किसानलाई भेडा वितरण
२१ जेष्ठ २०८१
•
१ मिनेट पाठ
किसानलाई भेडा वितरण
जुम्लाको कनकासुन्दरी गाउँपालिकाले किसानलाई भेडा वितरण गरेको छ। आर्थिक वर्ष २०८०/८१ को बजेटबाट कनकासुन्दरी-७ का १८  किसानलाई भेडा वितरण गरिएको कनकासुन्दरी गाउँपालिको पशुपन्छी विकास शाखाका प्रमुख लालबहादुर रावतले बताए।




कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सात लाख, लाभग्राहीबाट चार लाख २० हजार र कनकासुन्दरीको दुई लाख ८० हजार रूपैयाँको लागतमा भेडा खरिद गरिएको थियो।

गडुनानी साझेदारी भेडा पकेट समूहले ९० भेडा र दुई थुमा खरिद गरेर  किसानलाई वितरण गरिएको हो। उक्त समूहका २७ सदस्यमध्ये पहिलो पटकमा १८ किसानलाई भेडा वितरण गरिएको हो।

जिल्ला अन्य स्थानीय तहभन्दा कनकासुन्दरीमा भेडापालनको उपयुक्त ठाउँ समेत हो। पालिकामा भेडा पकेट कार्यक्रम रहेकाले यसअघिका वर्षहरूमा पनि अन्य वडामा पनि भेडा वितरण गरेको गाउँपालिका अध्यक्ष दामोदर आचार्यको भनाइ छ।

जुम्लामा ८४ हजार भेडा

पशु अस्पताल तथा पशुसेवा कार्यालयका अनुसार जुम्लामा अहिले ८४ हजार तीन सय ८८ भेडा रहेको छ।

यसैगरी बाख्राको सङ्ख्या ४६ हजार तीन सय छ रहेका कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले बताए। जिल्लामा ६९ हजार हेक्टर चरन क्षेत्र छ।

कार्यालयबाट भेडापालक किसानलाई विभिन्न किसिमका सीपमूलक तथा प्राविधिक तालिम दिंदै आएको कार्यालयले जनाएको छ।

पछिल्लो समयमा जुम्लाका स्थानीय भेडापालनमा आकर्षित हुन थालेका छन्। बजारमा भेडाको माग बढ्न थालेपछि स्थानीय भेडापालनमा आकर्षित भएको पातारासीका मुनबहादुर ऐडीले बताए। -रासस
अर्को समाचार
भेडीगोठदेखि घरको सुरक्षामा वफादार कुकुर
१५ कार्तिक २०८१
•
३ मिनेट पाठ
भेडीगोठदेखि घरको सुरक्षामा वफादार कुकुर
तिहारको दोस्रो दिन बिहिबार कुकुर तिहार। मानव सभ्यताको हरेक खोजहरूमा मानव समाजसँग कहिल्यै टाढा नभएको एउटा बफादार र साहसी जीवका रूपमा परिचित कुकुरको पूजा गरी कृतज्ञता प्रकट गरिएको छ।




कुकर मानव सभ्यतादेखिनै मानवसँग अत्यन्त नजिक बफादार जीव मानिन्छ। वैदिककालमा समेत कुकुरको महत्वपूर्ण भूमिका हुनेगरेको शास्त्रमा वर्णन गरिएको छ। त्यसैगरी चाणक्य नीतिमा कुकुरलाई पातलो निन्द्रा भएको बफादार, चनाखो अनि थोरै खाएर पनि सन्तुष्ट हुने प्राणीका रूपमा उल्लेख गरिएको छ।

आधुनिक युगमा पनि कुकुरलाई बफादार जीव मानेर मानिसले जङ्गलदेखि सहरका महलको सुरक्षा गर्ने र प्रहरी वा सेनाले पनि अनुसन्धानमा प्रयोग गर्दै आएका छन्।

म्याग्दीका लेकाली जङ्गल र खर्कहरुमा भेडाबाख्राको रक्षा गर्नेदेखि लिएर गाउँ सहरमा घरको सुरक्षाका लागि कुकर पाल्ने चलन छ।

म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्याल र अन्नपूर्ण गाउँपालिका ५ पाउद्वारका टेकबहादुर तिलिजाले वर्षौदेखि लेकाली क्षेत्रमा लगिएका भेडिगोठको सुरक्षाका लागि कुकुरको प्रयोग गदैै आएका छन्।

विगत सात वर्षदेखि भेडापालन गर्दै आएका छन्त्यालको गोठमा रहेका करिब छ सय वटा भेडाबाख्राको सुरक्षाका लागि पालिएका छ वटा कुकुरले जङ्गली खर्कहरुमा भेडाबाख्राको सुरक्षा गरिरहेका छन्। कुकुरले जङ्गली जनावरको चाल छिटो सुन्ने र सुँघेर बाघ, भालु, चितुवा र स्याल जस्ता जङ्गली जनावरको चाल थाहा पाएपछि भुकेर गोठालालाई सङ्केत गर्ने काम कुकुरले गर्ने उनको भनाइ छ।

“कुकुर भएपछि वनको बीचमा रहेको गोठमा हामी रातभरी ढुक्कले सुत्न पाउछौँ, भेडाबाख्रा पनि सरक्षित हुन्छन्”, उनले भने, “बिहान कुकुरलाई खाना दिएपछि छोड्दियो दिनभरी भेडाबाख्रासँगै वनमा जान्छन् अनि साँझ भेडासँगै गोठमा आउछन्।”

हिमाली जिल्ला म्याग्दीका विभिन्न स्थानमा व्यावसायिक रुपमा भेडाबाख्रा पालन गरिएको छ। गोठ वन जङ्गलको बीचमा हुने र गोठालाहरु पनी कम हुने भएकाले भेडाबाख्राको सारथी कुकुर हुने गरेका छन्।

अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका टेकबहादुर तिलिजा पनि लेकाली खर्क र घना जङ्गलमा भेडाबाख्रा चराउन महिनौंसम्म एक्लै बस्ने गर्दछन् । करिब ५० वर्षदेखि भेडाबाख्रा पाल्दै आएका  ६९ वर्षीय तिलिजाको जङ्गल र खर्कका साथी कुकुर हुन्।

भेडाबाख्रा र आफ्नो सुरक्षाका लागि तिलिजाले दुई वटा ‘भोटे कुकुर’ पालेका छन। फिरन्ते शैलीमा भेडाको गोठ सार्दै लेक–बेशी गर्ने तिलिजा कुकुरनै आफ्नो साथी भएको बताउछन्।

“झरी, बादल, हिउँद, बर्खा केही नभनी एक्लै गोठमा बस्नुपर्छ”, उनले भने, “दिन–रातसँगै हुने कुकुरले म र भेडाबाख्रालाई जङ्गली जनावरको आक्रमणबाट बचाउँछ।” तिलिजाले करिब तीनसय वटा भेडाबाख्रा पालेका छन्। ती भेडाबाख्राको सुरक्षा गर्ने जिम्मा कुकुरलाई नै सुम्पिएको उनले बताए।  

पाउद्धारकै कमल तिलिजाले पनि चरनका लागि खर्क र हिमालको फेदीमा लैजाने भेडाबाख्राको सुरक्षाका लागि दुईवटा कुकुर पालेका छन्। ती कुकुरले गोठको वरपर रुगेर  भेडाबाख्राको सुरक्षा गर्न पहरा दिन्छन्।

“जङ्गली जनावर र चोर आएको थाहा पाएपछि कुकुरले भुकेर सङ्केत गर्छ”, तिलिजाले भने,   “भगाउन नसके भीड्न पनि तयार हुन्छन्।”

म्याग्दीका अधिकांश भेडाबाख्रा पालक कृषकको पशुधनको सुरक्षा गर्न कुकुरको महत्वपूर्ण योगदान छ। भेडाबाख्रा गोठका लागि कुकुर अनिवार्य आवश्यकता हो। ठूला शरीर भएका देख्दै डरलाग्दा कुकुर गोठमा पालेपछि चोरले आँट गर्दैनन्। बस्तीदेखि टाढाको घना जंगल भेडाबाख्राको चरन क्षेत्र हो।

जङ्गलमा चितुवा, ब्वासो र स्यालले भेडाबाख्रालाई आक्रमण गरेर घाइते बनाउने र मार्ने जोखिम हुन्छ। ती जनावरबाट भेडाबाख्रालाई जोगाउने काम कुकुरले गर्दै आएका छन्। अनकन्टार जङ्गल, भीर, पाखामा भेडाबाख्राको सुरक्षा गर्न कुकुर अत्यन्तै भरपर्दो साथी भएको गोठाला प्रेमबहादुर तिलिजा मगरले बताए।

कुकुरकै कारण गोठको दैनिकी सहज र सुरक्षित हुँदै आएको व्यवसायीयको भनाइ छ। घुम्ती चरनबाट पाल्दै आएका व्यवासायिक भेडाबाख्रा गोठको सुरक्षाका लागि बसेको कुकुरले नचिनेको मानिस र जङ्गली जनावरको आक्रमणलाई रोक्न कुकुरले जानकारी गराउने गरेको छ।

मानिसलाई हेरालु राख्दा खर्च बढी हुने र जङ्गली जनावरबाट बचाउन पनि नसकिने भएकाले भेडी गोठमा कुकुर अनिवार्य हुनुपर्ने भेडा हेरालु धनबहादुर विक बताउछन्।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस