यो बर्खामा धेरै वर्षा हुने
२७ जेष्ठ २०८१
•
२ मिनेट पाठ
यो बर्खामा धेरै वर्षा हुने
मौसमविदले यो वर्ष बर्खा याममा औसतभन्दा बढी वर्षा हुने अनुमान गरेका छन्। सामान्यतया यो वर्षभरि हुने वर्षाको ८० प्रतिशत बर्खा याममै हुने अनुमान गरिएको हो। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार यो वर्षको बर्खामा औसतभन्दा बढी वर्षा हुने अनुमान विभिन्न ऋतुगत विश्लेषण र अध्ययनबाट गरिएको हो।




मौसमविद् पुडासैनीका अनुसार यो वर्षको वर्षायाम जेठ मसान्त आसपासबाट सुरु हुनेछ । ‘जेठ ३१ भन्दा ढिलो हुँदैन। बरु एकदुई दिन चाँडो हुन सक्छ,’ पुडासैनीले भने।

सामान्यतया नेपालमा मनसुन जुन १३ बाट सुरु हुन्छ। गत वर्ष भने नेपालमा जुन १४ बाट मनसुन भित्रिएिको थियो । मौसमविद्हरूका अनुसार नेपालमा धेरैजसो मनसुन बंगालको खाडीबाट भित्रिने गरेको छ।

‘अहिले भारतको सिलगुडीमा मनसुन आइसकेको छ। अब केही दिनमै नेपालमा भित्रिने सम्भावना देखिएको छ,’ पुडासैनीले भने । बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावालाई मनुसन भन्ने गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विज्ञप्ति अनुसार आइतबार कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतः सफा रहनेछ ।

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

लुम्बिनी, कर्णाली र सदूररपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैगरी महाशाखाका अनुसार आइतबार राति कोसी, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा सामान्यतः मौसम सफा रहने सम्भावना छ।

यो वर्ष काठमाडौं लगायत देशभरि नै गत वर्षभन्दा बढी गर्मी भएको छ। काठमाडौंको अधिकतम तापक्रम शनिबार ३१.९ डिग्री सेल्सियस पुगेको छ। महाशाखाका अनुसार अहिलेसम्मको रेकर्डमा सन् १९८९ मे ७ मा काठमाडौंको तापक्रम सबैभन्दा बढी ३६.६ डिग्री डिग्री सेल्सियससम्म पुगेको थियो । त्यो रेकर्ड अहिलेसम्म तोडिएको छैन।

धनगढीमा शनिबार देशभरिमै सबैभन्दा बढी तापक्रम मापन भएको छ। धनगढीमा शनिबार अधिकतम तापक्रम ४१.९ डिग्री सेल्सियस पुग्यो।

यसैगरी नेपालगन्जमा शनिबार अधिकतम तापक्रम ३१.८ डिग्री सेल्सियस रेकर्ड भएको छ।
अर्को समाचार
बर्खामा गाडी होइन पानी बग्ने सडक
२६ असार २०८१
•
३ मिनेट पाठ
बर्खामा गाडी होइन पानी बग्ने सडक
केही दिनअघि काठमाडौं तीनकुनेको गैरीगाउँस्थित सडकमा वर्षाका कारण जमेको पानी । यसरी पानी जम्दा उपत्यकाका धेरै सडकमा सवारीसाधन सञ्चालनमा समस्या हुने गर्छ। तस्बिर: रासस
गत शनिबार काठमाडौंमा भारी वर्षा भयो। वर्षा हुनेबित्तिकै बागमती, विष्णुमती, मनोहरालगायत नदीकिनार वरिपरिका सडक (करिडोर) जलमग्न भए। यसबाट बागमती नदीकिनारका अव्यवस्थित बसोबासी तथा सुकुम्बासी जोखिममा परे, केहीका घर डुबानमा परे।




विज्ञहरू वैज्ञानिक अध्ययन नगरी बागमती, विष्णुमतीलगातय नदीको बहाव क्षेत्र (पानी बग्ने क्षेत्र) घटाइएको र घटाइएको क्षेत्रले पानीको बहाव थेग्न नसकी सडक तथा नजिकैको बस्तीमा पानी पुग्ने गरेको बताउँछन्। यसैगरी नदीमुनि थेग्रिँदै गएको बलौटे माटो, बालुवा र फोहोरले नदीको सतह बढाउँदै गएको र यसबाट वर्षा हुनेबित्तिकै पानी ओभर फ्लो भई सडकमा पुग्ने गरेको उनीहरूको भनाइ छ।

पछिल्लो समय काठमाडौंमा कंक्रिटको प्रयोग बढ्दै गएको छ। कंक्रिटका घरहरू थपिँदै गएका छन्। यसबाट काठमाडौंको जग्गाले पानी सोस्ने क्षमता घटाउँदै गएको छ। भूमिगत पानीको पुनर्भरण नहुनाले पनि वर्षाबाट आएको पानी जमिनमुनि नपुगी सतहमा बग्ने गरेको विज्ञहरू बताउँछन्। यसबाट पनि सानो वर्षाले पनि काठमाडौंका सडक जलमग्न हुने गरेका छन्।

अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समिति तथा बागमती सुधार आयोजनाले २०६९ जेठ २५ गते बागमती नदी र यसका सहायक नदीको बहाव क्षेत्र तोकेको थियो, जुन वैज्ञानिक अध्ययनबिनै तोकिएको थियो। नदीपरिपरि उपलब्ध भएको जग्गाको आधारमा बहाव क्षेत्र तोकिएको थियो, त्यस बेलासम्म नदीको दायाँबायाँ किनाराको जग्गा अतिक्रमण भइसकेको थियो, नदीसँग जति जग्गा बचेको थियो, त्यही जग्गाको आधारमा बहाव क्षेत्र तोकिएको थियो।

‘त्यतिबेला वैज्ञानिक रूपमा अध्ययन गरी बहाव क्षेत्र तोकेको भए नदीकिनार वरिपरिको सयौं रोपनी जग्गा मुआब्जा लिनुपथ्र्यो, जुन व्यावहारिक रूपमा सम्भव थिएन,’ अधिकार सम्पन्न बागमती सभ्यता विकास समितिका सूचना अधिकारी उद्धवप्रसाद नेपालले भने, ‘त्यसैले त्यतिबेला उपलब्ध जग्गाको आधारमा व्यावहारिकतालाई हेरेर बहाव क्षेत्र तोकिएको, जुन वैज्ञानिक थिएन।’

उनका अनुसार जल विज्ञान अध्ययनबमोजिम बागमती नदीको उदगम स्थल बागद्वारदेखि कटुवाल दहसम्म पुग्दा यसको बहाव क्षेत्र २० मिटरबाट सुरु भई ११९.६३ मिटरसम्म हुनुपथ्र्यो। त्यसपछि यसको बहाव क्षेत्र ठाउँ हेरेर कहीँ बढ्ने र कहीँ घट्ने गर्छ। समथर भूभाग भएको ठाउँमा बहाव क्षेत्र बढी चाहिन्छ भने भिरालो भूभाग भएको ठाउँमा बहाव क्षेत्र अलि कमभए पनि पुग्छ।

अध्ययनमा बागमती नदीको सुन्दरीजलदेखि गोकर्ण ब्यारेजसम्म बहाव क्षेत्र ३५.१८ मिटर चौडाइ हुनुपथ्र्यो तर अहिले २० मिटर मात्रै छ। यसैगरी गोकर्ण ब्यारेजदेखि मनोहरा दोभानसम्म ४३ मिटरमा ३० मिटर मात्रै छ।

यसैगरी मनोहरा दोभानदेखि विष्णुमती पुलसम्म ९५.३५ मिटर हुनुपर्थ्याे तर अहिले ६० मिटर मात्र छ। यसैगरी धोबीखोलादेखि विष्णुमती दोभानसम्म सय मिटर हुनुपर्थ्याे तर ६० मिटर मात्र छ। यसैगरी नख्खु खोला दोभानदेखि कटुवाल दहसम्म ११९.६३ मिटर हुनुपर्थ्याे तर अहिले ८० मिटर मात्र छ।

बागमती विकास समितिले २०६५ मंसिर १ गते एउटा सूचना निकाल्यो, जसमा बागमतीलगायत उपत्यकाका नदीको न्यूनतम दूरी कायम गरी न्यूनतम दूरी छाडेर मात्र निर्माण कार्य गर्न सूचना जारी गर्‍यो। सूचनामा भनिएको थियो, ‘बागमती, विष्णुमती र मनेहारा खोलाको दायाँबायाँ २०/२० मिटर छाड्नुपर्ने, धोबीखोलाको हकमा धोबीखोलाका आयोजनाले प्लानिङ गरेको ठाउँमा प्लानिङअनुसार दूरी, प्लानिङ नभएको ठाउँमा ९/९ मिटर छाड्नुपर्ने, नख्खु खोलाको १२/१२ मिटर, बल्खु, कर्मनासा, कोडक, साङ्ले तथा महादेव खोलाको १०/१० मिटर, कारखुसी खोलाको ६/६ मिटर, टुकुचा, सामाखुशी तथा अन्य खोलाको ४/४ मिटर छाड्नुपर्ने नियम बनाइयो।

हनुमन्ते खोलाको हकमा हनुमन्ते बग्ने नगरउन्मुख ठाउँमा २०/२० मिटर छाड्नुपर्ने छ भनी सूचनामा भनियो। तर यो नियम कार्यान्वयन हुन सकेन। न त कार्यान्वयन भए/नभएको विषयमा अनुगमन नै भयो। अहिले प्रायः सबै नदीकिनारवरिपरिको जग्गा अतिक्रमणमा परेको छ। तथ्यांकअनुसार बागमती नदीकिनारमा करिब ३५ सय परिवार अव्यवस्थित रूपमा बसोबास गरिरहेका छन्।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस