लागुऔषध तस्करी नरोकिँदा बढे दुर्व्यसनी
१३ जेष्ठ २०८१
•
६ मिनेट पाठ
लागुऔषध तस्करी नरोकिँदा बढे दुर्व्यसनी
गत वैशाख २७ गते अछामको तुर्माखान गाउँपालिका- ८ का कमल विकलाई प्रहरीले बुटवलबाट लागु औषधसहित नियन्त्रणमा लियो। बुटवलको कालिकानगरमा वैदवार फार्मेसी सञ्चालन गर्दै आएका विकले औषधि पसलबाटै औषधिजन्य लागुऔषध कारोबार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।  




डाक्टरको सिफारिसबिना बेच्न नपाइने विभिन्न औषधिको मात्रा मिलाएर लागु औषध बनाई युवाहरूलाई बिक्री गरेको पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।  

उनको पसलबाट लागुऔषध खरिद गरी बेचबिखन गर्ने अन्य तीन जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा स्याङ्जा वालिङ नगरपालिका- १३ का ओमप्रकाश गैरे, देवदह- ७ का किरण दर्जी र बुटवल- २ का मनीष विक छन्।

प्रहरीले विकको पसलबाट ठुलो मात्रामा औषधीजन्य लागु औषध बरामद गरेको छ। विकले नेपालमा बेच्न प्रतिबन्ध लगाइएका तथा चिकित्सकको प्रेस्क्रिप्सनबिना किनबेच गर्न नपाइने औषधि भारतीय बजार सुनौलीबाट अवैध रूपमा ल्याउने र ती औषधि मिसाएर लागु औषधका रूपमा बेच्ने गरेको पाइएको छ।  

सिद्धार्थनगर नगरपालिका- १ बेलहियाका विजय गुप्ता र उनकी श्रीमती मञ्जु गुप्ता वैशाख ३१ गते ठुलो परिमाणको लागु औषधसहित आफ्नै घरबाट पक्राउ परे। भैरहवास्थित बेलहिया नाकानजिकै रहेको गुप्ता दम्पतीको घरबाट प्रहरीले १ केजी ७५० ग्राम चरेस, आइपिपिएल ३२५ एम्पुल, डाइजेपाम १४१ एम्पुल, स्पास्मो ४८७ क्याप्सुल, नाइट्रोभेट ३४ ट्याब्लेट, कोरेक्स, फेनारगन २३० एम्पुल बरामद गरेको छ।

ती दम्पतीले भारतीय बजारबाट लागु औषध तस्करी गरी घरबाटै बेचबिखन गरेको सूचनाका आधारमा प्रहरीले सोमबार छापा मारेको थियो। ती दम्पतीले आफ्नै घरलाई लागु औषधको गोदाम बनाएर बेचबिखन गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी मनोहरप्रसाद भट्टले बताए।  

गत महिना मायादेवी गाउँपालिकाको रमवापुरबाट ३२ वर्षका अखिलेश यादव र अर्का एकजना १५ वर्षे किशोरलाई प्रहरीले ब्राउन सुगरसहित पक्राउ गर्‍यो। गत चैतमा रूपन्देहीको रोहिणीस्थित रामनगर भन्ने स्थानबाट रोहिणीकै तीनजना युवा ब्राउन सुगरसहित समातिए।

१९ वर्षे अनरजित यादव, आशिष धोबी र २९ वर्षका सहदेव हरिजनको साथबाट ७५ ग्राम ४१० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो। भारतीय बजारबाट लागु औषध ल्याएर बेच्ने र गाउँका युवालाई दुर्व्यसनीमा लगाउने गिरोहले हैरान पारेको भन्दै स्थानीयले प्रहरीलाई सूचना दिएका थिए।

त्यसको एक साता पनि नबित्दै रोहिणीबाटै प्रहरीले स्थानीय दुईजना युवालाई फेरि ब्राउन सुगरसहित समात्यो। गत साउनमा रूपन्देहीको सालझन्डीबाट प्रतीक थापा, सुनिल थारू, जितबहादुर दर्लामी र दिनेशकुमार पुनः ब्राउन सुगरसहित पक्राउ परेका थिए। उनीहरूका साथबाट स्थानीय युवायुवतीलाई बेच्न ठिक्क पारिएको ब्राउन सुगरको ३२ वटा पुरिया प्रहरीले बरामद गरेको थियो।

लागु औषध तस्करी, किनबेच तथा दुर्व्यसनीका यी केही प्रतिनिधिमूलक घटना मात्र हुन्। रूपन्देहीमा पछिल्लो १० महिनामा ७३ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले चालु आवको साउनदेखि वैशाखसम्ममा ११२ जना लागु औषध मुद्दामा पक्राउ परेको बताए। पक्राउ पर्नेमा १४-१५ वर्षका किशोरदेखि ५० वर्षका अधबैंसे पनि छन्। गत आव २०७९-८० मा ७८ वटा मुद्दामा १३६ जना पक्राउ परेका थिए।

अघिल्लो वर्षको तुलनामा यो वर्ष लागु औषधसम्बन्धी मुद्दाको संख्या केही घटेको देखिन्छ। तर लागु औषध ओसारपसार नियन्त्रण तथा दुर्व्यसनी रोकथाममा उल्लेख्य कमी आउन सकेको छैन।

प्रहरीले मुख्य र सहायक नाकाको चेकजाँचमा कडाइ गर्दा तस्करले रातसाँझको समयमा खेतखलियानबाट लागु औषध बोर्डर कटाउने गरेको स्रोतको दाबी छ। तर डिएसपी भट्ट भने अन्यत्रभन्दा रूपन्देहीमा लागुऔषधसम्बन्धी घटना निकै कम भएको दाबी गर्छन्।  

लागु औषध प्रयोगकर्ताका अनुसार सीमावर्ती भारतीय बजार सुनौलीलाई लागु औषधका तस्कर र दुव्र्यसनीले सुनौलो बजारका रूपमा लिन्छन्। किनभने सुनौलीका औषधि पसल तथा भित्री गल्लीका किराना पसलमा समेत लागुऔषध सजिलै किन्न पाइन्छ।

जहाँ ब्राउन सुगर, स्पास्मो, नाइट्रोसन, टिडिजेसिक फेनारगन, फेन्साडिल, डाइजेपाम, नुफिन, लुपिजेसिकजस्ता औषधिजन्य लागुऔषध सस्तो मूल्यमा बिक्री हुन्छ। सुनौली आसपासका गाउँ फरेना, कैलाशनगर र कालिमन्दिर विगतदेखि नै ब्राउन सुगर बिक्रीको अखडाकै रूपमा चिनिन्छ।  

भारतीय बजारमा सस्तोमा सजिलै किन्न पाइने तीनै नसाजन्य औषधि र ब्राउन सुगर तस्करले प्रहरीको आँखा छलेर सहायक नाका तथा खुला स्थानबाट नेपाल भित्र्याउँछन्। नेपालबाट पनि ठुलो परिमाणमा गाँजा र चरेस भारतीय बजारमा पुग्छ।

केही वर्षअघिसम्म लागु औषधका तस्करले सीमाक्षेत्रका बेरोजगार युवा, दुर्व्यसनी तथा मेला मजदुरी गर्नेहरूलाई प्रलोभनमा पारेर लागुऔषध तस्करीमा लगाउँथे। तर भरिया बनाइएकाहरूलाई नेपाल प्रहरीले धमाधम पक्राउ गर्न थालेपछि भारतीय बिक्रेताले आफ्ना एजेन्टमार्फत लागु औषध बोर्डर कटाइदिन थालेको नाका क्षेत्रका स्थानीय बताउँछन्। कतिपय एजेन्टले त विगतदेखि नै नेपाल–भारत दुवैतिर लाइन मिलाएरै तस्करी गर्ने गरेको उनीहरूको दाबी छ।

लागु औषधको धन्दा चलाएकाहरूको पहिलो टार्गेट स्कुल कलेज पढ्ने युवायुवती हुन्। लागुऔषध ओसारपसारका घटनामा कानुन कठोर भए पनि नियन्त्रणका उपाय भने प्रभावकारी देखिएका छैनन्। प्रहरीले ओसारपसारमा संलग्न साना भरिया समाते पनि मुख्य नाइके तथा कारोबारी पक्राउ परेका घटना बिरलै भेटिन्छन्।

पक्राउ पर्नेहरू पनि सुरक्षाका थुप्रै युनिटलाई छलेर बुटवल, पाल्पा, नवलपरासी पुगेपछि बल्ल समातिएका घटना पनि छन्। सुनौली र आसपासका क्षेत्रबाटै खुलमखुला लागुऔषध किनबेच तथा ओसारपसार भइरहँदा भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा चासो दिएको देखिँदैन।

सीमापारिबाट हुने सहज आपूर्ति र जनचेतनाको अभावका कारण नेपालमा दुव्यर्सनीको संख्या घट्न नसकेको सरोकारवाला बताउँछन्। दुर्व्यसनीविरुद्ध सुमदाय स्तरमा चेतनामूलक कार्यक्रम पुर्‍याउनुपर्ने र लागुऔषधको सहज उपलब्धतालाई रोक्नुपर्ने बताउँछन् रोटरी क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष राजकुमार गुप्ता। लागु औषध ओसारपसार नियन्त्रणका लागि सीमाक्षेत्रमा दुई देशको सुरक्षा संयन्त्रबीच बलियो सहकार्य हुनुपर्नेमा पनि उनले जोड दिए।

दुव्यर्सनी एउटा व्यक्ति वा परिवारका लागि मात्रै नभई समाज र राष्ट्रकै लागि घातक रोग भएकाले यसको रोकथाम तथा नियन्त्रणमा सरकार, राजनीतिक दल र निजी क्षेत्र सबैको सहकार्य हुनुपर्ने उनले बताए।

‘वडा तहदेखि नै दुव्यर्सनीले निम्त्याउने विनाशबारे समाजका हरेक वर्गलाई सुसूचित गर्न आवश्यक छ। स्कुल, कलेजमा विद्यार्थी र अभिभावकका लागि अवेरनेसका कार्यक्रम गरिनुपर्छ,’ युवा व्यवसायीसमेत रहेका गुप्ताले भने। 

प्रहरीको एक्लो प्रयासले मात्रै लागु औषध नियन्त्रण सम्भव नहुने भन्दै उनले स्थानीय सरकार, प्रहरी, नागरिक समाज, प्याब्सनलगायत सामाजिक संघसंस्थाको सहकार्यमा दुव्यर्सनी रोकथाम गर्न सम्भव हुने बताए।

लागुऔषध ओसारपसार तथा तस्करी रोक्न रूपन्देही प्रहरीले स्कुल-कलेजका विद्यार्थी, अभिभावक तथा सरोकारवालासँग अन्तरक्रिया छलफल कार्यक्रम गरी सन्देश प्रवाह गरिरहेको डिएसपी भट्टले बताए।

लागुऔषध ओसारपसार नियन्त्रण तथा दुव्यर्सनी रोकथामका लागि समुदायसँग सहकार्य गरिएको उनले बताए। भट्टले आम नागरिक तथा अभिभावक पनि यसबारे चनाखो हुनुपर्नेमा जोड दिए।
अर्को समाचार
टिकटक लाइभमा बस्ने डिलकुमारीको व्यापारिक सफलता
२२ चैत्र २०८१
•
२ मिनेट पाठ
टिकटक लाइभमा बस्ने डिलकुमारीको व्यापारिक सफलता
तस्बिरः कोशेली घरकी सञ्चालक डिलकुमारी गुरुङ
बेनीको कालीपुल बसपार्कमा रहेको म्याग्दी कोशेली घरकी सञ्चालक डिलकुमारी गुरुङ हरेक दिन करिब एक घण्टा सामाजिक सञ्जाल ‘टिकटकमा लाइभ’ बस्छिन्। उनले यो मनोरञ्जन वा सूचना आदानप्रदानका लागि होइन, बरु स्थानीय उत्पादनको बजारीकरणका लागि टिकटक प्रयोग गर्छिन्।




‘सामाजिक सञ्जाल मनोरञ्जन र समय बिताउन मात्र होइन, व्यापार व्यवसायमा पनि प्रयोग गर्न सकिन्छ,’ उनले भनिन्, ‘टिकटकको सहायताले मासिक तीनदेखि चार लाख रुपैयाँ बराबरको सामान बिक्री गर्छु।’

टिकटक प्रयोग गर्न थालेपछि उद्यमीले उत्पादन गर्ने सामान खरिद गर्नदेखि उपभोक्ता र जिल्लाबाहिरका व्यापारीलाई बिक्री गर्न सजिलो भएको उनको अनुभव छ। ‘पहिले पसलमा चाहिने सामान जुटाउन र मासिक एक लाखको सामान बेच्न पनि गाह्रो थियो,’ उनले भनिन्, ‘टिकटकमार्फत अर्डर लिएर मासिक चार लाखसम्म सामान बेच्छु। टिकटककै सहयोगले गाउँगाउँमा दिदीबहिनीले बनाएका सामान खरिद गर्छु।’

उनी टिकटकमा सामानको भिडियोसहित आफ्नो सम्पर्क नम्बर राख्छिन्। त्यही ‘भिडियो’ हेरेर ग्राहकले सामान अर्डर गर्छन् र खातामा पैसा जम्मा गरेपछि गाडी वा कुरियरमार्फत सामान पठाउँछिन्। म्याग्दी उद्योग वाणिज्य संघले स्थापना गरेको पर्यटक सूचना केन्द्रको भवनको सटरमा उनले गत असारदेखि कोशेली घर चलाउँदै आएकी छन्।

कोशेली घरमा म्याग्दीका उद्यमीले बनाएका ढाका, अल्लो, तानमा बुनेका कपडा, राडीपाखी, जातीय पोशाक, नेपाली हाते कागज, भाँगो, कालो भट्ट, रातो च्याउ, सिमीको दाल, सिस्नो पाउडर, घर र भिरमह, टिमुरजस्ता सामान खरिदबिक्री हुन्छन्। पोखरा, काठमाडौं, बुटवल, चितवनका व्यापारी र विदेशमा रहेका नेपाली टिकटकमार्फत उनको सम्पर्कमा आउँछन्।

विदेशमा रहेका नेपालीका आफन्तलाई सम्पर्क गरेर सामान पठाउने र भुक्तानी लिने गरेको उनले बताइन्। बेलायत, अस्ट्रेलिया, जापान, पोर्चुगल, अमेरिकामा रहेका नेपालीले सामान माग गर्छन्। सिस्नोको पाउडर, टिमुरको चटनी, फापरको पिठोको माग विदेशबाट धेरै आउने गरेको उनको भनाइ छ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले कोशेली घरले स्थानीय उद्यमीले तयार पारेका कृषि, पशु र लघुउद्योगका उत्पादनको बजारीकरणमा सहयोग पुगेको बताए। यहाँ आउने पाहुनाले फर्किंदा चिनोका रूपमा कोशेली घरबाट सामान किनेर लैजाने गर्छन्। रासस
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५४ सेकेन्ड अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस