मेलम्ची खानेपानी तत्काल बन्द नगरिने, सावधानी अपनाएर पानी पठाइँदै
०८ असार २०८१
•
२ मिनेट पाठ
मेलम्ची खानेपानी तत्काल बन्द नगरिने, सावधानी अपनाएर पानी पठाइँदै
सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्ने भनिएकामा तत्काल बन्द नगरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। आजदेखि आयोजना बन्द गर्ने तयारी गरे पनि मेलम्ची नदीको पानी नधमिलिएकाले सावधानी अपनाएर उपत्यकामा पानी पठाइने समितिले जनाएको हो।




बागमती प्रदेशमा मनसुन सक्रिय भएसँगै मनसुनजन्य विपद्बाट आयोजना जोगाउन सरकारले आयोजना बन्द गर्ने तयारी गरेको थियो। गत जेठ ३१ गते आयोजना बन्द गर्ने भनिएकामा ठूलो वर्षा नहुँदासम्म पानी बन्द नगर्ने निर्णय भएपछि निरन्तर सञ्चालन गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछाने बताए।

‘बागमती प्रदेशमा मनसुन सक्रिय हुन थालेको ठूलो पानी आएर मेलम्ची नदीको पानीको बहाव बढ्नसक्ने र आयोजनामा क्षति हुनसक्ने जोखिम कम गर्न आजदेखि सुरुङको मूलद्वार बन्द गर्ने तयारी गरेका थियौँ’, उनले भने, ‘आजको अवस्था हेर्दा नदीमा पानीको बहाव बढेको छैन, नदी पनि सफा छ। तत्काल आयोजना बन्द गरिहाल्नुपर्ने अवस्था नदेखिएकाले सावधानी अपनाएर उपत्यकामा पानी पठाउने छौँ।’

लामिछानेका अनुसार परामर्शदाता तथा एसियाली बिकास बैंक (एडिबी) ले मनसुनी जोखिमबाट आयोजनालाई जोगाउन मेलम्ची बन्द गर्न सुझाव दिइरहेका छन्। ‘हामीले पटकपटक मेलम्ची बन्द गर्ने तयारी गरेका पनि हालसम्म सञ्चालन गरिरहेका छौँ’, उनले भने, ‘उपत्यकामा मेलम्चीको पानी पठाउन कहिलेदेखि आयोजना बन्द गर्ने भनेर यकीन दिन तोक्दैनौँ, जहिलो ठूलो वर्षा भएर जोखिमको खतरा बढ्छ, तत्काल बन्द गर्नेछौँ।’

समितिले मनसुन अवधिमा विपत्तीको जोखिम कम भएपछि मात्रै मेलम्चीको पानी पठाउन सुरु गर्ने तयारी गरेको छ। मनसुनी जोखिम बढ्ने देखिएमा मनसुन सकिएपछि मात्रै उपत्यकावासीले फेरि मेलम्चीको पानी पाउने लामिछानेको भनाइ छ। 

मनसुनजन्य विपत्तीबाट आयोजनाको हेर्डवक्समा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न सरकारले वर्षा सुरु भएसँगै खानेपानी बन्द गर्ने र वर्षा सक्रिएपछि खोल्ने गर्दै आइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा सरदर मनसुन जुन १३ मा भित्रिनेमा यस वर्ष तीन दिन चाँडो भित्रिएको थियो। मनसुन सरदररुपमा अक्टोबर २ मा बाहिरने गर्दछ। हाल कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक देशभर मनसुन फैलिएको विभागले जनाएको छ।-रासस
अर्को समाचार
सुरुङ समृद्धि
२८ वैशाख २०८१
•
४ मिनेट पाठ
सुरुङ समृद्धि
सिँचाइ, विद्युत् र पर्यटकीय हिसाबलेमहत्त्वपूर्ण मानिएको सुनकोसी–मरिन डाइभर्सन आयोजनाको सुरुङ मार्ग छिचोलिएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–२ स्थित कुसुमटारदेखि सुनकोसी गाउँपालिका–७ स्थित कानढुंग्रीसम्मको करिब १३.३ किलोमिटर दुरीको यो सुरुङ मार्ग नेपालको व्यावसायिक सुरुङ मार्ग ‘ब्रेक थ्रु’को दोस्रो संस्करण हो। तीन साताअघि मात्र ‘ब्रेक थ्रु’ भएको नागढुंगा–सिस्नेखोला सुरुङ मार्गले पनि इतिहासमा नाम लेखाइसकेको छ।




सुनकोसी–मरिन बहुउद्देश्यीय आयोजना सिन्धुलीमा बने पनि यो धेरै जिल्लाका लागि फलदायी हुनेछ। आयोजनाअन्तर्गत सुनकोसीको पानी मरिन खोलामा खसालिन्छ जसबाट दक्षिणका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने आयोजनाको भनाइ छ। जसबाट खाद्य असुरक्षा सामना गरिरहेको नेपाल खाद्यान्नमा आत्मनिर्भर हुन सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ।

विद्युत् उत्पादन यो आयोजनाको अर्को महत्त्वपूर्ण पाटो हो। कानढुंग्रीस्थित सुनकोसी नदीमा ३० मिटर उचाइ र एक सय ५८ मिटर लम्बाइको बाँध बाँधेर कुसुमटारस्थित मरिन खोलामा पानी खसालिने योजना छ। जसबाट ३१ मेगावाट विद्युत् निकालिनेछ। तर यो कार्य भने आयोजनाका दोस्रो चरणमा हुनेछ। जसबाट नेपालको विद्युत् क्षमता विकास भइ बहुआयामिक फाइदा हुने अनुमान स्वतः लगाउन सकिन्छ।

यही आयोजना छेउबाटै निर्माण भएको मदन भण्डारी राजमार्गले पूर्वी नेपालबाट एकै पटक हेटौँडा निस्की त्यहाँबाट सुरुङ मार्ग हुँदै छोटो समयमा राजधानी प्रवेश गर्न सकिन्छ। बाह्य र आन्तरिक पर्यटकका लागि करिब करिब भर्जिन क्षेत्र भएकाले यो राजमार्ग र आयोजना क्षेत्र दृश्यावलोकन, अध्ययन र घुमफिरका लागि पनि नयाँ सशक्त गन्तव्य बन्न सक्ने दरिलो आधार भेटिन्छ। त्यसैले धेरै कोणबाट फाइदाजनक देखिएको यो स्थानमा सुरुङ मार्ग छिचोलिनु सिन्धुलीबासीका लागि मात्र नभई सबै नेपालीका लागि खुसीको खबर हो।

एकपछि अर्को सुरुङ मार्ग छिचोलिँदै जानु विकासको गतिमा लम्किरहेको नेपालका लागि सकारात्मक पक्ष मान्नुपर्छ। तर यो पक्ष सकारात्मक हुँदाहुँदै पनि यसले केही प्रश्न भने उजागर गरेको छ। जस्तो २०७९ असोजमा सुरु गरिएको सुरुङ खन्ने काम निर्धारित समयभन्दा तीन महिनाअघि सकिनु राम्रो हो तर हालसम्म आयोजनाको भौतिक प्रगति ३० प्रतिशत मात्र हुनुलाई कसरी राम्रो भन्न सकिएला र ? २०८४ असोजसम्म सम्पन्न हुने लक्ष्य राखिए पनि हालसम्मको प्रगति प्रतिशतले भने नाक खुम्च्याउनुपर्ने अवस्था सिर्जना भएकामा शंका छैन।

अर्कोतर्फ अहिले सुरुङ मार्ग छिचोलिएको मात्र हो। फिनिसिङलगायतका काम गर्न अझै एक वर्ष लाग्ने अनुमान छ। नेपालका अन्य आयोजना र विकास निर्माणका काम त ढिलासुस्तीको नमुना नै बन्दै आएका छन्। राष्ट्रिय गौरवको भनिएको सुनकोसी–मरिन जस्तो आयोजनामा कम्तीमा पनि अन्य आयोजनको रोग सल्कन हुने थिएन। यस्ता आयोजना नमुना बन्न सक्नुपथ्र्यो। यहाँ त कुन राष्ट्रिय, कुन जिल्लास्तरको, कुन राष्ट्रिय गौरवको, सबैको हालत एउटै तुलोमा हाले जस्तो अवस्था छ।

एकातिर ब्रेक थ्रु भएका सुरुङ मार्गलाई सञ्चालनमा ल्याउन सकिने गरी कार्य अघि बढाउनुपर्ने चुनौती सरकारसामु छ। अर्कोतर्फ पहाडै पहाडयुक्त मुलुकमा यिनै सुरुङमा चित्त बुझाउने अवस्था छैन। हुन त भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार तीन दर्जनभन्दा बढी सुरुङ मार्ग कुनै अध्ययन र कुनै निर्माणका चरणमा छन्। जस्तो– सिद्धार्थ राजमार्गको बुटवल–तानसेन खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग खन्न थालिएको छ। धरान–लेउती, टोखा–छहरे सुरुङ मार्ग पनि निर्माण थालिने क्रममा छन्। यो अत्यन्त खुसीको कुरा हो र हुनु पनि पर्छ।

कुनै पनि काम थालनी गर्नु आफैँमा आधा उपलब्धि हो तर नेपालको सन्दर्भमा थालनीबाहेक सम्पन्न हुनु पनि ठूलै उपलब्धि मान्नुपर्ने अवस्था छ। थालिएको दशकौँसम्म पनि सम्पन्न नहुने समस्याले यहाँका धेरै आयोजना थलिएका छन्। सम्पन्न कतिपय काम पनि चाँडै बिग्रने, भत्कने जस्ता नियतिबाट ग्रस्त छन्। त्यसैले सवाल थाल्नु, सम्पन्न हुनुभन्दा पनि त्यो गुणस्तरीय छ कि छैन भन्ने पनि बन्ने गरेको छ। यी वास्तविकतालाई ध्यान दिई अब यस्ता महŒवपूर्ण कार्यलाई दिगो बनाउन गुणस्तरमा पनि उत्तिकै ध्यान दिनुपर्छ। समयमै काम सक्ने र त्यसका लागि निर्माण कार्यलाई गति दिनु त प्राथमिकताकै विषय हुँदै हो। यसो भए मात्र क्रमशः हुँदै गरेका एकपछि अर्को ‘ब्रेक थ्रु’ ले आफ्नो महŒव कायमै राख्न सक्षम हुनेछन्।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस