भरतपुरका मुख्य राजमार्गमा अटोरिक्सा चलाउन रोक
२१ असार २०८१
•
२ मिनेट पाठ
भरतपुरका मुख्य राजमार्गमा अटोरिक्सा चलाउन रोक
भरतपुरको मुख्य राजमार्ग क्षेत्रमा अटोरिक्सा चलाउन रोक लगाउने बारे जानकारी गराउँदै महानगर प्रहरी र ट्राफिक प्रहरी । तस्बिर: वसन्त ढु‌गाना/ नागरिक
भरतपुर महानगरपालिकाले २०७५ सालमा मुख्य राजमार्गमा अटो रिक्सा चलाउन रोक लगाउने निर्णय गर्‍यो। सो निर्णय केही समय लागू भएपनि पूर्णरुपमा कार्यान्वयनमा आउन सकेन। निर्वाधरुपमा मुख्य राजमागमै अटो रिक्सा गुडिरहे। महानगरपालिकाले पाँच वर्षपछि सो निर्णयलाई कार्यान्वयन गर्न सुरु गरेको छ। बिहीबारदेखि भरतपुरको मुख्य राजमार्ग क्षेत्रमा अटोरिक्सा चलाउन रोक लगाउँदै महानगर प्रहरी र ट्राफिक प्रहरीले अटोचालकलाई सचेतना कार्यक्रम गरेका छन्।  




प्रारम्भिक चरणमा सचेतना कार्यक्रम गरिएको भन्दै अटेर गरे कडा कारवाही गरिने भरतपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख (डिएसपी) हरीकृष्ण ढकालले बताए। उनले महानगरका मुख्य राजमार्ग निर्माणको काम लगभग सकिएको भन्दै अब महानगर प्रहरी कानुन कार्यान्वयनमा लाग्ने बताए।  

‘राजमार्गमा अटो चल्न नदिने पहिल्यै देखिको सर्कुलर हो। अटो चालकले स्वःस्फूर्त चलाउनुभएको थियो’, उनले भने, ‘अबदेखि नगरप्रहरी र जनपथ प्रहरी मिलेर कडाइका साथ कार्यान्वयनमा ल्याउनेछौँ।’  

उनले सुरुवातमा सचेतना जगाइरहेको भन्दै पटकपटक उल्लंघन गरे कडारुपमा प्रस्तुत हुने चेतावनी दिँदै मुख्य राजमार्गको चोकबाट बाटो काट्न भने दिने उल्लेख गरे।  

भरतपुरको गोन्द्राङदेखि पुल्चोक, पुल्चोकदेखि आँपटारी र बाइपास सडकमा अटो चलाउन रोक लगाउने तयारी महानगरले गरेको हो।  

अहिले चितवनमा झण्डै चार हजार हाराहारीमा अटोरिक्सा छन्। त्यसमध्ये ७० प्रतिशत भरतपुर महानगरपालिका भित्र सञ्चालनमा रहेका छन्, तर भरतपुर महानगरपालिकाको अटो रिक्साको आवश्यकता र क्षमताका बारेमा अध्ययन गरिने प्रमुख ढकालले बताए।  

अटो रिक्साको यात्रा त्यति सुरक्षित मानिदैन । मानवीय क्षति समेत बढी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेश सुवेदीले बताए।  

चितवनमा चालु आर्थिक वर्षमा मात्रै २४ वटा अर्टो दुर्घटना भएका छन्। त्यसमा एक जनाको मृत्यु भएको छ भने ४९ जना घाईते भएका थिए। आर्थिक वर्ष २०७९÷०८० मा २० वटा अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो। २६ जना घाइते भएका थिए। दुर्घटनामध्ये अधिकांश मुख्य राजमार्गमा भएको ढकालले बताए।  

सरकारले २०७७ सालमा देशभरका महानगरपालिकामा अटो रिक्सा चलाउनका लागि रोक समेत लगाएको थियो। यसको जरिवाना काट्ने अधिकार ट्राफिक प्रहरीलाई दिइएको छ। कानुन उल्लंघन गरेमा एक हजार रुपैयाँसम्म जरिवाना गराउने व्यवस्था रहेको उनले जानकारी दिए ।  

भरतपुर महानगरपालिकाको निर्णयमा अटो व्यवसायीले भने विरोध जनाएका छन्। व्यवसायी वीरेन्द्र लामिछानेले सरकारले सञ्चालन गर्न अनुमति दिएपछि मुख्य राजमार्गमा पनि अटो चलाउन पाउनुपर्ने बताए। ‘सार्वजनिक सवारी साधानले यातायात व्यवस्था कार्यालयबाट रुट परमिट लिनुपर्छ । यहाँका अटोरिक्साले जिल्लाभर सञ्चालन गर्ने अनुमति पाएका छन्,’ उनले भने ‘स्थानीय तहले ठाउँ तोकेर निर्णय गर्नु विवादित छ।’  

यातायात कार्यालयबाट परमिट लिएपछि व्यवसायीले अटो चलाउन पाउनुपर्ने धारण उनको छ। अहिले राजमार्ग विस्तार भइसकेको अवस्थामा सञ्चालन गर्न दिनुपर्ने उनले बताए। 
अर्को समाचार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
०२ मंसिर २०८१
•
२ मिनेट पाठ
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेज (सिएमसी)शिक्षण अस्पतालमा ३० देखि ५० प्रतिशतसम्म छुट हुने भएको छ।




भरतपुर महानगरपालिका र चितवन मेडिकल कलेजबीच आइतबार यससम्बन्धी सम्झौता भएको हो।

सम्झौताअनुसार भरतपुर महानगरवासीले ‘होल बडी चेकअप’मा ५० प्रतिशत, अन्य सम्पूर्ण उपचारमा ३० प्रतिशत र अस्पतालको फार्मेसीमा सात प्रतिशत छुट पाउनेछन्।अस्पतालले बजारबाट खरिद गरेका सामानमा भने छुट सुविधा नदिने सम्झौतामा उल्लेख छ।

सम्झौतामा चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटा र महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले हस्ताक्षर गरेका छन्।महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र चितवन मेडिकल कलेजका अध्यक्ष प्रा डा हरिश्चन्द्र न्यौपाने र सिएमसी फार्मेसीका सरोजप्रसाद ज्ञवाली साक्षीका रूपमा रहेका छन।

छुट सुविधा लिनका लागि महानगरले उपचार कार्ड उपलब्ध गराउनेछ। यो कार्ड तयार नहुँदासम्म महानगरको सिफारिसका आधारमा छुट सुविधा पाइनेछ । स्वास्थ्य बिमा, विपन्न र मेडिकल लिगल केसमा भने महानगरवासीले छुटको दाबी गर्न पाउने छैनन्। महानगरले आयोजना गर्ने स्वास्थ्यसम्बन्धी कुनै कार्यक्रमहरू भएमा आवश्यक स्वास्थ्यसम्बन्धी जनशक्ति अस्पतालले उपलब्ध गराउने सम्झौतामा जनाइएको छ।

शिक्षण अस्पतालको भगिनी संस्था सिएमसि क्यान्सर इन्स्टिच्यूटमा सञ्चालित सिटिइभिटीको पढाइमा विद्यार्थीहरूलाई १० प्रतिशत छुटका लागि महानगरले सिफारिस गर्न सक्ने जनाइएको छ। महानगरले आफ्नो कार्यालय परिसरमा सबैले स्पष्ट देखिने ठाउँमा कम्तीमा पनि ४ बाई ६ फिटको बोर्डमा दुवै पक्षबीच भएको सम्झौताको जानकारी राख्नुपर्नेछ ।

यो सेवा मङ्सिर २ गतेदेखि २०८२ मङ्सिर १ गतेसम्म लागू हुनेछ। सम्झौतालाई पुनः नवीकरण गर्न सक्ने प्रावधान राखिएको छ।त्यस अवसरमा महानगर प्रमुख दाहालले भरतपुर मेडिकल सिटीका रूपमा विकास हुँदै गएको चर्चा गर्नुहुँदै यहाँका अस्पतालको सुविधा उपभोग गर्दा स्थानीयले सहुलियत पाउनु खुसीको कुरा भएको बताइन। उनले भनिन, “अस्पतालै अस्पतालको सहर भनिने यहाँका जनताले पाउने सुविधा के रु भन्ने प्रश्न थियो। भरतपुरवासीले पनि केही त पाए भन्ने गर्भको अनुभूति भएको छ।”

प्रमुख दाहालले सिएमसीसँग विगतमा पनि सहकार्य गर्दै आएको र यो सम्झौताले दुई संस्थाबीचको सम्बन्ध अझ मजबुद भएको बताइन। उनले अगाडि भनिन, “यो सम्झौतालाई नमूना सहकार्यको मोडेल बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।” आफूहरूको प्रस्तावलाई मेडिकल कलेजले सहर्ष स्वीकार गरेर यो सम्झौता गरिएको उनको भनाइ छ।

चितवन मेडिकल कलेजका अध्यक्ष प्रा डा न्यौपानेले देशकै नमूना अस्पताल रहेको भरपुरका नागरिकले यसबाट लाभ पाउनुपर्ने र त्यसका लागि छुट सम्झौता गरेको बताए। “नेपालमा सबैभन्दा धेरै बिरामी र स्पेसलिष्ट सेवा, शल्यक्रिया गर्ने अस्पताल चितवन मेडिकल कलेज हो। सिएमसी क्यान्सर अस्पतालमा बिपी काइराला मेमोरियल क्यान्सर अस्पतालको भन्दा एक रुपैयाँ बढी शुल्क लिएका छैनौँ । क्यान्सरको उपचार पनि सरकारी अस्पतालको शुल्कमा नै गरेका छौँ । त्यसमा पनि भरतपुरवासीलाई ३० प्रतिशत छुट हुन्छ”,उनले भने। 
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
यो पनि पढौँ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस