नेपाल स्रष्टा समाज, वाग्मती प्रदेश तदर्थ समितिको आयोजनामा नेपाल स्रष्टा समाज, वाग्मती प्रदेश तदर्थ समितिको विधिवत् घोषणा तथा कवि सुषमा आचार्यकाे अक्षरको आयतन कवितासंग्रहकाे अन्तरक्रिया भएकाे छ।
वाग्मती प्रदेश तदर्थ समितिका संयोजक रविन्द्र आशिष शैलीको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल स्रष्टा समाजका पदाधिकारी तथा सदस्यहरू, वाग्मती प्रदेश तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरू, साहित्य क्षेत्रमा विशिष्ट स्थान हासिल गरेका साहित्यकार तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।
गीतकार हरिकृष्ण धिताल (एचके) ले चलाएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, विशिष्ट अतिथिहरूमा नेपाल स्रष्टा समाजका संरक्षक तथा नियात्राकार पवन आलोक, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, समालोचक ज्ञानु अधिकारी, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी, कोशी प्रदेश तदर्थ समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली र भानु प्रतिष्ठानका कोषाध्यक्ष हरिबोल ढकाल रहेका थिए।
दुई चरणमा भएकाे कार्यक्रममा प्रमुख अतिथि रोदनले ७ सदस्यीय वाग्मती प्रदेश तदर्थ समितिको विधिवत् घोषणा गरेका थिए।
उक्त समितिमा रविन्द्र आशिष शैली (काभ्रेपलान्चोक) संयोजक, हरिकृष्ण धिताल (काठमाडौं) सचिव, सदस्यहरूमा विष्णु थापा (काठमाडौं), सुषमा आचार्य (ललितपुर), एलिसा ढुंगाना (काभ्रेपलान्चोक), देवराज खरेल (मकवानपुर) र रेहित सैंजु (रामेछाप) रहेका छन्।
दोस्राे चरणमा कवि सुषमा आचार्यकाे कवितासंग्रह अक्षरको आयतनमाथि स्रष्टा आचार्य र उपस्थित पाठकहरूविच अन्तरक्रिया भएको थियो। अन्तरक्रियापछि समालोचक ज्ञानु अधिकारीले कृतिकाे समीक्षात्मक टिप्पणी गरेकी थिइन्।
उक्त कार्यक्रममा राधेश्याम लेकाली, देविका तिमल्सिना, माधव बिडारी, लव खड्का, प्रतीक घिमिरे, गंगाप्रसाद भेटवाल, छविरमण सिलवाल, सुसिला सापकोटा, मधु पाठक, सुरेन्द्र पौडेल, भरत बमजन, मानन्धर अभागी, राज प्रदिप सिंह, भुवन सिवाकोटी, तुलसीहरि कोइराला, रुद्र अधिकारी, विमल भौकाजी, प्रकाश घायल, डिल्लीरमण सुवेदी लगायतका लेखक/साहित्यकारहरूकाे उपस्थित रहेको थियो।
नेपाल स्रष्टा समाजले यस वर्षको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान क्रमश: दाङकी शान्ता चौधरी र विराटनगरकी कविता चापागाईंलाई प्रदान गर्ने भएको छ।
साहित्यकार पवन आलोकले स्थापना गरेको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान २५ हजार १११ रुपैयाँ नगद राशिसहित सम्मानपत्र रहेको छ। विसं २०६५ देखि यो सम्मानबाट हालसम्म १५ जना सम्मानित भइसकेका छन्।
त्यस्तै समाजसेवी राजेश न्यौपाने र केदार नेउपानेले स्थापना गरेको योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान ५० हजार १ रूपैयाँ नगद राशिसहित सम्मानपत्र रहेको छ। विसं २०७५ मा स्थापना भएको यस सम्मानबाट पाँच जना सम्मानित भइसकेका छन्।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनका अनुसार आउँदो असार २२ गते योगमाया दिवसमा विशेष समारोहमा यी दुवै सम्मान समर्पण गरिंदै छ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...