भक्तपुरकाे सूर्यविनायक नगरपालिका– ४ मा निर्मित भ्यु टावर खाली सिसी फ्याँक्ने डम्पिङ साइटमा परिणत भएको भन्दै ध्यानाकर्षण गराइएको छ। सूर्यविनायक– ४ दधिकोटस्थित तर्खगाल अनन्तलिंगेश्वर कैलाश डाँंडामा बनेको भ्यु टावर त्यहाँ पुगेका युवाले खाएको बियरका सिसी फाल्ने डम्पिङ साइट बनेको भन्दै ध्यानाकर्षण गराइएको हो ।
नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले सूर्यविनायक नगरपालिकालाई मंगलबार यसबारे गम्भीर ध्यानाकर्षण पत्र बुझाएको हो। पार्टी नगर अध्यक्ष निशानले नगर प्रमुख वासुदेव थापालाई योसहित चौधबुँदे गम्भीर ध्यानाकर्षण पत्र बुझाएका हुन्। कांग्रेस सूर्यविनायक नगर समितिका अध्यक्षसमेत रहेका ढुंगेलले यस विषयमा निर्वाचित मेयरलाई ध्यानाकर्षण पत्र बुझाएको बताए।
सूर्यविनायक नगरपालिकाको २०७९ सालमा भएको स्थानीय निकाय निर्वाचनमा ढुंगेललाई हराई नेकपा एमालेका वासुदेव थापा मेयर पदमा विजयी भएका थिए। एमाले पोलिटब्युरो सदस्य भक्तपुरका युवा नेता महेश बस्नेतको अगुवाइमा त्यहाँं भ्यु टावर बनाइएको छ। तर त्यो भ्यु टावर सरकारी कोषको दुरूपयोग गरी बनाइएको भन्दै कांग्रेसले गम्भीर ध्यानाकर्षण पत्र बुझाएको हो।
पार्टी नगर कमिटी कटुञ्जेमा आयोजित पत्रकार सम्मेलनमा नगर सभापति ढुंगेलले भने, ‘त्यही कारण भ्यु टावरको सदुपयोग गर्न गम्भीर ध्यानाकर्षण पत्र बुझाएका हौं।’ भ्यु टावर सदुपयोगका लागि त्यस्ता ठाउँमा निजी क्षेत्र आकर्षित हुने गरी दीर्घकालीन लिज पद्धतिमा जान आवश्यक नीति निर्माण होस् भनी ज्ञापनपत्रमा सुझाइएको छ।
सम्मेलनमा सभापति ढुंगेलले सूर्यविनायककै बृहत् आयोजनाभित्र पर्ने चिडियाखाना निर्माण अलपत्र भएको भन्दै विरोध जनाए। सूर्यविनायक नगरपालिकाका जंगलको ठूलो क्षेत्रफल ओगटेर त्यहाँ चिडियाखाना बनाउने योजना दशकदेखि अलपत्र छ । नगर प्रमुखलाई बुझाइएको ज्ञापनपत्रमा १४ वटा बुँदा रहेका छन्।