वीरगञ्जमा सुक्न थाले चापाकल
११ असार २०८१
•
३ मिनेट पाठ
वीरगञ्जमा सुक्न थाले चापाकल
फाइल तस्बिर
अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रमा चापाकलहरू सुक्न थालेका छन्। चापाकल सुक्न थालेपछि सर्वसाधारणलाई खानेपानीको अभाव हुन थालेको छ।




चापाकल सुकेर खानेपानीको चर्को अभाव हुन थालेपछि सर्वसाधारणले खानेपानीको लाइन जडान गर्न थालेका छन्।

चालु आर्थिक वर्षको साउनदेखि यही असार ६ गतेसम्मको अवधिमा मात्रै थप दुई हजार आठ सय १० घरधुरीले खानेपानी संस्थान शाखा कार्यालयबाट नयाँ धारा जडान गरेका हुन्।

खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जका वितरण प्रमुख सञ्जीवकुमार यादवले सर्वसाधारणको घरआँगन परिसरमा जोडेको चापाकल सुकेसँगै खानेपानी संस्थानको धारा जोड्नेक्रम ह्वात्तै बढेको जानकारी दिए। ‘पहिला वीरगञ्जवासीले संस्थानको धारा जडानमा खासै रुचि देखाउँदैन्थे तर अहिले घरमा गाडिएको चापाकलमा पानी आउन छाडेसँगै अहिले संस्थानको धारा जडान गर्न भन्दै आउने गरेका छन्’, उनले भने।

वितरण प्रमुख यादवले गत आवको असार मसान्तसम्म  संस्थानका खानेपानीका ग्राहक आठ हजार चार सय मात्रै रहेका थिए। तर यो हिउँदेयाममा चर्को खडेरी लागेसँगै खानेपानी सस्थानको लाइन जोड्नेको सङ्ख्या बढिरहेको छ। विसं २०८१ असार ६ गतेसम्म संस्थानका खानेपानीका कूल ग्राहक सङ्ख्या ११ हजार दुई सय १० पुगेका छन्। संस्थानले वीरगञ्ज महानगरभित्र दुई सय ८५ सार्वजनिक धारामार्फत खानेपानी पनि उपलब्ध गराउँदै आइरहेको छ।

प्वाल पारेर पानी चोरी

खानेपानी संस्थान शाखा कार्यालयले वीरगञ्जको छपकैयाँ क्षेत्रमा अवैध ढङ्गले खानेपानीको पाइपमा प्वाल पारेर खानेपानीको चुहावट भइरहेको नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयसँग सहयोग मागेको छ। ‘वीरगञ्जको छपकैयाँ क्षेत्रमा सर्वसाधारणले खानेपानीको पाइपलाई क्षति पुर्‍याएर खानेपानी चोरी गरिरहेका छन्’, शाखा प्रबन्धक मन्दिप श्रेष्ठले भने, ‘खानेपानीको चोरी नियन्त्रण गर्नका लागि आवश्यक सहयोग गरिदिन अनुरोध गर्दछु।’ सो क्षेत्रमा दुई सयभन्दा धेरै घरधुरीले खानेपानीको अबैध रुपमा प्रयोग गर्दै आइरहेका छन्।

वितरण प्रमुख यादवले वीरगञ्ज महानगरवासीको चापाकल सुकेसँगै खानेपानी कार्यालयमा नयाँ धारा जडानका लागि आउनेको सङ्ख्या बढिरहेको जानकारी दिए। ‘चुरे क्षेत्रको विनाशकै कारणले पनि वीरगञ्ज आसपास क्षेत्रको भूमिगत पानीको सतह घट्दै गइरहेकाले पनि खानेपानीकोसमस्या देखिएको हो’, उनले भने। कार्यालयका अनुसार वीरगञ्ज क्षेत्रको खानेपानीको मुख्य स्रोत नै भूमिगत पानी नै हो। अन्य पहाडी जिल्लामा जस्तो यहाँ कुनै नदीबाट पानी ल्याएर वितरण गर्न सक्ने अवस्था छैन। 

खानेपानी संस्थानसँग दैनिक एक करोड ६८ लाख लिटर खानेपानी उत्पादन गर्ने क्षमता रहेको छ। सो क्षमतामध्ये अहिले वीरगञ्ज महानगर क्षेत्रमा एक करोड १५ लाख ५० हजार लिटर पानीको दैनिक माग रहेको छ तर कूल उत्पादन क्षमता भने ४० प्रतिशत खानेपानी चोरी तथा चुहावट हुने गरेको छ।

कार्यालयसँग साना/ठूला गरेर डेढ दर्जन खानेपानीका बोरिङ रहेका छन्। तीमध्ये ११ भूमिगतबाट पानी तान्ने ठूला प्रकृतिका बोरिङ रहेका छन्। कार्यालयसँग कम्तीमा पनि वीरगञ्जका २० हजार घरधुरीलाई खानेपानी खुवाउन सक्ने क्षमता छ। 

तर अहिले पूर्वाधार र बजेट अभावको कारणले सकिरहेको छैन। वितरण प्रमुख यादवले बजेट अभावकै कारणले चाहे जति खानेपानीको पाइपलाइन विस्तार गर्न नसकिरहेको बताए। -रासस
अर्को समाचार
राजनीतिक दलहरूसँग झुके मेयर साम्पाङ, खानेपानी महसुल साबिकै कायम गर्ने सहमति
२८ साउन २०८१
•
२ मिनेट पाठ
राजनीतिक दलहरूसँग झुके मेयर साम्पाङ, खानेपानी महसुल साबिकै कायम गर्ने सहमति
आइतबार राती १० राजनीतिक दलहरूसँग सहमति भएपछि संक्षिप्त सम्बोधन गर्दै मेयर हर्कराज राई (साम्पाङ) तस्बिर: रोहित राई
विभिन्न शीर्षकमा खानेपानीको महसुल अत्यधिक वृद्धि गरेपछि आलोचना र विरोधको सामना गरिरहेका मेयर हर्कराज राई (साम्पाङ) अन्ततः राजनीतिक दलहरूसँग झुकेका छन्।




खानेपानीको महसुल वृद्धिविरुद्ध १० राजनीतिक दलहरूले संयुक्त संघर्ष समिति गठन गरेर साउन ११ गते खानेपानी व्यवस्थापन बोर्डमा ज्ञापन पत्र बुझाउँदै चरणबद्ध आन्दोलनमा उत्रिएका थिए।

अभियन्ता हुँदा खानेपानी निःशुल्क खुवाउनुपर्ने भन्दै आन्दोलन गर्ने साम्पाङ आफै नेतृत्वमा पुगेपछि भने जनताको ढाड सेक्ने गरी महसुल बढाएको भन्दै विरोध सुरु भएको थियो।

दलहरुको आन्दोलन चर्कँदै गएपछि आइतबार दिउँसो मेयर साम्पाङले दलहरुलाई पत्र पटाउँदै वार्तामा बोलाएका थिए। दिउँसो २ बजे वार्तामा गएका राजनीतिक दलका प्रतिनिधिहरू र मेयर साम्पाङबीच राती करिब ८ बजेपछि मात्र ३ बुँदे लिखित सहमति भएको हो।

करिब ६ घण्टा भएको वार्तामा वृद्धि भएको खानेपानी महसुलको पुरानो दर कायम राख्ने र खानेपानी तथा सेवा महसुल निर्धारण आयोगबाट आएको सुझावको आधारमा पुनर्विचार गर्ने सहमति भएको छ।

‘खानेपानी महसुल वृद्धिबारे खानेपानी तथा सेवा महसुल निर्धारण आयोगलाई लिखित पत्र पठाई जवाफको आधार मानी जवाफ नआइन्जेलसम्म पुरानो दर महसुल यथावत् राखी पुनर्विचार गर्ने निर्णय गरियो,’ सहमतिको पहिलो बुँदामा भनिएको छ।

उपमहानगरपालिकाभित्र वार्ता भइरहँदा गेटबाहिर धर्नामा बसेका आन्दोलनरत पक्ष। 
यसै गरी, दलहरूले उठाउँदै आएको खानेपानी व्यवस्थापन बोर्डलाई पूर्णता दिनुपर्ने मागमा पनि दुवै पक्षबिच सहमति भएको कांग्रेस सभापति श्याम पोख्रेलले जानकारी दिए। बोर्डमा रहेका पदेन सदस्यहरुलाई पनि नबोलाई मेयर साम्पाङले एकलौटी निर्णय गरिरहेको भन्दै उच्च अदालतमा रिट दायर भएको थियो। उक्त विषय उच्च अदालतमा विचाराधीन भएकोले अदालतको आदेश प्राप्त भएपछि सोही अनुसार हुने सहमति भएको पनि कांग्रेस सभापति पोख्रेलले बताए।

यस्तै, खानेपानी बोर्डको आयव्ययको विवरण सार्वजनिक गर्नुपर्ने मागमा पनि ७ दिनभित्र सार्वजनिक गर्ने निर्णय भएको छ। मेयर साम्पाङ निर्वाचित भएदेखिको आर्थिक बर्ष २०७९/०८० र २०८०/०८१ को आयव्यय सार्वजनिक गर्ने सहमति भएको पोख्रेलले जानकारी दिए। मेयर साम्पाङले ऋण तिर्नुपर्ने भएकोले महसुल वृद्धि गर्नुपरेको भन्दै आफ्नो बचाउ गरे। यद्यपि, महसुल वृद्धिको बिषयमा असन्तुष्टिको आवाज उठेकोले वार्ताको माध्यमबाट नगरबासीको हितमा निर्णय भएको उनले प्रतिक्रिया दिए।

साउन १ गतेदेखि लागु हुने गरी खानेपानी बोर्डले महसुल वृद्धि गरेको थियो। त्यसविरुद्ध राजनीतिक दलहरु आन्दोलनमा उत्रिएको थियो भने जनस्तरमा पनि असन्तुष्टि बढ्दै गएको थियो। तर, मेयर साम्पाङले भने विगतमा खानेपानी परियोजना सञ्चालन गर्दा एसियाली विकास बैङ्कबाट लिएको ऋण मिनाहा भए मात्र महसुल घटाउने भन्दै राजनीतिक दलहरुलाई वार्तामा बोलाएनन्।

मेयर साम्पाङले आन्दोलनलाई बेवास्ता गरेपछि राजनीतिक दलहरूले खानेपानी बोर्ड र विल काउन्टरहरूमा तालाबन्दी गरेका थिए। उच्च अदालतको आदेशमा ताला खोलेका दलहरूले बिहीबारदेखि भने उपमहानगरपालिकामा घेराउ र धर्नाको कार्यक्रमलाई जारी राखेका थिए।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस