महानगरलाई नीतिगत सहयोग गर्ने सांसदहरूको प्रतिबद्धता
२८ जेष्ठ २०८१
•
३ मिनेट पाठ
महानगरलाई नीतिगत सहयोग गर्ने सांसदहरूको प्रतिबद्धता
ललितपुरबाट निर्वाचित सङ्घीय प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरूले नागरिकमैत्री सेवाप्रवाहका लागि ललितपुर महानगरपालिकालाई नीतिगत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।




आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धमा महानगरद्वारा आज आयोजित ललितपुरका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यसँगको अन्तरक्रियामा उनीहरुले पुँजीगत खर्च वृद्धि गर्न स्थानीय सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।

पूर्वअर्थ राज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य उदयशमशेर राणाले अर्थतन्त्र चलायमान बनाउने नीति ल्याउनुपर्ने बताए। “नागरिकलाई सेवा दिन, समस्या समाधान गर्न हरतरहले सहयोग गर्छौंँ, पुँजीगत खर्च वृद्धि होस्। उपत्यकाको फोहरमैला व्यवस्थापनलाई बढी ध्यान दिनु जरुरी छ। स्थानीय सरकारलाई सहयोग र समर्थन गर्ने हाम्रो दायित्व हो।”उनले भने।

उहाँले महानगरभित्रको पार्किङ व्यवस्थापनलाई विशेष ध्यान दिनुपर्ने बताउँदै ‘अन्डरग्राउण्ड’ पार्किङलाई व्यवसायिक बनाइ करको दायरामा ल्याउन सुझाव दिए।

प्रतिनिधिसभा सदस्य डा तोसिमा कार्कीले नागरिकको सन्तुष्टिको आधारमा कर सङ्कलन गर्ने र सङ्कलित करलाई प्रभावकारी रुपमा खर्च गर्न सुझाव दिए। “महानगरले ढल व्यवस्थापनलाई ध्यान दिनुपर्ने छ, ढलबाट फैलिएको फोहरले धापाखेल र वडा नं ४ को मल पोखरीमा समस्या देखिएको छ, सांस्कृतिक सम्पदा संरक्षणमा प्रभावकारी नीति आवश्यक छ, रुद्रायणी र रातो मच्छिन्द्रनाथको मन्दिर निर्माणमा ढिला भएको छ”, डा कार्कीले भनिन्।

प्रतिनिधिसभा सदस्य  प्रेमबहादुर महर्जनले नीति तथा कार्यक्रम र बजेट भौतिक पूर्वाधारमा केन्द्रीत भएकोमा खुसी व्यक्त गरे। उनले प्रदूषण न्यूनीकरणका लागि नीति तथा कार्यक्रममा समेटेर साइकलको प्रयोगलाई प्रोत्साहन गर्न सुझाव दिए।

प्रतिनिधिसभा सदस्य रोशन कार्कीले सरकारी स्वामित्वको  रेडियो नेपालको जग्गा दूरसञ्चार प्राधिकरणलाई बिक्री गर्नबाट महानगरले रोक्नुपर्ने धारणा राखे। उनले सरकारी विद्यालयको स्तरोन्नति गर्न, महानगरभित्र जन्मने बच्चाको जन्मदर्तालाई सहज बनाउने नीति बनाइनुपर्नेमा जोड दिए। बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले दिगो विकास लक्ष्य र सम्पदा संरक्षणमा महानगरले गरेको कामको प्रशंसा गरे। उनले अमुर्त सम्पदा र संस्कृति संरक्षणमा महानगरले निरन्तरता दिनुपर्ने सुझाव दिए।

प्रदेशसभा सदस्य प्रेमभक्त महर्जनले नगरभित्रका खेतीयोग्य जमिनलाई उपयोग हुने गरी कृषि क्षेत्रमा एक वडा एक उत्पादनलाई ध्यान दिनुपर्ने धारणा राखे। प्रदेशसभा सदस्य रघुनाथ महर्जनले सङ्घ, प्रदेश र स्थानीय तहले जनताको आवश्यकता पुरा हुने गरी नीति तथा कार्यक्रम लागू गर्नुपर्ने बताए।

उनले ढु्ङ्गेधारा संरक्षणका लागि राजकुलोलाई यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए। महानगरप्रमुख चिरीबाबु महर्जनले सांसदहरुको सुझाव सुनिसकेपछि सम्पदा क्षेत्रमा पूर्वाधार निर्माण गर्दा बोलपत्र गर्ने नीति लिनु नहुने बताए। उनले यस विषयमा संसद्मा आवाज उठाएर कानुनी रुपमा लागू गर्न आग्रह गरे।

“सङ्घीय सरकारको कमजोरीका कारण हामीलाई गाली गर्ने अवस्थाको अन्त्य गरिदिनुस्, सार्वजनिक खरिद ऐन २०६३ देश विकासको बाधक छ, यसले ठेकेदार मोटाउँछ, देशको विकास हुँदैन, यसलाई सुधार गरिदिनुस्, उपत्यकाको फोहरमैला व्यवस्थापनका लागि सङ्घीय सरकारले गरेको सम्झौता बाधक छ”, उनले भने।

प्राप्त सुझावका आधारमा सम्पदा, वातावरण संरक्षण र नगरविकासका सम्बन्धमा आगामी वर्षको नीति तथा योजना तय गरिने उनले बताए।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यले राखेको जिज्ञासाको जवाफ दिंदै उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले प्राप्त सुझावलाई समेटेर जनताको मर्म सम्बोधन हुनेगरी सहकार्य, सहअस्तित्वको आधारमा काम गर्ने प्रतिबद्धता जनाए। उनले खानेपानी समस्यालाई विशेष ध्यान दिएर प्राथमिकताका साथ बजेट विनियोजन गरिने जानकारी दिए।  
अर्को समाचार
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
५८ मिनेट अघि
•
१ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
काठमाडौं। देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। ती घटनाबाट रु २५ लाख ५१ हजार ८०० बराबरको आर्थिक क्षति भएको छ।




राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्सिर ११ देखि १२ गतेसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, लेक लाग्नु तथा जनावरको आक्रमणका घटना भएका हुन्।

प्राधिकरणका प्रवक्ता एवं उपसचिव रामबहादुर केसीका अनुसार उक्त अवधिमा झापा, मोरङ, सुनसरी, उदयपुर, सिरहा, दोलखा, कास्की र रुपन्देहीलगायत जिल्लामा आगलागीका घटना भएका छन्। त्यस्तै दोलखा र मोरङमा सर्पदंश, मुस्ताङमा लेक लाग्नु तथा उदयपुर र रौतहटमा जनावरको आक्रमणका घटना भएका छन्।

विभिन्न विपद्का घटनामा परी घाइते भएकामध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि अन्य जिल्लाका अस्पतालमा पठाइएको प्राधिकरणले जनाएको छ।

विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रवक्ता केसीले जानकारी दिए। घटनाबाट भएको जनधनको क्षतिको थप विवरण सङ्कलन गर्ने कार्यसमेत जारी रहेको प्राधिकरणले जनाएको छ।

यसैबीच, प्राधिकरणले सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। अनावश्यक जोखिम नलिन, आधिकारिक निकायबाट जारी सूचना तथा निर्देशन पालना गर्न र सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्वतयारी गर्न प्राधिकरणले अनुरोध गरेको छ।
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
यो पनि पढौँ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock ४५ मिनेट अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस