जाली काटेर खच्चडलाई कर्णालीमा खसालियो, दुई मरे
२७ जेष्ठ २०८१
•
१ मिनेट पाठ
जाली काटेर खच्चडलाई कर्णालीमा खसालियो, दुई मरे
दैनिक उपभोग्य बस्तु ढुवानीक लागि अछामबाट दैलेख आउने क्रममा कर्णाली नदी माथिको झोलुङ्गे पुलको जालीमा अड्किएका खच्चडलाई जाली काटेर कर्णाली नदीमा खसाले उद्दार गरिएको छ।




आइतबार बिहान साढे नौ बजेतिर अछामको पञ्चदेवल विनायक नगरपालिका–९ बाट दैलेखको आठबिस नगरपालिका–४ खिड्कीज्यूला बजारमा आउने क्रममा झोलुङ्गे पुलको एकातर्फका दुई वटा लठ्ठा चुँडिदा १४ खच्चर जालीमा फसेका थिए।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीका साथै स्थानीयले जालीमा अड्किएका खच्चरलाई जाली काटेर कर्णाली नदीमा खसालेका थिए। स्थानीय डिलबहादुर थापाले १४ मध्ये दुई खच्चरको मृत्यु भएको छ भने बाँकीको उद्दार गरिएको छ। एउटा खच्चडको पुलमै मृत्यु भएको थियो भने एउटा खच्चड कर्णाली नदीमा खसाल्ने क्रममा मृत्यु भएको थियो।

प्रहरीले भने खच्चडको मृत्युका विषयमा जानकारी नआएको बताएको छ। दैलेखका प्रमुख डिएसपी सुनिल दाहालले पुलमा अड्किएका खच्चडहरुको उद्दार कार्य जारी रहेको बताए। ‘उद्दार कार्य जारी छ, अहिलेसम्म मृत्युको खबर आइपुगेको छैन्,’ उनले भने। खच्चड अछामका जोरे रोकामगर र राजेन्द्र बोहराका हुन।
अर्को समाचार
आजदेखि कर्णाली उत्सवः ‘कुडा कर्नालीका’
०५ फागुन २०८१
•
२ मिनेट पाठ
आजदेखि कर्णाली उत्सवः ‘कुडा कर्नालीका’
कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ यहाँको पहिचान दिने र सम्भावना केलाउने मञ्च भएको बताइएको छ। ऋति फाउण्डेसनद्वारा आज (सोमबार) देखि तीन दिनसम्म सुर्खेत वीरेन्द्रनगरमा सञ्चालन हुने कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ छैटौँ संस्करण २०८१ का संयोजक कमल लम्सालले विचारहरुको मन्थनबाट कर्णालीको सम्भावना र भविष्य खोज्ने थलोका रुपमा उत्सव मनाउन थालिएको बताए। 




कर्णाली उत्सवको पाँचौँ संस्करणसम्म भएका उपलब्धि भनेकै यसलाई चिन्ने र चिनाउने प्रयास हो भन्दै संयोजक लम्सालले नीतिगत सुझाव सङ्कलन तथा नीति निर्माता एवं कार्यान्वयनकर्ताको ध्यानाकर्षणमा यसले महत्वपूर्ण भूमिका खेल्दै आएको दाबी गरेका छन्।

राष्ट्रिय योजना आयोगका पूर्व सचिव तथा कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ संरक्षक केवलप्रसाद भण्डारीले विसं २०७६ देखि उत्सवले कर्णालीमा सामाजिक संवाद सुरु गरेका थिए। उत्सवका विषयवस्तु/.सामग्री संयोजक प्रकाश लामिछानेले आज (फागुन ५, ६ र ७) गतेसम्म वीरेन्द्रनगर सिटी हलमा सञ्चालन हुने उत्सवमा प्रस्तुत हुने विषयवस्तु एवं सामग्रीबारे जानकारी गराए।

उनका अनुसार आज फागुन ५ गते पहिलो दिन ‘के पढ्यौँ के पढायौँ?’ ‘स्वाइनीको स्वर ‘खस कुडा खास कुडाः किस्सा तन्नेडीका’, ‘बैकेनी बोल्लिछन्,’ भोलि दोस्रो दिन ‘स्याउको सह,’ ‘आश लाग्दो अर्थतन्त्र,’ ‘छोरीको छहारी,’ ‘टेको सङ्घीयताको,’ ‘कर्णालीमा मधेश’ र पर्सि तेस्रो दिन ‘खलङ्गाः शक्तिको सदरमुकाम,’ ‘चौघान चर्चा,’ ‘राजनीतिः रहर–लहड, ‘मनउँदो कर्णाली मैदानउँदो’ कर्णाली प्रस्तुत हुनेछन् ।

त्यस्तै, उत्सवमा कर्णाली चिनाउन विशेष योगदान गर्ने गोविन्द नेपाली (रङ्गकर्मी), प्रवासकुमार शाक्य (रक्तदान अभियान्ता) र दिपा राना (सहकारी अभियान्ता) लाई पैकेलो (नायक/नायिकाका) रुपमा सम्मान गरिने आयोजक समितिका सम्पर्क व्यक्ति माधवप्रसाद चौलागाइँले जानकारी दिए। 

उनका अनुसार आज पहिलो दिन राजनीतिक चिन्तक विश्वभक्त दुलाल (आहुती), भोलि प्राडा जीवेन्द्रदेव गिरी र पर्सि राजनीतिक विश्लेषक हरि शर्माले क्रमशः मान्ठ र मईडो, कणालीको बोली, लोकतन्त्र र लोकमन्त्रका विषयमा विद्वत प्रवचन दिनेछन्। रासस
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस