म्याग्दीमा कृषि विकासका विविध कार्यक्रम कार्यान्वयनमा
०१ असार २०८१
•
२ मिनेट पाठ
म्याग्दीमा कृषि विकासका विविध कार्यक्रम कार्यान्वयनमा
म्याग्दीको कृषि विकासका निम्ति गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा छ करोड लागतमा उत्पादन, संरक्षण र बजारीकरणका कार्यक्रम सञ्चालन गरेको छ।




परम्परागत बालीको संरक्षण–प्रवर्द्धन र बजारीकरण, कृषि उत्पादन वृद्धि गरी  कृषि उपज आयात  विस्थापन गर्न कृषि कार्यक्रम सञ्चालन गरिएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ।

यस वर्ष जिल्लामा पाँच करोड ९७ लाख ५२ हजारको कृषिका कार्यक्रम सञ्चालन भएकामा सबैभन्दा धेरै तीन करोड खायन प्रजातिको आलुखेतीमा खर्च भएको केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले राससलाई जानकारी दिए। कार्यक्रमअन्तर्गत जौँ, कोदो, लट्टे र फापरको प्रवर्द्धन गर्न चारवटा कृषि समूहमार्फत १० लाख खर्चेर विविध कार्यक्रम सञ्चालन गरिएको उनले बताए।

त्यसैगरी फलफूल बगैँचा स्थापना कार्यक्रममार्फत ३० लाख  लगानीमा २० हेक्टर जमिनमा २६ जना किसान र समूह छनोट गरेर कार्यक्रम सञ्चालन गरिएको छ भने फलफूल बगैँचाको सुदृढीकरण गर्न विभिन्न २३ वटा कृषि फार्मसँग सम्झौता गरेर कार्यक्रम कार्यान्वयन भएको छ।

फलफूल नर्सरी स्थापना गर्न २० लाखमा बेनी नगरपालिकाको भकिम्ली र धवलागिरि गाउँपालिकाका दुईवटा कृषि फार्मसँग ५० प्रतिशतको अनुदानमा कार्यक्रम सञ्चालन गरिएको छ।

यसैगरी जिल्ला कृषि ज्ञान केन्द्रले कृषिजन्य उत्पादन बढाउन प्राङ्गारिक मल वितरण कार्यक्रम पनि सञ्चालन गरेको छ। सुन्तलाको उत्पादन बढाउन १० लाख लागतमा ६३ मेट्रिक टन मल वितरणको गरिएको केन्द्रले जनाएको छ। 

यस वर्ष विनियोजित १५ लाखको बजेटबाट मकैको उन्नत बीउ उत्पादन कार्यक्रम सञ्चालन भएको छ। यो कार्यक्रमअन्तर्गत बेनी नगरपालिकाको तोरीपानी र पात्लेखेतमा दुई सय रोपनीमा मकै लगाइएको छ। कृषिजन्य कार्यक्रममार्फत जिल्लाका किसानको जीवनस्तर सुधार्ने, खेतीयोग्य जमिनको प्रयोग बढाउने र उत्पादन वृद्धिमा ज्ञान केन्द्रले जोड दिएको छ।

आलुखेती विस्तार

जिल्लामा यस वर्ष एक हजार सात सय ५० रोपनीमा आलुखेती विस्तार गरिएको छ। जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार आठ सय रोपनीमा हिउँदे आलु र नौ सय ५० रोपनीमा बर्खे आलु गरी एक हजार सात सय ५० रोपनी जग्गामा खायन प्रजातिको आलुखेती विस्तार गरिएको हो।

हिउँदे आलुखेतीतर्फ जिल्लाभर १७ वटा कृषक समूह र एकवटा कृषि समूहमार्फत आठ सय रोपनीमा आलुखेती विस्तार गरिएको थियो। यसैगरी खायन प्रजातिकै बर्खे आलुखेतीतर्फ १५ वटा कृषक समूहमार्फत नौ सय ५० रोपनीमा आलुखेती विस्तार गरिएको छ भने खायन प्रजातिको हिउँदे आलु उत्पादन कार्यक्रमतर्फ अधिकांश बेनी नगरपालिका क्षेत्र र बर्खेतर्फ बेनीसहित रघुगङ्गा र धवलागिरि गाउँपालिका छन्।

आलु तथा बेमौसमी तरकारीखेती प्रवर्द्धन कार्यक्रमका लागि २८ लाखको लागतमा १७ वटा फार्मलाई छनोट गरिएको छ। मसला तथा निर्यातयोग्य बाली अदुवा र बेसार उत्पादन गर्न मङ्गला गाउँपालिकाको बरजामा कार्यक्रम सञ्चालन भइरहेको केन्द्रका प्रमुख बाँस्तोलाले बताए।-रासस
अर्को समाचार
व्यावसायिक कृषि प्रणालीमा लाग्दै पाथीभरा याङवरक
०८ जेष्ठ २०८२
•
२ मिनेट पाठ
व्यावसायिक कृषि प्रणालीमा लाग्दै पाथीभरा याङवरक
डुम्रिसेका किसानलाई सुन्तलाका बिरुवा र उपकरण प्रदान गर्दै पालिका अध्यक्ष केशरकुमार सुब्बासहित जनप्रतिनिध। तस्बिरः नागरिक
कृषि क्षेत्रमा आफ्नो पालिकालाई व्यावसायिक बनाउन पहल लिइरहेको ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले वडागत रूपमा तरकारी बाली तथा फलफूल खेतीको पहिचान गरेको छ।




वडा नं ४ डुम्रिसेलाई पालिकाले सुन्तला फल उत्पादनमा प्राथमिकता दिएको छ। वडा नं २ थेचम्बुमा आलु खेती प्रवर्द्धन कार्यक्रममा लगानी गरेको छ। वडा नं ४ डुम्रिसेका लप्से क्षेत्रमा सुन्तलाको बलियो सम्भावना देखेपछि पालिकाले उक्त क्षेत्रका किसानलाई सुन्तलाका बिरुवादेखि सिँचाइ पाइप र सुन्तला टिप्ने भर्याङसम्म प्रदान गरेको छ। 

पालिका अध्यक्ष केशरकुमार सुब्बाका अनुसार यस वर्षको सिजनमा स्थानीय प्रेम मेन्याङ्वोले आफ्नो एक रोपनी बगानमा फलेका सुन्तलामध्ये ९१ हजार रुपैयाँको त बिक्री नै गरे। सुभाष उप्रेति त्यो क्षेत्रमा नाम कहलिएका कृषि व्यवसायी हुन्।

पालिका अध्यक्ष मेन्याङ्वोका अनुसार अहिले उक्त क्षेत्रका किसानका घरमा कम्तीमा सुन्तलाका ३० बोट छन्। यस वर्ष मात्र त्यहाँका किसानलाई करिब तीन सय बोट सुन्तलाका बिरुवा थप गर्ने गरी पालिकाले बिरुवा उपलब्ध गराएको छ भने विद्युतीय स्प्रेयर, पावर स्प्रेयर, डिजिटल काँटा, सिँचाइ पाइपसहितका सामग्री समेत पालिकाले दिएर उनीहरूको व्यावसायिकता अभिवृद्धि गर्ने कार्यक्रम राखेको छ।

पालिकाका कृषि विकास शाखा प्रमुख निकेश भट्टराईका अनुसार पाथीभरा याङवरकका किसान खेतीप्रति उत्साहित पनि छन्। उनीहरूका लागि चालु आर्थिक वर्षको बजेटमै सशर्त अनुदान र वित्तीय समानीकरण अनुदानतर्फ मात्र करिब १ करोड रुपैयाँ विनियोजन भई कृषि कार्यक्रम सञ्चालनमा रहेको भट्टराईले बताए।

पालिका उपाध्यक्ष रनमाया गुरुङका अनुसार किसानको मेहेनत र प्रोत्सानहको सम्मान गर्न पालिकाले स्थापना दिवसको अवसर पारेर हरेक वर्ष कम्तीमा ४ जना उत्कृष्ट किसानलाई प्रोत्साहन स्वरुप जनही नगद ५० हजार रुपैयाँका दरले पुरस्कृत समेत गर्दै आइरहेको छ। व्यावसायिक हुन खोज्ने किसानलाई पालिकाले उन्नत बीउ तथा मल, उपकरण र प्रविधि समेतमा निरन्तर सहयोग गर्दै आइरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत संगम पौडेलले जानकारी दिए।

पालिकाले माटो र हावापानी सुहाउँदो खेती प्रणालीमा ध्यान दिएको र पालिका क्षेत्रको अनुकूल स्थानमा फरक–फरक प्रकृतिको सहयोग गर्दै आइरहेको पालिकाले जनाएको छ। व्यावसायिक रूपमा लागेका किसानहरू प्रविधिबारे जानकारी लिन समेत उत्सुक छन्। उनीहरू प्राविधिक जानकारी लिन बोलाइएका कार्यक्रममा उत्साहजनक उपस्थिति जनाउँछन्।

पालिकाले पनि किसानका टोलबस्तीमा पुगेर खेती प्रणालीबारे प्राविधिक सल्लाह समेत नियमित रूपले प्रदान गर्दै आइरहेको पालिकाले जनाएको छ।
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस