मुगुको डोल्फू गाउँ लुट्ने समूह एसएलआरसहित पक्राउ
२२ असार २०८१
•
२ मिनेट पाठ
मुगुको डोल्फू गाउँ लुट्ने समूह एसएलआरसहित पक्राउ
मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका १ डोल्फू गाउँ लुटपाटमा संलग्नहरूलाई प्रहरीले अत्याधुनिक हतियारसहित जुम्लाबाट पक्राउ गरेको छ। गाउँले यार्सागुम्बा संकलन गर्न पाटनतिर गएका बेला जेठ १२ गते राति डोल्फू गाउँका २४ घर र एक गुम्बामा हतियारधारी समूहले लुटपाट गरेको थियो।




प्रहरीले लुटपाटमा संलग्नहरूलाई जुम्लाको पातारासी गाउँपालिका–३ स्थित महरीगाउँको चनेलेखबाट बिहीबार दिउँसो पक्राउ गरेको हो।प्रहरीले लुटपाटमा संलग्न मध्येका पाँच जनालाई पक्राउ गरिएको बताएकाे छ । लुटेरा समूहले गाउँ लुट्नका लागि प्रयोग गरिएको एसएलआर एक थान, दुई म्यागेजिन र त्यसमा प्रयोग हुने २५ राउन्ड गोली बरामद गरेको छ।

यस्तै कटुवा पेस्तोल एक साथ, तीन सेट वाकीटकी र नेपाली सेनाले प्रयोग गर्ने आठ थान पोसाक पनि प्रहरीले बरामद गरेको छ। पक्राउ गरिएकाहरूलाई जुम्लाको चनेलेखबाट मुगु सदरमुकाम गमगढी ल्याइँदैछ। जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्र थापाले लुटपाटमा संलग्न चार जनालाई पक्राउ गरिएको बताए। उनले दुई थान हतियार बरामद भएको पनि बताए।

‘दुई हतियारसहित चार जना पक्राउ परेको भन्ने सूचना आएको छ,’ डिएसपी थापाले भने, ‘विस्तृत विवरण आइपुगेको छैन्, शनिबार पत्रकार सम्मेलन गरेर पक्राउ परेकाहरूका बारेमा जानकारी गराउँछौँ ।’ प्रहरी स्रोतका अनुसार घटनामा संलग्न मुख्यव्यक्तिहरु पक्राउ परे पनि केही अझै फरार छन्।डिएसपी थापाले सबै सूचना दिँदा अनुसन्धान प्रभावित हुने बताए।पक्राउ परेकाहरू अघिल्ला वर्षहरुमा पनि लुटपाटमा संलग्न रहेको प्रहरी स्रोतले बताएको छ।

प्रहरीका अनुसार डोल्फू गाउँका सबै जना यार्सा टिप्न पाटनतिर गएको मौका छोपेर २४ घरमा लुटपाट गरी नगद, सुनचाँदी, गरगहना, चाँदीका फुरु, काँशाका थाली, तामाका गाग्रीलगायत धन सम्पत्ति उनीहरुले लुटेका थिए । यस्तै केही घरहरूमा राखिएको यार्सा पनि उनीहरुले लुटेर भागेका थिए । लुटपाट हुँदा गाउँमा बृद्धबृद्धाहरु मात्रै थिए । उनीहरूलाई लुटेरा समूहले हतियार देखाएर तर्साउनुका साथै केहीलाई पिटपाटसमेत गरेका थिए।
अर्को समाचार
रारा पुग्ने पर्यटकको संख्या बढ्यो : १० महिनामा १३ हजार पुगे, राम्रो सडक नहुँदा समस्या
१२ जेष्ठ २०८२
•
१ मिनेट पाठ
रारा पुग्ने पर्यटकको संख्या बढ्यो : १० महिनामा १३ हजार पुगे, राम्रो सडक नहुँदा समस्या
नेपालको प्रमुख पर्यटकीय गन्तव्य रारामा १३ हजारभन्दा बढी पर्यटक पुगेका छन्। गत साउनदेखि वैशाख मसान्तसम्म उनीहरूले रारा क्षेत्रको भ्रमण गरेका हुन्।




रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार गत वैशाखसम्म रारा घुम्न आएका पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा बढेको छ। यो अवधिमा १२ हजार ७६१ आन्तरिक पर्यटक, ४५ सार्क राष्ट्रका र २०८ अन्य देशका पर्यटकले रारा घुमेका छन्।

आर्थिक वर्ष २०८०/८१ मा १७ हजार २९७ पर्यटकले रारा भ्रमण गरेका थिए। यस वर्ष वैशाखमै १३ हजारभन्दा बढी पर्यटक पुगेकाले असार मसान्तसम्म यो संख्या अघिल्लो वर्षभन्दा बढ्ने अनुमान न्यौपानेले गरेका छन्।

यस्तै, विभिन्न शीर्षकमा ४४ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन भएको छ। निकुञ्ज कार्यालयले जेठ ५ गतेसम्म यो रकम संकलन गरेको हो, जसमा पर्यटन शुल्कबाट ३१ लाख २७ हजार रुपैयाँ प्राप्त भएको छ। आन्तरिक पर्यटकका लागि प्रतिव्यक्ति एक हजार, सार्क राष्ट्रका लागि एक हजार पाँच सय र अन्य विदेशीका लागि तीन हजार रुपैयाँ शुल्क तोकिएको छ।  

सडक सुधार नहुँदा रारा पुग्न कठिनाइ  
रारा मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष विष्णुबहादुर रावलका अनुसार कर्णाली राजमार्ग र नाग्म–गमगढी सडक सुधार भए पर्यटक संख्या अझै बढ्नेछ।  

उनी भन्छन्, ‘सडकको अवस्था खराब छ, ठूला गाडी गुड्न सडक साँघुरो छ, पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुन्छ। रारा विमानस्थलमा नियमित उडान भए कर्णाली प्रदेशको आर्थिक अवस्थामा सुधार आउनेछ।’

रारामा पर्यटकमैत्री पूर्वाधारको कमी छ। त्यसैले पर्यटक संख्या बढाउन र बसाइ लम्ब्याउन सरकारले बृहत् रारा विकास प्राधिकरण गठन गरी विकासमा ध्यान दिनुपर्ने आवश्यकता छ। रासस
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २१ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस