सहकारीको रकम हिनामिनामा राप्रपा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस
१२ जेष्ठ २०८१
•
२ मिनेट पाठ
सहकारीको रकम हिनामिनामा राप्रपा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस
बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका–३ मा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा सांसदसहित ३५ जनालाई मुद्दा चलाउनुपर्ने भन्दै प्रहरीले प्रतिवेदन पेस गरेको छ।




बचतकर्ताको  १६ करोड ५८ लाखभन्दा बढी रकम हिनामिना गरेको ठहर गर्दै प्रहरीले ३५ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरेको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट बर्दियाबाट प्रतिनिधिसभा सदस्य गीता बस्नेत, उनका ज्वाइँ नगेन्द्रबाबु रिमाल, सहकारीका व्यवस्थापक बर्दियाका योगेन्द्र पाण्डे, सहकारीका अध्यक्ष कावासोतीका गोपीकृष्ण शर्मा, बिनाधितो ऋण लिने बर्दिया घर भएका शिवलाल लामिछानेसहित ३५ जनालाई प्रतिवादी बनाउन सरकारी वकिललाई सुझाव दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए।

‘प्रतिवादी बनाइएकामध्ये १० जना अहिले प्रहरीको हिरासतमा नै रहेका छन्, सांसद बस्नेतसहित फरार रहेका २५ जनाको खोजी जारी छ,’उनले भने, ‘सहकारीमा हिनामिना भएको १६ करोड ५८ लाख ९२ हजार दुई सय ६१ बराबरको बिगो, जरिवाना, हर्जना र जेल सजाय माग दाबी गर्न सरकारी वकिलको कार्यालयलाई राय दिएका छौं।’

रकम हिनामिनामा मुख्य योजनाकार हालका व्यवस्थापक योगेन्द्र पाण्डे देखिएको प्रहरी र सहकारी रजिष्ट्रार कार्यालयको अनुसन्धानबाट खुलेको छ। सात वर्षसम्म सहकारी अध्यक्ष र व्यवस्थापक रहेका पाण्डेले आफू निकटका व्यक्तिलाई बिनाधितो ऋण प्रवाह गरेको अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक रेग्मीले बताए।

‘सेयर सदस्य नरहेका व्यक्तिलाई नगद दिएर रकम हिनामिना गरेको पुष्टि भएको छ। यहाँ कार्यालय रहेको यो सहकारीबाट बर्दियाको गुलरियामा रहेको कृष्णसार रिसोर्टमा सोझै करिब एक करोड रकम लगिएको छ,’ उनले भने। बस्नेत अध्यक्ष रहेको रिसोर्टमा लगानी भएको विषयमा अनुसन्धान गर्न प्रहरीले तीन हप्ताअघि पक्राउ पूर्जी जारी गरे पनि उनी अझै फरार छन्।

प्रहरीका अनुसार संस्थाबाट कर्जा प्रवाह गर्दा ऋण समितिको सिफारिस अनिवार्य हुनुपर्ने व्यवस्था विपरीत व्यवस्थापक पाण्डे आफैँले ऋण उपसमितिको ‘माइन्यूट’ उठाएर बिनाधितो आफू निकटलाई कर्जा प्रवाह गरेको अनुसन्धानबाट खुलेको छ।

कर्जा समितिका संयोजक श्याम भुसालले आफूसम्बद्ध समितिका तीन जनालाई थाहै नदिइ पाण्डेले १४० जनालाई ऋण दिएको बताए। ‘ऋण दिने नक्कली ‘माइन्यूट’ खडा गरेर एक सय ४० जनालाई पटकपटक गरेर पाण्डेले एक करोड ८५ लाख कर्जा दिएका छन्,’ उनले भने।

विसं २०६६ मा स्थापना भएको यो सहकारीमा दुई हजार तीन सय ९३ जना बचतकर्ता र सेयर सदस्य रहेका छन्।
अर्को समाचार
नगरको आदेशमा ‘टेर्राले लाएनन् टेरपुच्छर’ !
२० साउन २०८१
•
६ मिनेट पाठ
नगरको आदेशमा ‘टेर्राले लाएनन् टेरपुच्छर’ !
उत्प्रेषणयुक्त परमादेश नटेर्ने जनप्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेलाराम टेर्रासहित १० जनाविरुद्ध अवहेलना मुद्दामा उच्च अदालत दिपायलले कारण देखाऊ आदेश जारी गरेको छ। गौरीगंगा नगरपालिका–८, लिक्मास्थित जनप्रिय माध्यमिक विद्यालयको प्रधानाध्यापकको विषयलाई लिएर उच्च अदालत दिपायलले गरेको उत्प्रेषणयुक्त परमादेशलाई अटेरी गरेर अध्यक्ष टेर्राले प्रधानाध्यापकको जिम्मेवारी दिपेन्द्रकुमार खड्कालाई दिएका थिए।




खड्कालाई उच्च अदालतले गैरकानुनी भनेर यसअघि नै उनको प्रधानाध्यापकको नियुक्ति बदर गरिसकेको थियो । उनको नियुक्ति बदरपछि पनि वरिष्ठतम स्थायी शिक्षक धनीदत्त भट्टलाई प्रधानाध्यापकको जिम्मेवारी नदिएको भन्दै पुनः उच्च अदालत दिपायलमा अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो। विद्यालय व्यवस्थापन समिति अध्यक्ष मेलाराम टेर्रा, सदस्यहरू ठेकराज चौधरी, माया बुढा, हरिप्रसाद जोशी, कलुदेवी सुनार, वडाध्यक्ष तथा पदेन सदस्य करुणा चौधरी, कनिष्ठ शिक्षक दीपेन्द्रकुमार खड्का, जनप्रिय माध्यमिक विद्यालय, गौरीगंगा नगरपालिकाको कार्यालय र नगरप्रमुख देवीदत्त कँडेलको नाममा अदालतको अवहेलना मुद्दामा कारण देखाऊ आदेश जारी भएको छ । उच्च दिपायलले साउन १७ गते अवहेलना मुद्दाउपर सुनुवाइ गर्दै प्रतिवादीलाई सात दिनभित्र के कारणले कारबाही नगर्ने भन्दै कारण देखाऊ आदेश जारी गरेको हो।

निवेदनको मागबमोजिम अदालतको अवहेलनामा कारबाही किन हुनुपर्ने होइन ? कारबाही हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सोको आधार, कारण र प्रमाणसहित सूचना पाएका मितिले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं उच्च अदालत दिपायलमा उपस्थित भई लिखित जवाफ पेस गर्न अध्यक्ष टेर्र्रासहितका प्रतिवादीलाई उच्च अदालत दिपायलको अवहेलना मुद्दाको जारी आदेशमा उल्लेख छ ।

नगरको आदेशमा ‘टेर्राले लाएनन् टेरपुच्छर’ !

उच्च अदालत दिपायलको उत्प्रेषणयुक्त परमादेशलाई यथाशीघ्र कार्र्यान्वयन गर्न गौरीगंगा नगरपालिकाले गत असार १३ गते विद्यालय व्यवस्थापन समितिलाई निर्देशन दियो । नगरपालिकाको निर्देशनलाई पनि विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेर्राले टेरेनन् । अध्यक्ष टेर्राले असार १३ गतेको निर्देशन नटेरेपछि पुनः नगरपालिकाले असार ३० गते उच्च अदालतको परमादेशलाई कार्यान्वयन गर्न ३ दिनको म्यादसहित विद्यालय व्यवस्थापन समितिलाई निर्देशन दियो । नगरपालिकाको दोस्रो निर्देशन पनि टेर्र्राले लत्याएपछि पुनः साउन १३ गतेका दिन गौरीगंगा नगर कार्यापालिकाको बैठकले २ दिनभित्र लिखित जवाफ माग ग¥यो । त्यसपछि पनि चित्तबुझ्दो जवाफ नपाएको नगरपालिकाले अध्यक्ष टेर्रासहित विद्यालयलाई साउन १८ गतेका दिन पुनः दुई दिनको म्यादसहित चौथो पत्र पठायो ।

चौथो पत्रमा उच्च अदालत दिपायलको उत्प्रेषणयुक्त परमादेशलाई कार्यान्वयन गर्न कडा निर्देशन दियो । यसअघि शिक्षा विकास तथा समन्वय एकाइ कैलालीले असार १७ गते गौरीगंगा नगरपालिकालाई अदालतको फैसला कार्यान्वयन गर्न र गराउन पत्राचार गरेको थियो भने जनप्रिय माध्यमिक विद्यालयलाई फैसला कार्यान्वयन गर्न बोधार्थ पठाएको थियो । उच्च अदालत दिपायलको परमादेश, शिक्षा विकास तथा समन्वय एकाइ कैलाली र गौरीगंगा नगरपालिकाको निर्देशनलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेर्राले टेरपुच्छरै लाएनन् ।

गौरीगंगा नगरपालिकाको शिक्षा ऐन २०७६ को दफा १४ को उपदफा १ को (ग) मा प्रचलित कानुन तथा नेपाल सरकार, प्रदेश सरकार तथा नगरपालिकाको नीति एवम् हितविपरीत काम गरेमा र (च) मा सम्बन्धित निकाय वा अधिकारीले दिएको निर्देशनको पालना नगरेमा विद्यालय व्यवस्थापन समिति विघटन गर्न सकिने उल्लेख छ । उपदफा (२) को (१) बमोजिम विद्यालय व्यवस्थापन समिति विघटन भएपछि अर्को विद्यालय व्यवस्थापन समिति गठन नभएसम्म नगर शिक्षा समितिको निर्णय बमोजिम हुने नगरपालिकाको शिक्षा ऐन २०७६ मा लेखिएको छ । यही ऐनको दफा १४ को उपदफा १ को (ग) र (च) आकर्षित हुनेगरी उच्च अदालत दिपायलको उत्प्रेषणयुक्त परमादेशलाई तुरुन्तै कार्यान्वयन गराउन भन्दै गौरीगंगा नगरपालिकाको पटक–पटकको आदेशात्मक तथा ‘म्यादी’ पत्रलाई विद्यालय व्यवस्थापन समितिले अटेर गर्दै आएको छ ।

तामिलदार पुग्दा टेर्रासहित सबैको भागाभाग

उच्च अदालत दिपायलले गरेको उत्प्रेषणयुक्त परमादेश नटेरेको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेर्रासहित १० जनाविरुद्ध अवहेलना मुद्दामा उच्च अदालत दिपायलले कारण देखाऊ आदेश जारी गरेको म्याद पत्र बोकेर शुक्रबार तामिलदार डिट्ठा गौरीगंगा नगरपालिकाको कार्यालय चौमाला पुगे । तामिलदार डिट्ठाले गौरीगंगा नगरपालिका र नगरप्रमुख देवीदत्त कँडेलविरुद्ध अदालतको अवहेलना मुद्दामा जारी भएको कारण देखाऊ आदेशको म्याद पत्र बुझाउन जाँदा मेयर कँडेलले बुझ्न मानेनन् । मेयर कँडेलले आफूले पत्र नबुझेर नगरपालिकाका उप–सचिव तथा शिक्षा शाखाप्रमुख हरिश पन्तलाई बुझ्न अह्राए । त्यसपछि तामिलदार म्याद पत्र बोकेर विद्यालय भएको मसुरिया क्षेत्र पुगे । मसुरिया क्षेत्रमा रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेर्रासहित सदस्यको घरमा म्याद पत्र बोकेर तामिलदार पुग्दा सबैको भागाभाग भयो । घरमै रहेका अधिकांश सदस्य तामिलदार आउन थालेको थाहा पाउनेबित्तिकै कोही जंगल पसे त कोही शौचालयभित्रै लुकेको स्रोत बताउँछ ।

के हो लफडा ?

जनप्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिले २०८० पुस १७ गते विद्यालय व्यवस्थापन समितिले माध्यमिक तहका स्थायी वरिष्ठतम शिक्षक हुँदाहुँदै करारका नगर शिक्षक छत्रबहादुर बोहरालाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दियो । करारका शिक्षकलाई निमित्त प्रधानाध्यापकको नियुक्तिविरुद्ध उच्च अदालत दिपायलमा रिट निवेदन प¥यो । उनको नियुक्ति गैरकानुनी भएको भन्दै उच्च अदालत दिपायलले २०८० फागुन २७ गतेका दिन करारका शिक्षक बोहरालाई जिम्मेवारीबाट हटाउन अन्तरिम आदेश दियो ।

अदालतको आदेशपश्चात् विद्यालय व्यवस्थापन समितिले माध्यमिक तहका वरिष्ठतम शिक्षक धनीदत्त भट्ट हुँदाहुँदै उनलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी नदिई पुनः उनीभन्दा कनिष्ठ शिक्षक दिपेन्द्रकुमार खड्कालाई जिम्मेवारी सुम्पियो । माध्यमिक तहका कनिष्ठ शिक्षकलाई हटाएर सोही तहका वरिष्ठतम स्थायी शिक्षक धनीदत्त भट्टलाई प्रधानाध्यापक नियुक्त गर्न उच्च अदालत दिपायलले परमादेश जारी ग¥यो । अदालतको परमादेशलाई कार्यान्वयन गर्नुको साटो समितिका अध्यक्ष टेर्रालगायत सदस्यले पुनः साउन १५ गते आफूखुसी उनै कनिष्ठ शिक्षक खड्कालाई कामचलाउ प्रधानाध्यापकको जिम्मेवारी दिए । जुन ‘कामचलाउ निमित्त प्रधानाध्यापक’ शिक्षा ऐनमै व्यवस्था छैन ।

उच्च अदालत दिपायलको उत्प्रेषणयुक्त परमादेशलाई विद्यालय व्यवस्थापन समितिले नटेरेपछि पुनः अदालतको अवहेलना मुद्दा दर्ता भयो । जुन मुद्दाको साउन १७ गते सुनुवाइ हुँदै अदालतको अवहेलनामा कारबाही किन हुनुपर्ने होइन ? कारबाही हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सो को आधार, कारण र प्रमाणसहित सूचना पाएका मितिले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं उच्च अदालत दिपायलमा उपस्थित भई लिखित जवाफ पेस गर्न अध्यक्ष टेर्र्रासहितका प्रतिवादीलाई उच्च अदालत दिपायलयले पत्राचार ग¥यो ।

अदालतको अवहेलनामा के हुन्छ सजाय ?

न्याय प्रशासन ऐन २०७३ को दफा १७ मा अदालतको अवहेलनामा कारबाही चलाउने व्यवस्था छ । जसको उपदफा (२) अनुसार उच्च अदालते आ–आफ्नो र मातहतका जिल्ला अदालत वा न्यायिक निकायको आदेश या न्याय सम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा फैसलाको अवज्ञा गरेमा अदालतको अवहेलनामा कारबाही चलाउन सक्ने उल्लेख छ भने उपदफा (४) बमोजिम र उपदफा (२) बमोजिम कारबाही चलाउँदा अदालतको अवहेलना गरेको ठहरेमा सम्बन्धित अदालतले कसुरदारलाई एक वर्षसम्म कैद वा १० हजार जरिवाना वा दुवै सजाय तोक्नसक्ने

प्रावधान रहेको छ ।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस