वाग्द्वारका पुजारी निकाल्न लागेकामा स्थानीयवासीको आपत्ति
०८ असार २०८१
•
२ मिनेट पाठ
वाग्द्वारका पुजारी निकाल्न लागेकामा स्थानीयवासीको आपत्ति
काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदीको मुहानस्थल वाग्द्वार क्षेत्रका मठ मन्दिरमा विगत एक दशकअघिदेखि पूजा, आराधना गर्दै आएका सन्त–पुजारीलाई हटाउन लागेकामा स्थानीयवासीले आपत्ति जनाएका छन्।




गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्ने वाग्द्वारमा सत्यानन्द शिवाचार्यले पूजा आराधना गर्दै आउनुभएकामा निकुञ्जले निकाल्न लागेकाले विरोध गर्नुपरेको स्थानीयवासी एवं बिपी सङ्ग्रहालय समितिका अध्यक्ष पर्शुराम पोखरेलले जानकारी दिए।

निकुञ्जभित्रको अप्ठ्यारो ठाउँमा बसेर नित्य पूजा गर्ने सन्तलाई हटाएर निकुञ्ज प्रशासनले सनातनकालदेखि चलिआएको परम्परा मास्न खोजेको भनी स्थानीयवासी सम्मिलित एक समूह सो सन्दर्भमा यथार्थ बुझ्न हालै वाग्द्वार पुगेको थियो।

वाग्द्वार पुगी बुझ्दा नित्य पूजा गर्दै आएका शिवाचार्यलाई त्यहाँबाट निकाल्नका लागि प्रक्रिया सुरु भएको भन्ने जानकारी प्राप्त भएको अध्यक्ष पोखरेलले बताए।

स्थानीय हेमन्तकेशर पण्डितले करिब दुई दशकअघि सोही ठाउँमा नित्य पूजा गर्ने टोड्के बाबाका नाममा परिचित पुजारीले आश्रम भन्दै निकुञ्जबीचमा होटल चलाउँदा पनि निकुञ्ज प्रशासनले उनैलाई विश्वास गरी नित्य पूजामा संलग्न शिवाचार्यलाई निकाल्न खोज्नु खेदजनक विषय भएको भनी दुःख व्यक्त गरे।

निकुञ्जका सूचना अधिकारी शिवलाल गैरे मुख्य निकुञ्ज क्षेत्रमा भवन र मानिस नराख्ने नीतिअनुसार सबैलाई हटाउन खोजिएको बताउँछन्। शिवाचार्यलाई हटाउन जेठ तेस्रो साता सहमति भई कागज गराएको उनले दाबी गरे।

टोड्के बाबाले होटल चलाएको विषयमा सूचना प्राप्त भएको निकुञ्जका प्रमुख संरक्षण अधिकारी डा गणेश पन्त बताउँछन्। टोड्के बाबाले निकुञ्जभित्र चलाएको होटलमा मानिस रातिसमेत बस्न थालेको भन्ने जानकारी प्राप्त भएपछि त्यहाँको संरचना हटाउन लागेको उनले स्पष्ट गरे।  
अर्को समाचार
शिखर धवनसहित कर्णाली याक्सका खेलाडीले गरे पशुपतिनाथको दर्शन
१६ मंसिर २०८१
•
१ मिनेट पाठ
शिखर धवनसहित कर्णाली याक्सका खेलाडीले गरे पशुपतिनाथको दर्शन
भारतीय खेलाडी शिखर धवनसहित एनपीएल टिम कर्णाली याक्सका खेलाडीहरूले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।




आइतबार बिहान पशुपति पुगेर धवनसहित कर्णाली याक्सका खेलाडीहरूले मन्दिरको दर्शन गरेका हुन्।

खेलाडीहरू सोमपाल कामी, गुल्शन झा, प्रशिक्षक ज्ञानेन्द्र मल्ल र फेस अफ कर्णाली याक्स स्वस्तिमा खड्कालगायतले मन्दिर दर्शन गरेका हुन्।

लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस