चेपाङ युवाले उडाए प्यारामोटर
१३ चैत्र २०७४
•
६ मिनेट पाठ
चेपाङ युवाले उडाए प्यारामोटर
चितवन – राप्ती नगरपालिका– २, गड्यौलीका २० वर्षीय सरोज चेपाङ अहिले सबैकालागि चासोको विषय बनेका छन्। एक वर्षदेखि घरमै बसेर मिनि एअरक्राफ्ट बनाउन थालेका उनले प्यारामोटर बनाएर उडाएका छन्। एअरक्राफ्ट बनाउन खटिएका उनलाई धेरैले बनाउन सक्दैन भनेपछि ‘चुनौती’ महसुस गरे। एअरक्राफ्ट सक्नुअघि केही गरेर देखाउने योजनाअनुसार २५ दिनमा करिब ८० हजार रुपैयाँ खर्चेर प्यारामोटर बनाउन सफल भएको चेपाङले बताए। 




प्यारामोटर बनाएपछि दुईपटक उडाउन प्रयास गर्दा उनी सफल हुन सकेनन्। आफूले बनाएको प्यारामोटर उड्नसक्नेमा विश्वस्त भएका उनले तेस्रोपटकको प्रयासमा सफलता पाए। चैत ४ गते राप्ती बगरबाट उडाएर झुरझुरेदेखि पिप्लेसम्म घुमे। उडाउन जाने समयसम्म पनि यो उड्दैन। रमिता देखाएको भनेर उनको खिसी गर्ने धेरै थिए। फागुन १६ मा उडाउनका लागि प्यारामोटर गुडाएर घरबाट निस्किँदा पल्टिएर दुर्घटना भयो। त्यसपछि चैत ३ गते दिउँसो गरेको प्रयास धेरै हावा चलेका कारण सफल भएन। भोलिपल्ट बिहान सरोजले आफूले बनाएको प्यारामोटर २०० मिटरमाथि ४० मिनेटसम्म उडाए। प्यारामोटरमा काठको पंखा, स्कुटरको टायर, इन्धन ट्यांकी, अल्मुनियम, मोटरसाइकलको ब्रेक, इन्जिन, ह्यान्डिल लक, स्टिल, फलाम, प्लास्टिकको कुर्सीलगायत सामग्रीप्रयोग गरिएका छन्। आवश्यक सामान संकलनगर्न वीरगन्ज, काठमाडौं, चितवनका विभिन्न ठाउँ पुग्नुपरेको चेपाङले बताए। 

मिनि एअरक्राफ्टमा पनि अल्मुनियम, स्टिल, प्लास्टिकको कुर्सीलगायतका सामग्री प्रयोग गर्दैछन्। ‘अहिले सबैबाट राम्रो काम ग¥यौ भनेर प्रशंसा पाएको छु,’ उनले भने, ‘मेरो सपना मिनी एअरक्राफ्ट बनाएर उडाउनु हो।’ गत साउनबाट मिनि एअरक्राफ्ट बनाउन थालेका सरोजको काम पैसा अभावले इन्जिन किन्न नसक्दा अड्किएको छ। सानो इन्जिन ल्याएर राखेपनि त्यसले काम नगरेपछि ठूलो इन्जिन राखेर पूर्णता दिने उनको इच्छा छ। 

इन्जिन राखेर फिनिसिङ गर्ने काममात्र बाँकी भएकाले ८० प्रतिशत काम सिद्घिएको उनी बताउँछन् । पढाइमा रुचि नभएपछि उनले ६ कक्षा पढ्दै गर्दा पढाइ छाडे। उनी बाल्यकालदेखि पढाइभन्दा मेसिनरी सामान खोल्न, बनाउन रुचि राख्थे। काठमाडौं बसेर जापानिज गाडी बनाउन सिकेपछि पाँच वर्ष मेकानिक्सको काम गरे । गाडी बनाउने काम गर्दागर्दै अलि फरक काम गर्ने योजना बनाए। मेकानिक्सको सीपले मिनि एअरक्राफ्ट बनाउन बल मिलेपछि उनी घर फर्किएका थिए। 

घर आएपछि सरोजले परिवारमा आफ्नो कुरा राखे। रोजगारीका लागि विदेश गएका बाबु मनुले आँट र हौसला दिए। सरोजकी आमा लिला छोराको कामबाट खुसी छिन् । उनी छोरालाई आवश्यक पर्दा पैसाको जोहो गर्न तयार रहिन्।  ‘उसले आँटिहाल्यो, आँटेपछि पूरा गरौं भनेर सहयोग गरेका छौं,’ लिलाले भनिन्, ‘उसको बाबाले नि छोराछोरीका लागि कमाउन आएको छु, उसले गर्छ र खुसी हुन्छ भने गर्न देऊ भने।’

सरोजलाई छिनछिनमै बनाउने सामान चाहिँदा भन्नेबित्तिकै पैसा नहुँदा बीचबीचमा धेरै दिन काम रोकिएको लिला बताउँछिन्। सरोजले अहिलेसम्म सात लाख रुपैयाँ खर्च गरेका छन्। परिवारको साथ र सहयोगले नै पैसा जुटाएर आफ्नो सपना पूरा गर्न लागेको उनले बताए। उनले बनाउन लागेको एअरक्राफ्ट डेढ क्विन्टलको हुनेछ। प्यारामोटर ६० केजीको छ । दुवैमा दुईजनाले यात्रा गर्न सक्ने उनले बताए। 

सीमान्तकृत चेपाङ समुदायको युवाले प्यारामोटर बनाएर उडाएको भनेर उनको प्रशसा हुन थालेको छ। उनलाई सहयोग गर्नका लागि सरोज प्रजा प्रतिभा संरक्षण समिति गठन गरिएको छ। ‘सुरुदेखि नै विश्वास गरेको भएर होला परिवारबाट धेरै सहयोग पाएको छु,’ उनी भन्छन्, ‘आउने दिनमा योभन्दा ठूलो र राम्रो प्यारामोटर अनि मिनि एअर क्राफ्ट बनाएर उडाउँछु।’
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस