सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कसुर आकर्षित नै नहुने उजुरीमा व्यवसायी र कर्मचारीलाई बोलाएर सम्पत्ति विवरणको ‘फाराम भराउने’ र ‘तर्साउने’ गतिविधि गरिरहेको पाइएको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी विशिष्टीकृत कसुर हेर्ने गरी स्थापना गरिएको उक्त विभागले नियमित रूपमा सरकारी कर्मचारी र मध्यम तहका व्यवसायीहरूलाई विभागमा बोलाएर छद्म उजुरी बनाएर सम्पत्ति विवरण फाराम भराउने र अनधिकृत सम्पत्ति देखिएको भन्दै तर्साउने गरिरहेको पाइएको हो।
विभागले आफैं उजुरी सिर्जना गरेर त्यसैका आधारमा व्यक्तिहरूलाई बोलाउने र तर्साउने गरेको व्यवसायी र कर्मचारीले गुनासो गरेका छन्। तत्कालीन महानिर्देशक पुष्पराज शाहीको निर्देशनमा विभागका अधिकारीहरूले आफ्नो काम गरिरहेका कर्मचारी र व्यवसायीहरूलाई केरकार गरेपछि यो विषयले प्रधानमन्त्री कार्यालय र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा प्रवेश पाएको थियो। यसअघि कहिल्यै नसुनिएको–नदेखिएको यस्तो गतिविधि शाही त्यहाँ गएदेखि नै भएको थियो।
‘अहिले त पुष्पराज शाहीको सरुवा भइसकेको छ तर उनले २० कर्मचारीलाई विभागमा बोलाएका थिए। केही व्यापारीलाई पनि बोलाएर सम्पत्ति विवरण माग्ने र केही शंकास्पद व्यक्तिको मुद्दालाई तामेलीमा राख्न निर्देशन दिएका थिए,’ विभाग स्रोतले भन्यो।
तत्कालीन महानिर्देशक शाहीले नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरूलाई प्रयोग गरेर कर्मचारीलाई बोलाउने र थुन्ने धम्की दिई सम्पत्ति विवरणको फाराम भराएर तर्साउने गरेका थिए। सोही प्रकरणमा उनलाई प्रधानमन्त्री कार्यालयले दुई साताअघि सरुवा गरी त्यहाँ कमलराज भट्टराईलाई पठाएको छ। त्यहाँ नेपाल प्रहरीका एसपी कृष्ण पंगेनी पनि छन्। उनकै नेतृत्वमा प्रहरी परिचालन हुने गरेको छ। त्यसअघि त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुखमा कार्यरत हुँदा पनि शाही व्यापक विवादित भएका कर्मचारी हुन्।
सरकारी सेवामा प्रवेश गरेदेखि नै उनी विभिन्न विवादमा मुछिँदै आएका छन्। हालसम्म विभागले करिब २० कर्मचारीलाई विभागमा बोलाएर केरकार गरिसकेको छ।
त्यस्तै डेढ दर्जन व्यापारी–व्यवसायीमाथि पनि विभागले केरकार गरेको छ। यसमा अधिकांश निम्न व्यवसायी छन् भने केही प्रतिष्ठित व्यवसायी नै छन्। एक पत्रकारलाई पनि उनले सम्पत्ति फाराम भराएका छन्। यो विषयमा जानकारी लिन खोज्दा शाहीसँग सम्पर्क हुन सकेन। मोबाइलबाट सम्पर्क गर्न खोज्दा घण्टी गए पनि फोन उठेन।
विभागमा बोलाएर अनुचित लाभ लिने मनशायले केरकार गर्ने र दुःख दिने काम गरिरहेको सम्पर्कमा आएका कर्मचारी र व्यवसायीहरूले बताएका छन्। छद्म उजुरीका नाममा क्षेत्राधिकार नाघेर तर्साएको भन्दै यसको उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पनि परेको छ।
सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री कार्यालयअन्तर्गतको निकाय हो। विभागले दुःख दिएकाहरूले यसबारे उजुरी गरेका हुन्। विभागलाई बदनाम गराएको भन्दै शाहीलाई प्रधानमन्त्री कार्यालयले फिर्ता बोलाएको थियो।
काठमाडौंमा स्वास्थ्यसम्बन्धी व्यवसाय गर्ने एक प्रतिष्ठित व्यक्तिलाई पनि तत्कालीन महानिर्देशक शाहीको निर्देशनमा बोलाएर विभागका अधिकारीले केरकार गरेका थिए। तर ती व्यवसायीले त्यसको रेकर्ड नै प्रधानमन्त्रीसमक्ष पु¥याएको दाबी स्रोतको छ।
विभागले व्यापारी र कर्मचारीलाई अनावश्यक रूपमा सम्पत्ति विवरणको फाराम भराउने र सोधपुछ गरेको विषयमा विभागका सूचना अधिकारी आत्मराम सत्यालसँग जानकारी लिन खोज्दा उनीसँग पनि सम्पर्क हुन सकेन। मोबाइल नम्बरमा कल गर्दा उनको पनि फोन उठेन।
सम्पत्ति विवरणको फाराम कार्यालयमार्फत निजामती किताबखाना तथा राष्ट्रिय सतर्कता केन्द्रमा बुझाउनुपर्ने हुन्छ। साथै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले पनि शंका लागे सम्पत्ति विवरणको फाराम भराउने गर्छ। तर सम्पत्ति शुद्धीकरण विभागले कसुरदार ठहर नभएका व्यक्ति कर्मचारी र व्यापारीको सम्पत्तिमा चासो राख्न पाउँदैन।
यस्तै गुनासोपछि शाहीले अनावश्यक दुःख दिएको भन्दै निजी क्षेत्रका छाता संगठनहरू प्रधानमन्त्री कार्यालयमा डेलिगेसन नै गएका थिए। कतिसम्म भने तत्कालीन महानिर्देशक शाहीले कार्यालयका निर्देशक तथा अनुसन्धान अधिकृतहरूको बैठक राखेर फाइल तामेलीमा राख्न दबाब दिने गरेका छन्।
अख्तियारमा बुझाउनुपर्ने भन्दै उनले खुलमखुला असुली गरिरहेको गुनासो अख्तियारमै पुगेको थियो। यस्तो गुनासो आफूकहाँ आएपछि अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले उनलाई बोलाएर त्यसो नगर्न भनेका थिए।
सम्पत्ति शुद्धीकरण कानुनअनुसार कर्मचारी र व्यवसायीलाई बोलाएर विभागले यसरी सोधीखोजी र फाराम भराउन पाउँदैन। कुनै एउटा कसुर पुष्टि नहुँदासम्म सम्पत्ति शुद्धीकरणमा छानबिन गर्न पाइँदैन।
आफ्नो कानुनी क्षेत्राधिकार नाघेर काम गरिहेका तत्कालीन महानिर्देशक शाहीले विभागले गर्नुपर्ने अनुसन्धान, अभियोजन र हाल चलिरहेको अन्तर्राष्ट्रिय मूल्यांकनमा नेपालको अवस्था सुधार्नेतर्फ भने चासो नै दिएका थिएनन्। ‘उनको ध्यान कुन मुद्दालाई तामेलीमा राख्ने र कुन मुद्दालाई अगाडि बढाउने भन्नेमा मात्रै थियो,’ विभागकै एक कर्मचारीले भने।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ मा उल्लेख भएअनुसार कर छली वा आतंककारी क्रियाकलाप वा अन्य गैरकानुनी क्रियाकलापबाट आर्जन गरिएको सम्पत्तिको स्रोत लुकाउने वा त्यस्तो सम्पत्ति आर्जन गर्ने व्यक्तिलाई कानुनी कारबाहीबाट बचाउने उद्देश्यले त्यस्तो सम्पत्ति लुकाउन, रूपान्तरण गर्न वा स्थानान्तरण गर्न कसैलाई मद्दत गरे सम्पत्ति शुद्धीकरण गरेको मानिने उल्लेख छ।
ऐनमा कुनै पनि बैंक तथा वित्तीय संस्था तथा गैरवित्तीय संस्थाहरूले कुनै पनि व्यक्ति वा संस्थासँग व्यावसायिक सम्बन्ध स्थापित गर्दा नेपाल राष्ट्र बैंकले समयसमयमा तोकेको ढाँचामा तोकिएका कागजात प्राप्त गरी त्यस्ता व्यक्ति तथा संस्थाको स्पष्ट रूपमा पहिचान गर्नुपर्ने व्यवस्था छ। तर विभागका तत्कालीन महानिर्देशक शाहीले ऐनलाई समेत बेवास्ता गरेको स्रोतको दाबी छ।