ताप्लेजुङ – ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ का अन्दाजी ५५ बर्षीया कमल पन्दाक लिम्बूको भीरबाट लडेर मृत्यु भएको छ।
दाजुभाई (बन्धुबान्धव)को घरबाट बर्खान्तमा सहभागी भई घर फर्कने क्रममा स्थानीय काउलेपानी भीरबाट लडेर पन्दाको मृत्यु भएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरिक्षक काशीनाथ रेग्मीले साब्लाखु प्रहरी चौकीबाट खटिएको टोलीले भीरमा पन्दाकको शव फेला पारेको जानकारी दिए ।
प्रहरीले उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहको जनाएको छ।