चार दिनदेखि लगातारकाे वर्षाका कारण अर्घाखाँची, गुल्मी र पाल्पाका मुख्य सडक अवरुद्ध भएका छन्। पहिरोले अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ।
प्रहरीका अनुसार पहिरोले गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको दहखोला, बहखोर, सितापुरलगायतका क्षेत्रमा पहिरो खसेको छ। वर्षा जारी रहेकाले पहिरो हटाउन समस्या भइरहेको छ। यद्यपि एकतर्फी भएपनि सडक खुलाउने प्रयास भईरहेको छ। घुम्तीदेखि सन्धिखर्क सम्मको सडक सुचारु हुन करिब ४ घण्टा समय लाग्ने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए।
यस्तै सन्धिखर्क ९ नौलापानी, भुमिकास्थान २ हाटबजार, पाणिनी १ को कोप्ता र २ को निगालीलगायतका क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएका छन्। लगातारको वर्षाका कारण थप पहिरो जानसक्ने खतरा कायमै रहेकोले सतर्क रहन तथा अत्यावश्यक बाहेक यात्रा नगर्न प्रहरीले अनुरोध समेत गरेका छ।
यस्तै, गुल्मीमा पनि पहिरोले विभिन्न सडकहरू अवरुद्ध भएका छन्। रिडि–तम्घास सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिकाको कालिका मोडमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
शुक्रवार रातीदेखि नै ग्रामीण क्षेत्रका सडकमा सवारी साधान चल्न सकेका छैनन्। मदन भण्डारी राजमार्ग अन्तगर्तको तम्घास–सिमलटारी सडकमा पर्ने घमिरखोला, अर्जेखोला, धनार्जी खोला र हुलाके खोलामा पानीको बहाव बढ्दा जोखिम बढेको छ।
यस्तै,भारी वर्षाका कारण गुल्मी दरबारमा रुख ढल्दा सडक अवरुद्ध भएको छ। सिमलटारी–तम्घास सडकखण्डको सडकमा माथिबाट पहिरो खसेर अवरुद्ध भएका ठाउँमा बाटो सुचारु गर्ने प्रयास भईरहेको प्रहरीले बताएको छ।
यसैबिच यता पाल्पाको सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरोले बाटाहरु अवरुद्ध भएका छन्। राजमार्गमा पहिरो खसेपछि पाल्पा–बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु क्षेत्र अवरुद्ध भएका हुन्।
यस्तै तानसेन–तम्घास सडकखण्डको जोर्ते, अर्गली क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।
सडक अवरुद्ध भएपछि पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पातर्फ जाने सवारीसाधन बिच बाटोमै अलपत्र परेका छन्। कालीमाटी, चर्चरे र राम्दी क्षेत्रका सडक एकतर्फी खुलाइएको छ भने अन्य स्थानको पहिरो हटाउने प्रयास भइरहेको छ।
पहिरोका कारण अलपत्र सवारी साधनहरूलाई सुरक्षा प्रदान गर्ने र स्थानीय तहसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ।
गुल्मीमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ। गत वर्ष २४ हजार चार सय २६ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष २५ हजार एक सय ४३ मेट्रिक टन धान फलेको छ।
कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धितालका अनुसार जिल्लामा धान उत्पादनमा वृद्धि भए पनि धानखेती गरिएको क्षेत्रफल भने यो वर्ष घटेको छ। गत वर्ष सात हजार चार सय ३९ हेक्टरमा धानखेती गरिएकामा यो वर्ष सात हजार दुई सय ८८ हेक्टरमा त्यो सीमित रह्यो।
समयमा वर्षा, उन्नत तथा हाइब्रिड बीउको प्रयोग, यान्त्रिकीकरण र समयमा रासायनिक मलको उपलब्धताले उत्पादन बढेको हो गत वर्षभन्दा यस वर्ष बर्खे धान उत्पादनमा भने १४ प्रतिशतले कमी आएको छ। यस वर्ष बर्खे धान एक हजार दुई सय ८६ मेट्रिक टन र हिउँदे धान २४ हजार ४३ मेट्रिक टन उत्पादन भएको छ।
जिल्लाका इस्माको चौरासी, सत्यवतीको जोहाङ, उर्लीखोला कालीगण्डकीको अर्बेनी, कनौटा, छापचौर, सत्यवतीको जुहार खैरेनी, अस्लेवा, चन्द्रकोटको मजुवा, रुपाकोट फाँट धान उत्पादनका निम्ति उर्वर मानिन्छन्। मुसिकोट नगरपालिकाको तल्लाफाँट, इन्द्रेगौडा, बडीगाढको सुदी खोलाको आसपासका क्षेत्र, मालिका गाउँपालिकाको सिमलटारी, फूलबारी, मदानेको सिर्सेनी, धुर्कोटको छल्दी र पनाहा फाँट, गुल्मी दरबारको गरमटारी, छत्रकोटको खज्र्याङ, मनबागलगायत फाँटमा पनि अधिक धान उत्पादन हुने गरेको छ।
यहाँ हंसराज, झोत्री, काठे, भिनुवा, सानोभट्टे, ठूलोभट्टे, कोडे, मँडियारे, रातोे मार्सी र मार्सीलगायत जातका धान उत्पादन हुँदै आएको छ। रासस
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...