कालिकोटको शुभकालीका गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रेम बहादुर शाहीले आफुले योजनाबाट कमिसन नपाएपछि उपभोक्त समितिका अध्यक्ष जक्तबहादुर शाहीमाथि कुटपिट गरेका छन्।
खिम्लि घट्टेखेतदेखि घट्टेगाडसम्म सडक स्तरउन्नतिका लागि आएको बजेटबाट ५ प्रतिशत कमिसन मागेको र नदिएपछि सडकस्तर उन्नति योजनाका अध्यक्ष शाहीलाई कुटेका हुन्।
पिडित अध्यक्ष शाहीका अनुसार आफू रोजगारको अध्यक्ष भएको र काम गरेको रकम सिधै कामदारको खातामा जम्मा गरेपछि कमिसन दिन नसक्दा आफूमाथि वडा अध्यक्ष प्रेम बहादुर शाहीले ढुङ्गा प्राहार गरेको र पछि वडा अध्यक्षका भाइ कृष्ण बहादुर शाहीले बन्चरो लिएर कुट्न आएको बताए।
स्थानीय पूर्वाधार सहयोग कार्यक्रम र शुभकालीका गाउँपालिकाको साझेदारीमा ४५ लाख रकममा स्थानीयलाई रोजगारीस्वरुप काम सुरु भएको थियाे।
यस विषयमा वडा अध्यक्ष प्रेम बहादुर शाहीलाई बुझ्दा आफुले ५ प्रतिशत रकम मागेको स्वीकार गरेका छन्। वडामा भए गरेका योजनाबाट कमिसन भन्दा पनि वडा कार्यालय फिल्ड मर्मतको लागि पैसा मागेको उनको भनाइ छ। वडा कार्यालयको फिल्ड भने निर्माण सम्पन्न भइसकेको स्थानीयले बताएका छन्।
उपभोक्त समितिका अध्यक्षमाथि कुटपिट भएकाे गरेकाे भन्दै स्थानीयले वडा कार्यलयमा तालाबन्दी गरी अहिले नाराबाजी गरिरहेका छन्।
कालीकोटको रास्कोट नगरपालिकाका दलित बस्तीहरूमा पुस्तौंदेखि चलेको खानेपानीको संकट अन्त्य भएको छ। घण्टौं टाढाबाट पानी बोक्नुपर्ने बाध्यताबाट मुक्त हुँदै घर-आँगनमै धारा जडान भएपछि स्थानीय समुदायमा खुसियाली छाएको छ।
रास्कोट नगरपालिका–३ स्थित सागाटिया, कुमालवाडा र नैकलाटोलका स्थानीयले अब स्वच्छ खानेपानीका लागि संघर्ष गर्नुपर्ने दिन सकिएको बताएका छन्। पाँच किलोमिटर टाढाको मुहानबाट पानी ल्याएर यी विकट बस्तीका १७८ घरधुरीमा ‘एक घर, एक धारा’ निर्माण गरिएको हो।
योजना हेल्भेटास नेपाल र रास्कोट नगरपालिकाको आर्थिक सहयोग तथा हुरेन्डेक नेपाल, कालीकोटको प्राविधिक सहजीकरणमा सम्पन्न भएको हो।
हुरेन्डेक नेपालका प्राविधिक प्रमुख राजेन्द्रबहादुर शाहीका अनुसार, करिब डेढ करोड रुपैयाँको कुल लागतमा दुई वटा आयोजनामार्फत धाराहरू निर्माण गरिएको हो। जसमा स्थानीय समुदायको श्रमदान पनि महत्त्वपूर्ण रहेको छ।
‘एक गाग्री पानी ल्याउन बिहानभरि लाग्थ्यो, घरमा यसरी धारा आउला भन्ने त कल्पना पनि गरेकी थिइनँ,’ स्थानीय गौरा सार्कीले खुसी व्यक्त गर्दै भनिन्, ‘अहिले बचेको समयमा अरू काम गरेर आयआर्जन गर्न थालेका छौं।’
विगतमा खोलाको दूषित पानी पिउन बाध्य स्थानीयको दैनिकी अहिले बदलिएको छ। खानेपानीको सुविधासँगै भाँडा सुकाउने चाँङ, फोहोर फाल्ने खाडल जस्ता सरसफाइका संरचना पनि निर्माण भएका छन्, जसले सिङ्गो बस्तीको जीवनस्तर उकास्न मद्दत पुगेको छ।
रास्कोट नगरपालिकाका मेयर धर्मराज शाहीले यस आयोजनालाई नगरपालिकाको नमुना योजनाको रूपमा लिएको बताउँदै यसको संरक्षण र दिगोपनामा ध्यान दिन स्थानीयलाई आग्रह गरे।
हेल्भेटास नेपालका क्षमता विकास विज्ञ नीलकण्ठ पाण्डेले पानीका लागि संघर्ष गरिरहेका नागरिकलाई समस्याबाट मुक्ति दिलाउन सफल भएकोमा खुसी व्यक्त गर्दै मर्मत सम्भारमा ध्यान दिन आग्रह गरे।
बुधबार एक कार्यक्रमका बीच उक्त खानेपानी तथा सरसफाइ योजनाको उद्घाटन गरिएको थियो। स्थानीय जयराम सार्कीले भन्छन्, ‘एक जनाको काम नै बिहानभरि पानीको जोहो गर्नु थियो, अब त्यो बाध्यता हटेको छ। गाउँलेले बल्ल सुखको अनुभूति गरेका छन्।’
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...