निर्माण गर्न छलफल गरिरहेका छौंँ । अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने क्षमता भएका यहाँ योगदान गर्ने जनशक्ति तयार गर्न सकेनौँ, यसमा सरकारको ध्यान गएको छ’, उनले भनिन।

मन्त्री भट्टराईले शिक्षा मन्त्रालयले बनाउने पाठ्यक्रममा ज्ञान, सीप र कलालाई श्रम तथा समाजसँग जोड्ने गरी निर्माण गरिनुपर्ने उल्लेख गर्दै सरकार त्यसतर्फ ध्यान दिएर अगाडि बढेको धारणा राखिन । उनले शिक्षा, उद्योग र श्रम मन्त्रालयबीच सहकार्य र समन्वय गरी काम गर्ने बताइन। उनले व्यावसायिक शिक्षा प्रदान गर्ने अभिप्रायले २०४५ सालमा स्थापित सिटिइभिटीको पुनःसस्थापना गरिनुपर्नेमा जोड दिइन ।

‘त्यतिबेलाको आवश्यकता अहिलेको अवस्थासँग समय सान्दर्भिक रहेको देखिँदैन, समय धेरै परिवर्तन भएको छ, नयाँ प्रविधिको विकास भएको छ, अब सिटिइभिटीको पुनःसस्थापना गरिनुपर्छ, यसका लागि संसद्मा विद्येयक प्रस्तुत गर्ने तयारी भएको छ’, मन्त्री भट्टराईले भनिन । उद्यमशीलतासँग विद्यालय तहदेखिको शिक्षालाई जोडन बजेट र नीति तथा कार्यक्रममा पनि समावेश गरिएको उनले जानकारी गराइन ।

सिटिइभिटीका सदस्य सचिव महेश भट्टराईले विश्वलाई उपयोगी हुने व्यावसायिक शिक्षा सिटिइभिटीले काठमाडौँको बालाजु र दोलखाको जिरीमा सञ्चालन गरिरहेको बताए । उनले उद्योगको आवश्यकता अनुसारको जनशक्ति तयार गर्न पाठ्यक्रम विकास गरेर लागू गर्न सकिने बताए ।

नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालका अध्यक्ष करण चौधरीले कुनै पनि व्यवसाय र संस्था सञ्चालन गर्न जनशक्ति बलियो हुनुपर्ने भन्दै अटोमोबाइल क्षेत्रका धेरै जनशक्ति पलायनको समस्याले धेरै यस क्षेत्रमा चुनौती थपिएको बताए । ‘अटोमोबाइल क्षेत्र परिवर्तनशील छ, विद्युतीय सवारी साधनको बजारीकरण तीव्र रुपमा अगाडि बढ्दै गएको छ, साना–साना काम गर्नेदेखि कम्पनीको मालिकसम्मलाई रोजगारी दिनसक्ने यस क्षेत्रलाई देशभित्रै दक्षजनशक्ति आवश्यक छ, अटोमोबाइल क्षेत्रका लागि दक्षजनशक्ति सिर्जना गर्नु अत्यन्तै जरुरी छ’ उनले भने ।

होटल एशोसिएशन अफ नेपाल ९हान० का अध्यक्ष विनायक शाहले समर्पण र क्षमता प्रदर्शन गर्न सक्ने दक्ष जनशक्तिको आवश्यकता होटल क्षेत्रमा रहेको  बताए। उनले उद्योग व्यवसायको आवश्यकता अनुसारको दक्ष जनशक्ति तयार गर्न नवीन सोच र नवप्रवर्तनका काममा सहकार्य गर्न सिटिइभिटीलाई आग्रह गरे ।

नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्योग व्यवसायमा आवश्यक सीपयुक्त दक्ष जनशक्तिको परिपूर्ति गर्न तालिम तथा रोजगारमूलक प्रशिक्षण दिएर सीप परीक्षण गरिनुपर्नेमा जोड दिए । 
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस