रेकर्ड तोड्दै काठमाडौंको तापमान
०४ असार २०८१
•
३ मिनेट पाठ
रेकर्ड तोड्दै काठमाडौंको तापमान
पछिल्लो ३० वर्ष काठमाडौंको अधिकतम तापक्रम क्रमिक रूपमा शून्य दशमलव शून्य पाँच (०.०५) डिग्री दरले बढ्दै गएको पाइएको छ। मे र जुन सबैभन्दा गर्मी महिना मानिन्छ। यी दुई महिनामा बढ्दै गएका ताता दिनहरूको ‘ट्रेन्ड’ लाई हेर्दा यस्तो देखिएको मौसमविद्ले जनाएका छन्।




‘पछिल्लो ३० वर्षको तापक्रमलाई विश्लेषण गर्दा काठमाडौंमा अधिकतम तापक्रम क्रमिक रूपमा बढ्दै गएको देखिएको छ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले भने, ‘यस वर्ष काठमाडौंमा अधिकतम तापक्रम ३५ दशमलव ३ डिग्री सेल्सियससम्म पुगेको छ।

अर्को वर्ष ठयाक्कै शून्य दशमलव शून्य पाँच डिग्रीले नबढ्न सक्छ । तर पछिल्लो ३० वर्षको तापक्रमलाई विश्लेषण गर्दा काठमाडौंमा अधिकतम तापक्रमको ट्रेन्ड बढ्दै गएको देखिएको छ।’

महाशाखाका अनुसार अहिलेसम्मको रेकर्डमा काठमाडौंको अधिकतम तापक्रम सबैभन्दा बढी ३६ दशमलव ६ डिग्री सेल्सियससम्म पुगेको छ। सन् १९८९ मे ७ मा काठमाडौंको तापक्रम त्यति पुगेको थियो । त्यो रेकर्ड भने यस वर्ष पनि तोडिएको छैन।

गत शनिबार काठमाडौंको तापक्रम ३५ दशमलव ३ डिग्री पुगेको छ। यो सन् १९८९ यताको सबैभन्दा बढी तापक्रम हो। यस वर्ष काठमाडौं लगायत देशभरि नै पोहोरभन्दा बढी गर्मी भएको छ। मौसमविद्हरूले पश्चिम तराईमा अझै गर्मी बढ्न सक्ने अनुमान गरेका छन्।

गत जेठ १८ काठमाडौंको अधिकतम तापक्रम ३४ दशमलव ४ डिग्री पुगेको थियो। महाशाखाका अनुसार पोहोर जुन महिनामा काठमाडौंको तापक्रम यति पुगेको थिएन।

पोहोर काठमाडौंको अधिकतम तापक्रम ३३ दशमलव ३ डिग्रीसम्म पुगेका थियो। मौसमविद्का अनुसार गर्मी याममा सूर्यको किरण बिनाअवरोध सोझै पृथ्वीमा आउँदा तापक्रम बढ्छ। गर्मीयाममा पनि बादल लागेर सूर्यको किरणमा अवरोध भएमा तापक्रम घट्छ।

सतर्क रहन आग्रह

महाशाखाले आगामी केही दिन देशको मध्य तथा पश्चिमी तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना देखिएको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ। महाशाखाका अनुसार असार ६ गतेसम्म मध्य तथा पश्चिम तराईमा तातो हावा चल्ने सम्भावना छ। तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुन सक्ने मौसमविद्को भनाइ छ।

तातो हावाको असरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा बस्ने, बाहिरी वातावरणमा सकेसम्म नजाने, घाममा नबस्ने, हल्का लुगा लगाउने, सुतीका कपडा लगाउने, बाहिर निस्कनुपरे कपडाले टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउनुपर्छ।

यस वर्ष नेपालमा मात्र नभई छिमेकी देशमा भारतमासमेत तापक्रम बढेको छ। केही दिनअघि भारतको राजधानी दिल्लीको अधिकतम तापक्रम ५३ डिग्री पुगेको थियो।

महाशाखाका अनुसार केही दिनयता नेपालगन्ज, धनगढी, दीपायल, वीरेन्द्रनगरमा तापक्रम बढेको छ। ती ठाउँमा पछिल्ला केही दिन अधिकतम तापक्रम ४२/४३ डिग्रीसम्म पुगेको महाशाखाको भनाइ छ। महाशाखाका अनुसार आइतबार अधिकतम तापक्रम नेपालगन्जमा ४३.८, धनगढीमा ४२.८, घोराहीमा ३८.६ र वीरेन्द्रनगरमा ४१.४ डिग्री पुगेको छ।

काठमाडौंमा कहिले भित्रिन्छ मनसुन

मौसमविद् अधिकारीका अनुसार काठमाडौंमा २ दिनपछि मनसुन भित्रिने सम्भावाना छ। ‘तर पनि यत्ति समयमा काठमाडौंमा मनुसन भित्रिन्छ भनेर ठयाक्कै भन्न सकिने स्थिति छैन,’ उनले भने।

उनका अनुसार शनिबार राति काठमाडौंमा भएको हल्का वर्षा मनुसनको प्रभाव होइन। यो स्थानीय वायुको प्रभाव हो। मौसमविद्का अनुसार नेपालको पूर्वी भागमा मौसम प्रवेश गरिसकेको छ। मनुसन देशभर फैलन भने केही समय लाग्ने देखिएको छ।
अर्को समाचार
विश्वकै प्रदूषित सहर बन्यो काठमाडौं
२५ चैत्र २०८१
•
१ मिनेट पाठ
विश्वकै प्रदूषित सहर बन्यो काठमाडौं
विश्वव्यापी वायु गुणस्तर मापन गर्ने संस्था (आईक्यूएयर) को पछिल्लो प्रतिवेदन अनुसार काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा परेको छ। आईक्यूएयरको ‘लाइभ सिटी र्‍याङ्किङ’ मा काठमाडौंको वायु गुणस्तर सूचकांक २२५ पुगेको छ, जुन स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिन्छ।




भारतको दिल्ली, पाकिस्तानको लाहोर र भियतनामको हनोई जस्ता सहरहरूलाई काठमाडौंले पछाडि पारेको छ। दोस्रो स्थानमा हनोई (१८०), तेस्रोमा दिल्ली (१७७) र चौथोमा लाहोर (१७७) परेका छन्। त्यस्तै, भियतनामको हो चि मिन्ह सिटी (१५५) पाँचौं स्थानमा छ। चीनको वुहान (१५३) छैटौँ स्थानमा छ।

सूचीको सातौँ स्थानमा पाकिस्तानको अर्को सहर कराची (१२९), आठौँमा चीनको सांघाई (१२९), नवौँमा इरानको तेहरान (१२७) र दशौँ स्थानमा भारतको मुम्बई (१२३) रहेका छन्।

काठमाडौंमा वायु प्रदूषणको स्तर उच्च हुनुमा डढेलो, सवारी साधनको धुवाँ, निर्माण कार्यबाट निस्कने धुलोजस्ता कुराहरू मुख्य कारण छन्। वायु प्रदूषणको यो खतरनाक स्तरले श्वासप्रश्वाससम्बन्धी रोग, फोक्सोको समस्या भएका बिरामी बढेका छन्। विज्ञले सकेसम्म घरभित्रै बस्न र बाहिर निस्कँदा मास्क लगाउन सुझाव दिएका छन्।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस