खडेरीले खेतबारीमै सुक्न थाल्यो बाली
०८ असार २०८१
•
२ मिनेट पाठ
खडेरीले खेतबारीमै सुक्न थाल्यो बाली
जुम्लामा खडेरीका कारण खेतबारीमै बाली सुक्न थालेपछि किसान चिन्तामा परेका छन्। किसानका लागि यो याम कोदोदेखि अन्य बाली लगाउने समय हो। तर समयमै वर्षा नहुँदा अहिलेसम्म खेतबारीमा कोदो लगाउन नसकिएको तिला गाउँपालिका–१ का स्थानीय किशोर रावतले बताए। ‘पानी परेको छैन, खेतबारी सुक्खा छन्। सिँचाइको कुनै सुविधा छैन। यसपाली असार लागे पनि खेतीपातीको काम भएको छैन। गाउँमा खाद्यन्न सङ्कट आउने हो कि भन्ने चिन्ता थपिएको छ’, उनले भने। 




उनका अनुसार गतवर्ष समयमै पानी पर्दा कोदो र सिमीको उत्पादन राम्रो भएको थियो। यस वर्ष वर्षा नहुँदा कृषि उत्पादनमा ह्रास आउन सक्ने उनले बताए। विषेशगरी यहाँका किसानले हिउँदे याममा लगाएका नयाँ स्याउका बिरुवामा खडेरीका कारण क्षति पुगेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाइ जुम्लाका कृषि अधिकृत खेमराज शाहीले जानकारी दिए। 

हिउँद याममा राम्रोसँग हिमपात र वर्षा नभएपछि गहुँ, जौलगायत हिउँदेबाली पनि राम्रोसँग उत्पादन नभएको हिमा गाउँपालिका– ४ का किसान रतन रोकायाले बताए। जिल्लाका अधिकांश ठाउँमा सिँचाइ सुविधा पुगेको छैन। वर्षा नभएको खण्डमा यो वर्ष जिल्लामा खाद्यन्नबालीदेखि स्याउ उत्पादनमा कमी आउनसक्ने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।

जिल्लामा हालसम्म १६ हजार घरधुरी स्याउखेतीमा आबद्ध रहेको कार्यालयले जनाएको छ। यहाँका किसानको आम्दानीको मुख्य आयस्रोत नै स्याउखेती हो। पछिल्लो समयमा स्याउ खेतीको बीमाको महत्वबारे जानकार भएपछि जिल्लाका आठवटै स्थानीय तहका करिब ८० प्रतिशत स्याउ किसानले बीमा गरेको जनाइएको छ।

पानी अभावले रोपाइँमा समस्या 

असार धान रोप्ने महिना हो। विगतका वर्षमा जेठको अन्तिमसम्म प्रायःजसो जिल्लामा खेतमा रोपाइँ भइसकेको हुन्थ्यो। तर यसवर्ष पानी नपर्दा यहाँको हिमा, तिला गाउँपालिका किसानले रोपाइँ गर्न पाएका छैनन्।

पानी समयमै नपर्दा खेतीयोग्य जमिनमा नै धान रोप्न नसकिएको हिमा गाउँपालिका–४ का स्थानीय माया रोकायाले जानकारी दिए। सिँचाइ पुगेका खेतबारीमा रोपाइँ सम्पन्न भइसकेको छ। अकाशे पाानीको भरमा परेका किसानका लागि यो वर्ष खेतमा रोपाइँ हुने नसकेको किसान बताउँछन्।
अर्को समाचार
टोकन प्रणालीबाट सहज सरकारी सेवा पाएपछि नगरवासी हर्षित
०५ जेष्ठ २०८२
•
२ मिनेट पाठ
टोकन प्रणालीबाट सहज सरकारी सेवा पाएपछि नगरवासी हर्षित
जुम्लाको चन्दननाथ नगरपालिका–४, भारतीबाडाका प्रकाश उपाध्याय भेटघाटका लागि नगरपालिका कार्यालय पुगे। त्यहाँ उनले ठूलो अक्षरमा ‘एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्र’ लेखिएको देखे। 




अचम्म मान्दै सहयोगी कर्मचारीसँग सोधे, ‘म हाकिमलाई भेट्न आएको छु, हुनुहुन्छ कि?’ कर्मचारीले जवाफ दिए, ‘हाकिम कार्यकक्षमा छन्, तर टोकन लिनुपर्छ।’ उपाध्यायले टोकन लिए, दर्ता गराए र हाकिमसँग भेटे। सामान्य भेटघाटपछि उनी घर फर्के।

प्रकाश मात्र होइन, चन्दननाथ नगरपालिकामा पुग्ने सबै सेवाग्राहीले यही तरिकाले सेवा लिन्छन्। पहिले जस्तो कोठा–कोठा धाउनुपर्ने बाध्यता अब छैन। टोकन लिएर एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्रमा पुगेपछि कर्मचारीले काम सकेर खबर गर्छन्। काम कति समय लाग्छ वा कति भयो भन्ने जानकारी प्रतीक्षा कक्षको स्क्रिनमा हेर्न सकिन्छ।  

नगरपालिका–३ की रमा उपाध्यायलाई मूल ढोकामा कर्मचारीले काम सोधेर टोकन लिई केन्द्रमा जान सुझाए। टोकन प्रणालीबाट बसेर सेवा लिएपछि उनी खुसी भइन्। उनले भनिन्, ‘काम सक्दा ढिलो हुन्छ होला सोचेको थिएँ। तर, एकैछिनमा भयो। कोठा–कोठा धाउनु परेन, एकै ठाउँमा सेवा पाइयो।’ 

सेवाग्राहीलाई सहज र कम समयमा सेवा दिन चन्दननाथ नगरपालिकाले एकीकृत सेवा प्रवाह सुरु गरेको छ। सुरुमा सोधपुछ कक्षमा सहजीकरण गरिन्छ। त्यसपछि सेवाग्राहीले भेटघाट वा कामको टोकन लिन्छन्। जनप्रतिनिधि वा कर्मचारी भेट्न पुगेकाले १० मिनेटभन्दा बढी कुर्नु पर्दैन। अन्य कामका लागि पुगेकाहरू केन्द्रमा जान्छन्। त्यहाँ कार्यालय स्वचालन प्रणालीमार्फत सेवाको प्रकृतिअनुसार दर्ता हुन्छ। फाइल दर्तापछि कर्मचारीले वर्गीकरण गरी सम्बन्धित शाखालाई समय तोकेर काम पठाउँछन्।  

हरेक शाखाले सिस्टममार्फत कामको जानकारी पाउँछ र तोकिएको समयमा सक्छ। कागजात नपुगेमा सुरुमै सेवाग्राहीलाई प्रमाण जुटाउन भनिन्छ। गुनासोका लागि पेटिकाको व्यवस्था पनि छ।  

स्थानीय सूर्य थापाले सहज सेवा पाउँदा खुसी लागेको बताए। उनले भने, ‘पहिले कसैले के पुगेन, कसैले के भन्थे, सेवा लिनै मन लाग्दैनथ्यो। अहिले एकै ठाउँमा बसेर सेवा पाइन्छ।’ योजना सम्झौता, रकम भुक्तानी, प्रस्तावना पेस गर्न टोकन लिनुपर्छ, जसले सेवा सहज भएको छ।  

पहिले टोकन नहुँदा सेवाग्राही घण्टौँ लाइनमा बस्नुपर्थ्यो। हल्ला र विवादले पालो पाउन कठिन हुन्थ्यो। पहुँचवालाको काम छिटो र पहुँच नहुनेले हप्तौँ कुर्नुपर्थ्यो। तर, टोकन प्रणालीले सबैको आवाज सुनिन्छ। थापाले भने, ‘अहिले हरेक कोठामा फाइल पुर्‍याउनु पर्दैन। दर्ता भएको फाइल कर्मचारीले सम्बन्धित फाँटमा पुर्‍याउँछन्।’  

उपप्रमुख रामदेवी खड्काले एकीकृत सेवा प्रवाहले नागरिकलाई सेवा दिन सहज भएको बताइन्। नियमित र अत्यावश्यक सेवासँगै समावेशी योजना र बजेट निर्माणमा पनि सजिलो भएको उनको भनाइ छ। प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले भने, ‘टोकनले कर्मचारी पनि नियमित छन्। सेवाग्राहीले दुख पाएका छैनन्।’ हालसम्म एक हजार २४८ जनाले टोकनमार्फत सेवा लिएको तथ्याङ्क छ। अन्य सात गाउँपालिकामा पनि यो अभ्यास आवश्यक रहेको बताइएको छ।
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस