जताततै धुलैधुलो कसले सुन्ने जनताको कुरो ?
१२ चैत्र २०७४
•
१५ मिनेट पाठ
जताततै धुलैधुलो कसले सुन्ने जनताको कुरो ?
‘हैट, कति धुलो !’ अचेल उपत्यकाका सडकमा हिँड्ने अधिकांशको मुखबाट निस्कने शब्द हुन् यी। 




धुलोकै कारण उपत्यकामा हिँड्ने जोकोही मास्क लगाउँछन्, सल वा गम्छा बाँध्छन् । तैपनि जोगिँदैनन् धुलोबाट । विभिन्न बहानामा सडक भत्काउने र खन्ने तर समयमा नबनाई अलपत्र छाडिदिने प्रवृत्तिका कारण धुलोको सिकार हुन बाध्य छन्, उपत्यकावासी । सडकमा यात्रा गर्ने मात्रै होइनन्, सडकछेउ व्यापार गर्नेलाई पनि धुलोले सास्ती दिइरहेको छ । 

धुलोकै कारण उपत्यकामा विभिन्नखाले बिरामी समेत बढिरहेका छन् । तर, धुलो नियन्त्रण र कम गर्न न स्थानीय तहलाई चासो छ, न त सरकारलाई नै। 

उपत्यकामा हिँड्ने पैदलयात्रु तथा दुईपांग्रे सवारीचालकलाई धुलोले सबैभन्दा बढी सास्ती दिने गरेको छ । यसले उनीहरूको स्वास्थ्यमा समेत गम्भीर असर परिरहेको छ । राजधानीमा सडक विस्तार तथा मेलम्ची खानेपानीको पाइप विस्तार हुन थालेपछि धुलो बढेको हो। 

साँखुबाट दैनिक चावहिल आउने गर्छन् सौरभ ढकाल । घरबाट उनी चिटिक्क परेर निस्कन्छन् । चावहिल आइपुग्दा भने धुलोले चिनिन नसक्ने हुन्छन् । ‘साँखुबाट चावहिल आइपुग्दा धुलोले पूरै विरुप हुन्छु,’ मोटरसाइकलमा यात्रा गर्ने सौरभले दुखेसो पोखे, ‘कहिलेकाहीँ त धुलोले घरकै मान्छेले पनि चिन्न सक्दैनन् जस्तो हुन्छु।’ 

उपत्यकामा हिँड्ने पैदलयात्रु तथा दुईपांग्रे सवारीचालकलाई धुलोले सबैभन्दा बढी सास्ती दिने गरेको छ । यसले उनीहरूको स्वास्थ्यमा समेत गम्भीर असर परिरहेको छ । राजधानीमा सडक विस्तार तथा मेलम्ची पाइप विस्तार हुन थालेपछि धुलो बढेको हो । 

तीन–चार वर्षदेखि नै सौरभ धुलाम्मे भएर यात्रा गरिरहेका छन् । चावहिल–साँखु मात्रै नभएर उपत्यकाका जुन सडकको यात्रा गर्दा पनि धुलो सहनुपर्ने बाध्यता रहेको सौरभले सुनाए।

सौरभ मात्रै नभएर उपत्यकामा बसेर धुलोको मार नसहने सायदै कोही होला । ‘जता जाउँ धुलाम्मे सडक मात्रै छन्,’ रातोपुल बस्ने कपिल पौडेल भन्छन्, ‘झन् सवारी गुडेका बेला त धुलोको मुस्लो उठेर अन्धकार नै हुने गर्छ ।’ उनका अनुसार धुलोले बालकदेखि वृद्धसम्म सबैलाई प्रत्यक्ष रूपमा असर गरिरहेको छ । ‘धुलोको मारबाट टाढा कोही सर्वसाधारण छैनन्,’ पौडेलले भने, ‘जो महँगा गाडीमा हुइँकिन्छन्, तिनीहरूले चाहिँ सर्वसाधारणको जस्तो मार अलि खेप्न परेको छैन।’ 

धुलोले सर्वसाधारणलाई वर्षौंदेखि सताइरहँदा पनि सरकारले भने केही गरेको छैन । वेलावेला धुलो नियन्त्रणको बहस हुने गरे पनि काम भने नभएको सर्वसाधारणको गुनासो रहने गरेको छ। 

‘हामी पाँच वर्षदेखि धुलो सहन बाध्य छौँ,’ बौद्धमा कपडा पसल गर्ने सुशीला खड्का भन्छिन्, ‘यो पाँच वर्षमा धुलोले हामीलाई लाखौँ व्यापार घाटा गरायो ।’ गाडी गुड्दा धुलोको मुस्लो आएर सटरभित्र पस्छ । धुलो टकटक्याउँदैमा दिन जाने गरेको उनले सुनाइन् । कति कपडा त धुलोले गर्दा पुरानो देखिएर बिक्री नहुँदा घाटा समेत खानुपरेको खड्का बताउँछिन् । खड्काले अहिले भने नयाँ उपाय लगाएकी छन् । देखाइरहने पर्ने कपडामा भने प्लास्टिकको कभर हालेर राखेकी छन् । यसो गर्दा प्लास्टिकमा मात्रै धुलो लाग्ने र कपडा बिग्रने डर कम हुने गरेको उनले बताइन्।

उपत्यकाका अधिकांश सडकमा धुलैधुलो देखिन्छ । सबैभन्दा बढी धुलो साँखु–चावहिल र कलंकी–नागढुंगा सडकमा छ । यी दुवै सडक विस्तारका क्रममा छन् । विस्तार गर्दा धुलो नियन्त्रणका लागि सामान्य काम पनि नगर्दा धुलो भएको देखिन्छ। 

चावहिल–चक्रपथ–कलंकी सडक कालोपत्रे भए पनि धुलाम्मे हुने गरेको छ । कालोपत्रे उप्किएर खाल्डा बनेका स्थानमा मर्मत नगर्दा धुलो उड्ने गरेको हो। 

सुन्धारा–बूढानीलकण्ठ सडकमा भने अन्यत्रभन्दा धुलो कम देखिन्छ । यो सडकमा व्यवस्थित फुटपाथ भएकाले धुलो कम भएको हो । माइतीघर–कोटेश्वर–सूर्यविनायक सडकमा पनि अन्यत्रभन्दा कम धुलो उड्ने गरेको छ । 

पर्यटकीय क्षेत्र ठमेललाई समेत धुलोको मारले छाडेको छैन । ठमेल प्रवेश गर्ने पर्यटक समेत मास्क लगाएर ‘डस्टमान्डु’ भन्दै यात्रा गर्ने गरेको स्थानीय बताउँछन्। 

उपत्यकामा धुलो अत्यधिक बढे पनि सम्बन्धित निकायले धुलो नियन्त्रणमा चासो दिएको छैन । उपत्यकामा धुलो नियन्त्रणका लागि महानगरपालिका लगायत स्थानीय तह, सडक विस्तार आयोजना र मेलम्चीको पाइप बिछ््याइरहेको आयोजना कार्यान्वयन निर्देशनालयको भूमिका हुन्छ । तर, यी कुनै पनि निकायले धुलो नियन्त्रणमा खासै चासो देखाएका छैनन्। 

सडक सफा गर्ने जिम्मा महानगरपालिका लगायत स्थानीय तहले पाएका छन् । महानगरपालिकाले दैनिक सडक बढारेर पानी छर्कनुपर्ने हो । यसो गर्दा धुलो केही भए पनि कम हुन्थ्यो । ‘हामीले सडक नबढारेका होइनौँ,’ महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्की भन्छन्, ‘धुलो आउने प्रमुख स्रोत बन्द नगरेसम्म बढारेर केही नहुने रहेछ।’ 

सडक विस्तारको काम गरिरहेको उपत्यका सडक विस्तार आयोजना भने ठेकेदारलाई पानी छर्कन लगाएर धुलो कम गरेको बताउँछ । ‘सडक विस्तार गरिरहेका क्षेत्रमा सक्दो धुलो कम गर्ने प्रयास गरिरहेका छौँ,’ आयोजना प्रमुख दीपक केसीले भने, ‘दैनिक रूपमा ठेकेदारलाई सडकमा पानी हाल्न पनि लगाएका छौँ ।’ उनले धुलो नियन्त्रण गर्न भने नसकेको स्वीकार गरे। 

निर्देशनालयले पनि पाइप बिछ्याएको ठाउँमा सडक कालोपत्रे गर्दै गएको दाबी गरेको छ । ‘पाइप बिछ््याएको ठाउँमा मिलेसम्म हामीले कालोपत्रे गरेका छौँ,’ निर्देशनालयका निर्देशक तिरेश खत्रीले भने, ‘तुरुन्तै कालोपत्रे गर्न नमिलेका ठाउँमा भने पानी छर्किएर धुलो कम गर्ने प्रयास गरिरहेका छौँ।’

सरोकारवाला निकायले धुलो कम गर्ने काम गरिरहेको दाबी गरे पनि उपत्यकामा धुलो भने उस्तै देखिन्छ । सडकमा धुलो बढेसँगै उपत्यकामा प्रदूषण समेत बढेको छ। 

उपत्यकामा वायु प्रदूषण मात्रा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको न्यूनतम बिन्दुभन्दा निकै माथि छ । दृष्टि काठमाडौंले उपत्यकाका १५ स्थानमा राखेका प्रदूषण मापन स्टेसनको रेकर्डअनुसार उपत्यकाको हावामा पर्टिकुलेट म्याटर (पिएम) २.५ को मात्रा झन्डै दुई सय माइक्रोग्राम प्रतिघनमिटर छ। जुन सरकारी मापदण्डभन्दा झन्डै पाँचगुणा बढी हो । यसलाई सबैभन्दा खतराजनक अवस्थाका रूपमा लिइन्छ। सरकारले हावामा पर्टिकुलेट म्याटर (पिएम) २.५ को मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ । त्यसैगरी विश्व स्वास्थ्य संगठनले हावामा पर्टिकुलेट म्याटर (पिएम) २.५ को मात्रा २५ माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्ने मापदण्ड तोकेको छ। 

आँखाले देख्न सकिने धुलोका कणलाई पिएम १० मा मापन गरिन्छ । पिएम २.५ मा आँखाले देख्न सकिनेभन्दा चारगुणा साना कण हुन्छन् । वातावरणविद्का अनुसार पिएम २.५ मा कम आकारका धुलोका कण, कार्बनमोनोअक्साइड र नाइट्रोेजनअक्साइड हुन्छ । यस्ता कण स्वास्थ्यका लागि हानिकारक मानिन्छन्। 

यी कण श्वासप्रश्वासमार्फत शरीरभित्र सजिलै पस्ने हुनाले श्वासनलीमा संक्रमण हुने चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार वायु प्रदूषणको तत्कालीन असर सामान्य टाउको दुख्ने, आँखा, नाक, घाँटी र श्वासप्रश्वासमा असरदेखि दीर्घकालीन रूपमा मुटुरोग, मस्तिष्काघात, फोक्सोको क्यान्सर, दम र बालबालिकामा मस्तिष्क विकास तथा प्रजनन क्षमता समेत ह्रास गराउने लगायत हुन्छन्।

प्रधानमन्त्रीको १५ बुँदे निर्देशन

उपत्यकामा बढ्दो धुलो नियन्त्रण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विशेष निर्देशन दिएको छ । सडकको अस्तव्यस्तता सुधार गरी धुलो नियन्त्रण गर्न कार्यालयले निर्देशन दिएको हो।

कार्यालयले सडक विस्तारमा देखिएका समस्या समधान गर्नदेखि व्यवस्थित फुटपाथ तथा समयमा काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाहीको दायरामा ल्याउनसम्मको निर्देशन दिएको हो।

कार्यालयले मन्त्रालय, विभाग र महानगर तथा नगरपालिकालाई एक साताभित्र कार्य अवरोधको विवरण पढाउन निर्देशन दिएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको नेतृत्वमा विशेष समिति गठन गरेर प्रधानमन्त्री कार्यालयले अघिल्लो साता  यस्तो निर्देशन दिएको हो।

कार्यालयले दिएको १५ बुँदे निर्देशनमा मेलम्ची आयोजनालाई सडक मर्मतदेखि धुलो नियन्त्रणको कार्ययोजना पेस गर्न, सडक विभागलाई ठेकेदारका कारण काम नभएका तथा ढिलो ठेक्का विवरण लगायत सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, सूचना तथा सञ्चार र खानेपानी मन्त्रालयबीच समन्वय हुन नसकेका कार्यको प्रतिवेदन र सर्वोच्च अदालतले दिएका अन्तिरिम आदेशबारे प्रतिवेदन दिन निर्देशन दिएको छ।

चावहिल–जोरपाटी–साँखु सडकमा विवाद नभएर विस्तारको काम भएको ठाउँमा तत्काल कालोपत्रे गर्न पनि निर्देशन दिएको छ । त्यसैगरी, सडक विस्तार गर्दा वातवरण प्रदूषण नियन्त्रण गर्न आवश्यक बजेट तत्काल अर्थ मन्त्रालयसँग माग गर्न सडक विभागलाई निर्देशन पनि गरेको छ। त्यसैगरी आयोजना सञ्चालन भइरहेका ठाउँमा सबै निकायले अनिवार्य सूचनापाटी राख्नुपर्ने पनि निर्देशनमा उल्लेख छ।

माग गरिएका विवरण तथा प्रतिवेदन उपलब्ध भएपछि आवश्यक काम तथा कारबाही गर्ने तथा समन्वय नभएका कामलाई समन्वय गराएर व्यवस्थित ढंगबाट कार्य गराउने लक्ष्य प्रधानमन्त्रीको कार्यालयको रहेको समितिका संयोजक रिमालले जानकारी दिए । सबै निकायले जिम्मेवार बनाएर धुलो नियन्त्रण गराउने उनको भनाइ छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस