बागमती प्रदेशमा सातवटा कोसेली घर हस्तान्तरण
११ असार २०८१
•
३ मिनेट पाठ
बागमती प्रदेशमा सातवटा कोसेली घर हस्तान्तरण
बागमती प्रदेश सरकारको ‘कोसेली घर’ कार्यक्रमअन्तर्गत मकवानपुरलगायतका विभिन्न जिल्लामा सात वटा कोसेली घर निर्माण गरी समुदायलाई हस्तान्तरण गरिएको छ। हस्तकला तथा स्थानीय कृषिउपजको प्रदर्शनी तथा बिक्रीमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बागमती प्रदेश सरकारले ‘कोसेली घर’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। 




प्रदेश सरकारको सोही कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष २०८०/८१ मा मकवानपुरको हेटौँडास्थित बसपार्क क्षेत्रमा, सिन्धुलीको फिकल गाउँपालिकास्थित खाँन्साङमा र सिन्धुपाल्चोकको लिसुन्खु पाखरास्थित सिलढुङ्गामा कोसेली घर निर्माण गरिएको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडाका प्रमुख पुष्करचन्द घिमिरेले जानकारी दिए।

चालु आवमा पाँच वटा कोसेली घर निर्माण गर्ने लक्ष्य रहे पनि जग्गाको व्यवस्थापनमा ढिलाइ हुँदा तीन वटा मात्रै निर्माण गर्न सकिएको उहाँले बताए। यसअघि आव २०७९/८० मा मकवानपुरको कुलखानीमा, थाहा नगरपालिका, चितवनको राप्ती नगरपालिका र सिन्धुलीको मरिन गाउँपालिकामा कोसेली घर निर्माण गरी समुदायमा हस्तान्तरण गरिएको प्रमुख घिमिरेले बताए।

कोसेली घर निर्माणसँगै स्थानीय हस्तकला तथा कृषिउपजको बजारीकरण गर्न तथा पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने हेटौँडा उपमहानगरपालिका–४ निवासी तरकारी व्यापारी कैलाश थापाको भनाइ छ। ‘उत्पादित हस्ताकला र कृषिउपज कहाँ राख्ने र बिक्री कहाँबाट गर्ने भन्ने समस्या थियो’, उनले भने, ‘अब किसानले हस्तकलाका सामग्री र कृषिउपज सङ्कलन गरी कोसेली घर ल्याउने र त्यहीबाट बिक्री वितरण गर्न सहज हुनेछ।’ यसबाट स्थानीय उत्पादनले सहज बजार पाउने र पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने उनको विश्वास छ।

बागमती प्रदेश सरकारले आगामी आवमा पनि ‘कोसेली घर’ कार्यक्रमलाई दिने घोषणा गरेको छ। गत असार १ गते प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले गरेको बजेट वक्तव्यअनुसार आगामी आवमा कोसेली घर कार्यक्रमलाई निरन्तरता दिइनेछ।  यसरी बागमती प्रदेश सरकारको कोसेली घर कार्यक्रम प्रभावकारी देखिए पनि औद्योगिक क्षेत्र तथा औद्योगिक ग्राम निर्माण कार्यक्रम सुस्त गतिमा अघि बढेको छ। 

‘एक पालिका एक औद्योगिक ग्राम बनाउने अवधारणाअनुसार औद्योगिक क्षेत्र तथा औद्योगिक ग्राम निर्माण कार्यक्रमका लागि प्रदेश सरकारले बजेट विनियोजन गरिए पनि जग्गा व्यवस्थापन हुन नसक्दा योजना अघि बढ्न नसकेको प्रमुख घिमिरेले बताए। ‘हामीले औद्योगिक ग्राम निर्माणका लागि प्रस्ताव आह्वान गर्‍यौँ’, प्रमुख घिमिरेले भने, ‘हाम्रो आह्वानअनुसार औद्योगिक ग्राम निर्माणका लागि पाँच ठाउँबाट प्रस्तावसमेत पेस भयो’, ‘प्रस्ताव आएका ठाउँमा औद्योगिक ग्रामका लागि चाहिने आवश्यक जग्गा  सुनिश्चित नहुँदा काम अघि बढाउन सकेका छैनौँ’, उनले भने।

औद्योगिक ग्राम निर्माणका लागि धादिङको नीलकण्ठ नगरपालिका, काभ्रेको मण्डन देउखुरी गाउँपालिका, दोलखाको बैतेश्वर गाउँपालिका, मकवानपुरको ठूला दमार र चितवको रत्ननगर नगरपालिका १६ वटा प्रस्ताव आएको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडाले जनाएको छ। 

प्रस्ताव आएमध्ये धादिङको नीलकण्ठ नगरपालिका–८ मा औद्योगिक ग्रामको केही संरचना निर्माण भए पनि सो क्षेत्र अधिकांश भाग जङ्गलमा परेकाले त्यस पनि काम अघि बढाउन नसकिएको प्रमुख घिमिरेको कथन छ।

औद्योगिक ग्राम निर्माणका लागि हिमाली क्षेत्रमा २५ रोपनी, पहाडी क्षेत्रमा ३५ रोपनी र तराई मधेस क्षेत्रमा ५० रोपनी जग्गा आवश्यक पर्छ। तर प्रस्तावित ठाउँमा आवश्यक जग्गा नरहेको र अधिकांश भाग जङ्गल क्षेत्रमा परेकाले औद्योगिक ग्राम निर्माणको काम अघि बढाउन समस्या भएको प्रमुख घिमिरेले बताए। -रासस 
अर्को समाचार
मझौला र हेभी गाडीको पनि ट्रायल खुला
१५ असार २०८१
•
२ मिनेट पाठ
मझौला र हेभी गाडीको पनि ट्रायल खुला
फाइल तस्वीर
बागमती प्रदेश सरकारले करिब डेढ महिनादेखि बन्द हेभी तथा मझौला गाडी मिनिबस, मिनि ट्रक, लहरी, बस, ट्रकको प्रयोगात्मक परीक्षा (ट्रायल) खुला गरेको छ। मोटरसाइकल तथा मिनी गाडीको ट्रायल भने गत जेठ ३२ गतेदेखि नै खुला भइसकेको छ।




बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबार मझौला तथा हेभी गाडीको ट्रायल परीक्षा लिइरहेका उपत्यकाका तीनवटा ट्रायल सेन्टर यातायात व्यवस्था कार्यालय भक्तपुर राधेराधे, यातायात व्यवस्था कार्यालय एकान्तकुना तथा यातायात व्यवस्था कार्यालय ठुलो भ¥याङलाई शुक्रबारदेखि नै ट्रायल खुला गर्न अनुमति दिएको छ।

मन्त्रालयका सचिव बलराम निरौलाले उपत्यकाका तीनवटा ट्रायल सेन्टरहरूले शुक्रबारदेखि मझौता तथा हेभी गाडीको ट्रायल खुला गर्न सक्ने बताए। उनले भने, ‘ट्रायल खुला गर्न हामीले अनुमति दिइसकेका छौं।’

यातायात व्यवस्था कार्यालय एकान्तकुनाका प्रमुख राजकुमार कपालीले एकान्तकुनामा हेभी तथा मझौला गाडीको प्रयोगात्मक परीक्षा लिन आइतबारदेखि अनलाइन फाराम भर्न सकिने बताए। यसैगरी यातायात व्यवस्था कार्यालय राधे राधेका प्रमुख दण्डबहादुर बस्नेतले सोमबारदेखि राधेराधेमा मझौला तथा हेभी गाडीको प्रयोगात्मक परीक्षा लिन सुरु गर्ने बताए।

मोटर साइकल तथा मिनी गाडीका ट्रायल लिइरहेका इजी वे ट्रायल सेन्टर राधेराधे भक्तपुर, भेइकल एकेडेमी तथा रिसर्च सेन्टर प्रालि गुर्जुधारा, नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालि गोकर्णेश्वर, सुजुकी ड्राइभिङ स्कुल प्रालि, एकान्तकुनाले गत जेठ ३२ गतेदेखि नै प्रयोगात्मक परीक्षा लिन सुरु गरिसकेका छन्।

सवारीचालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका २०७४ ले तोकेको मापदण्डअनुसार परीक्षा नलिएको भन्दै सतर्कता केन्द्रले निर्देशन दिएपछि गत जेठ २ गतेदेखि उपत्यकाका ट्रायल सेन्टरहरूले प्रयोगात्मक परीक्षा लिन बन्द गरेका थिए।

बन्द भएका ट्रायल सेन्टरहरूले तोकिएको मापदण्डअनुसार भौतिक संरचना तयार गरेका छन् कि छैनन् भनी मन्त्रालय र केन्द्रले छुट्टाछुट्टै टोली बनाएर निरीक्षण गरेका थिए। निरीक्षणपछि तोकिएको मापदण्ड ट्रायल सेन्टरहरूले भौतिक संचरना पूरा गरेको रिपोर्ट तयार गरिएको थियो।

यसअघि, सतर्कताले गत चैतमा एउटा टोली बनाई उपत्यकाका ट्रायल सेन्टरहरूले तोकिएको मापदण्डअनुसार भौतिक संचरना तयार गरेको÷नगरेको विषयमा विस्तृत अध्ययन तथा निरीक्षण गरेको थियो।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस