विपद् व्यवस्थापन अभ्यासका क्रममा सेती नदीमा डुबेका सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ। सोमबार बिहान केदारस्युँ गाउँपालिका- ७ खिकीरीका २९ वर्षीय नरेन्द्रसिंह धामीको विपद् व्यवस्थापन तालिमको नमुना देखाउने क्रममा मृत्यु भएको हो।
जयपृथ्वी नगरपालिका वडा नम्बर ११ भोपुरनजिक सामुदायिक खानेपानीको मुहाननजिकै सेती नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
प्रहरीका अनुसार विपद् व्यवस्थापन तालिमको नमुना देखाउने क्रममा धामी सेतीमा डुबेर बेहोस भएका थिए। बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास (सिमुलेसन) गर्दा गर्दै उनी डुबेका थिए ।
सिमुलेसनका क्रममा उनी डुबेको प्रहरीले बताएको छ। उनलाई त्यसपछि जिल्ला अस्पताल बझाङ लगिएकोमा मृत्यु भएको हो।
सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङले जेठ २८ गतेदेखि विपद् व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम जिल्ला प्रशासन कार्यालय, जयपृथ्वी नगरपालिका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रुडुक, नेपाल रेडक्रस सोसाईटी, युनाइटेड मिसन टु नेपाल, वल्र्ड भिजन, प्रगतिशील युवा समाजको संयुक्त आयोजनामा भएको तालिमको नमुना देखाउने क्रममा उनको मृत्यु भएको छ। धामीका श्रीमती र दुई छोरा छन्।
बेलका नगरपालिकामा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ ।
विहान ८ः३० वजे करेन्ट लागेर बेलका ५ का सञ्जिव कार्कीकी छोरी १७ वर्षीया दुर्गा कार्कीको निधन भएको प्रहरीले जनाएको छ । आफ्नै घरछेउमा रहेको कुखुराको फर्ममा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई उद्दार गरी तत्काल उपचारका लागि बेलका नगर अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...