कपिलवस्तु कारागारबाट सुरुङ खनेर फरार भएका भारतीय नागरिक १४ बर्षपछि पक्राउ परेका छन्। कारागारबाट २०६६ साल माघ २ गते उनी सहित ८ जना सुरुङ्ग खनेर फरार भएका थिए। भारत उत्तर प्रदेश जिल्ला सिद्धार्थनगर चिल्हिया घर भएका स्कुल मिया अन्सारी भनिने मोहम्मद स्कुल पक्राउ परेका हुन्।
शिवराज नगरपालिका वडा नम्बर ७ बाट कपिलवस्तु प्रहरीको बिशेष टोलीले उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए। अदालतले उनलाई ६ बर्ष ५ महिना ९ दिन कैद र ४ लाख ५० हजार जरिवाना असुल उपर गर्नुपर्ने निर्णय गरेको थियो।
२०६६ माघ २ गते उनी सहितका ८ जना २१ फिट सुरुङ्ग खनेर कारागारको पुर्वी पर्खालबाट भागेका थिए। कारागारबाट भाग्नेहरुमा डाँका मुद्दामा कैद सजाय भोग्दै आएका मोहम्मद स्कुल सहित कर्तव्य ज्यान मुद्दाका रामजस मौर्य,प्रभु तेली र श्रवण कुमार मुराउ थिए।
त्यस्तै,लागुऔषधका संन्तोष कहार, हातहतियार तथा खरखजाना मुद्दाका केदार साहनी, बगेदु मुसलमान र जबर्जस्ती करणी मुद्दाका सन्तकुमार पासी कारागारबाट भागेका थिए।
सुरुङ्ग खनेर भागेका ७ जना फरार प्रतिवादीलाई कपिलवस्तु प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो। मोहम्मद स्कुल पक्राउ परेसँगै सुरुङ्ग खनेर भागेका ८ जना फरार प्रतिवादी मध्ये सबैलाई पक्राउ गर्न कपिलवस्तु प्रहरी सफल भएको हो।
एक बर्षमा १ सय २६ फरार प्रतिबादी पक्राउ
प्रहरीले चालु आर्थिक बर्षको हाल सम्म सम्मको अवधिमा १ सय २६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
जसबाट १ सय ४७ बर्ष १० महिना कैद भुक्तानी र १६ लाख १३ हजार ५ सय ४५ रुपैयाँ जरिवाना असुल हुनेछ।
विभिन्न मुद्दामा फरार भएका आरोपी र अदालतबाट सजाय तोकिएकाहरुलाई पक्राउ गर्न प्रहरीले बिशेष अभियान जारी राखेको छ।
विभिन्न आरोपमा फरार भएका र बिशेषतः ठुला अपराधमा संलग्न आफुहरुले निग्रानीमा राखेको प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।
फरार प्रतिवादी पक्राउका लागि प्रहरीको बिशेष टोली खटाईएको उनको भनाइ छ।