पर्यटन विकासका लागि त्रिभुज परियोजना
०९ असार २०८१
•
४ मिनेट पाठ
पर्यटन विकासका लागि त्रिभुज परियोजना
चितवनको इच्छाकामना गाउँपालिकाले पर्यटन विकासका लागि त्रिभुज परियोजनाको कार्यक्रम अघि सारेको छ। आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रममा गाउँपालिकाले उपरदाङगढी, सिराइचुली र इच्छाकामना मन्दिरलगायत पर्यटकीय क्षेत्रलाई जोड्ने गरी ‘इच्छाकामना त्रिभुज परियोजना’ अघि सारेको हो।




उपरदाङगढी क्षेत्रको ऐतिहासिक र पुरातात्त्विक महत्त्व झल्किने गरी गढी दरबारको निर्माण गरी पुरातात्त्विक तथा ऐतिहासिक सङ्ग्रहालयको रूपमा विकास गरिने गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

सिराईचुली क्षेत्रमा प्राकृतिक सौन्दर्य र पदमार्ग विकास र विस्तारलाई जोड दिइने भन्दै इच्छाकामना मन्दिर क्षेत्रमा धार्मिक सम्पदाहरूको विकास र विस्तारलाई जोड दिइने अध्यक्ष गुरुङले बताए।

लामो झरना, बालगौरी पाथिभरा मन्दिर, महादेवस्थान, हात्तीबाङ, कुरिनघाट शिवालयजस्ता धार्मिक एतिहासिक पुरातात्त्विक एवं पर्यटकीय स्थलहरूको भौतिक संरचना निर्माणमा थप लगानी गरी पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने उनले बताए।

यस्तै गाउँपालिकाले ‘सुखी खुसी समृद्ध इच्छाकामनाः कृषि पर्यटन पूर्वाधार विकास हाम्रो चाहना’ भन्ने नारालाई आत्मसात् गर्दै स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। ‘सुलभ स्वास्थ्य सेवाः नागरिकलाई टेवा अभियान’अन्तर्गत इच्छाकामना आधारभूत अस्पतालको निर्माणलाई तीव्रता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ।

२४सै घण्टा प्रयोगशाला सेवासहितको चिकित्सकीय सेवालाई थप सुदृढीकरण गर्दै अस्पतालबाट आवश्यक प्रक्रिया पूरा गरी स्वास्थ्य बिमा कार्यक्रम लागु गरिने अध्यक्ष दानबहादुर गुरुङले बताए।

उनले तोकिएका औषधिको निःशुल्क उपलब्धता, विशेषज्ञसहितको निःशुल्क स्वास्थ्य शिविर र ज्येष्ठ नागरिक, बालबालिका र गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षणको प्रभावकारी व्यवस्था मिलाइने जानकारी दिए।

पालिकाले स्वास्थ्यसँगै शिक्षा क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ। ‘गाउँपालिकाको इच्छा गरिखाने शिक्षा’ स्वर्णिम योजनाअन्तर्गत सीपमूलक र व्यावहारिक शिक्षासहित सुविधा सम्पन्न इसिइडी कक्षा व्यवस्थापन, जीवनोपयोगी शिक्षा, मेरो विद्यालय म बनाउँछु, विद्यालयको सुन्दरता र हराभरा विद्यार्थीहरूको सक्रिय सहभागितालगायत कार्यक्रम समावेश गरेको छ।

गाउँपालिकाले स्थानीय उत्पादनको प्रवद्र्धन, विद्यार्थीको पोषण सुधार र विद्यार्थीलाई स्थानीय आवश्यकताअनुसारको सिप विकास गर्न एक विद्यालय एक करेसाबारी, एक विद्यालय एक पूर्वाधार सुधार कार्यक्रम कार्यान्वयनमा ल्याउने जनाएको छ।

यस्तै ‘जहाँ विद्यार्थी त्यहाँ शिक्षक’ भन्ने अवधारणाअनुरूप शिक्षक दरबन्दी मिलानको आवश्यक व्यवस्था मिलाइने अध्यक्ष गुरुङद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

गाउँपालिकाले युवालक्षित रोजगारका कार्यक्रम ल्याउनुका साथै वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई समाजमा पुनः एकीकरण गर्दै वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको सृजना गरी बाध्यतावश वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थालाई अन्त्य गरिने जनाएको छ। स्थानीय रोजगारीका अवसर सृजना गर्न अध्यक्षसँग युवा तथा खेलकुद र उपाध्यक्षसँग महिला तथा सिप विकास कार्यक्रमलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

‘कृषकको उन्नति गाउँपालिकाको समुन्नति’ अभियानलाई प्राथमिकता प्राप्त योजनाको रूपमा अगाडि बढाउन कृषि बाली र पशुपक्षीमा देखा पर्ने संक्रामक रोग नियन्त्रणका लागि गाउँपालिकास्तरीय क्युआरटी गठन गरी परिचालनलाई प्रभावकारी बनाइने उल्लेख छ।

कृषकको सानो–सानो उत्पादनलाई सिधै बजारसँग पहुँच स्थापना गर्नका लागि कृषि एम्बुलेन्स सञ्चालनलाई थप व्यवस्थित एवं प्रभावकारी र जनताको अपनत्व हुनेगरी सञ्चालन गरिने अध्यक्ष गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समावेश छ।

खानेपानी विस्तार, सडक पूर्वाधार निर्माणलाई तीव्र गतिमा अघि बढाउने योजना ल्याएको गाउँपालिकाले ‘मेरो गाउँ उज्यालो ठाउँ’को अवधारणा अनुरूप ग्रामीण र दुर्गम क्षेत्रमा भरपर्दो विद्युत् सेवा उपलब्ध गराउने जनाएको छ। यस्तै गाउँपालिकाले पालिकाको मुख्य बजार क्षेत्रमा सडक बत्ती र मास लाइटको व्यवस्था गर्ने जनाएको छ।

पालिकामा सुशासन तथा संस्थागत क्षमता विकास नीतिअनुरूप ‘पालिकाले देख्छ: गलत कार्यलाई छेक्छ’ योजनाभित्र मातहतका कार्यालयमा विद्युतीय हाजिरी प्रणालीको जडान र विस्तार गरी गाउँपालिकाको कार्यालयबाट अनुगमन र नियमन गर्ने प्रणालीको विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। पालिकाले गाउँगाउँमा पोखरी निर्माणसँगै पानीका स्रोत संरक्षणका लागि कार्यक्रम कार्यान्वयनमा ल्याउने जनाएको छ।  
अर्को समाचार
गण्डकीमा ‘प्रदेश सरकारको साझेदारीः बाँझो रहन्न खेतबारी’
३१ जेष्ठ २०८१
•
२ मिनेट पाठ
गण्डकीमा ‘प्रदेश सरकारको साझेदारीः बाँझो रहन्न खेतबारी’
गण्डकी प्रदेश सरकारले ‘प्रदेश सरकारको साझेदारीः बाँझो रहन्न खेतबारी’ अभियान सञ्चालन गर्ने भएको छ।




गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रममा बाँझो जग्गालाई उपयोगमा ल्याई उत्पादन वृद्धि गर्न हावापानी, भौगोलिक उपयुक्तता र सम्भाव्यताका आधारमा खाद्यान्न, फलफूल, तरकारी, मसला, घाँसेबाली, आषधिजन्य प्रयोगका निम्ति गाँजा, अकबरे खुर्सानी, टिमुर उत्पादनलाई प्रोत्साहन गरिने उल्लेख छ।

नीति तथा कार्यक्रमअनुसार तुलनात्मक लाभ र उच्च मूल्य हुने अलैँची, तुलसीपत्र, अदुवा, बेसार, चिया, कफी, मह, छाला, पस्मिनाजस्ता निर्यातयोग्य वस्तुको उत्पादन र बजारीकरण प्रवर्द्धन कार्यक्रमलाई विस्तार गरिने छ। कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोकी कृषि बजारको सुनिश्चितताका लागि बहुसरोकारवालासँग समन्वय गरिने छ।

यसैगरी, औषधिजन्य तथा उद्योगजन्य कच्चा पदार्थ उत्पादन प्रयोजनका लागि गाँजा खेतीको आवश्यक कानुनी व्यवस्था गरी कार्यान्वयन गरिने छ। उच्च पहाडी क्षेत्रमा स्याउ, ओखर र खुर्पानी लगायत अन्य सम्भावनायुक्त शीतोष्ण फलफूल बालीको बगैँचा स्थापना तथा विस्तारसम्बन्धी कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

आँप, लिची र केराको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न नयाँ बगैँचा स्थापना र पुराना बगैँचाको सुदृढीकरण कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले किवी, एभोकाडो, सिउँडी फल (ड्रागन फ्रुट), मेकाडेमिया नट जस्ता फलफूलको सम्भाव्यताको आधारमा क्षेत्र विस्तार गरिने योजना प्रदेश सरकारले तर्जुमा गरेको छ।

कृषकको आयआर्जन र जीविकोपार्जनमा सुधार ल्याउन गण्डकी प्रदेशका ३४ वटा स्थानीय तहमा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन गरिने तथा माटो परीक्षण तथा मलको गुणस्तर नियमनसम्बन्धी कार्यक्रमलाई सघन तुल्याउन ‘मोबाइल माटो अस्पताल’ सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस