मुगु – जिल्लाको पूर्वी मुगुम कार्मारोङ्ग गाउँपालिकामा ६ शैयाको सामुदायिक अस्पताल बन्ने भएपछि स्थानीयबासी खुसी भएका छन।
साविकका पाँच गाविस रहेको यस गाउँपालिकामा नेपाल सरकारद्धारा सञ्चालित पाँच वटा स्वास्थ्य चौकी र तीनवटा प्रसुती गृह रहेपनि स्वास्थ्यकर्र्मी नबस्ने र औषधी अभावका कारण प्रायजसो गर्भवती महिलाको स्वास्थ्य संकटमा पर्दै आइरहेकाले सामुदायिक अस्पताल बनेपछि स्थानीयबासी स्वास्थ्य सेवाबाट बञ्चित हुन नपर्ने गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले बताए।
विगतमा सामान्य चोट पटक देखि रुघा खोकी लाग्दा समेत स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी भेट्नु त के प्राथमिक उपचार र परामर्श समेत नपाएर फर्कनुपर्ने बाध्यता रहेको अध्यक्ष लामाले बताए।
ठूलै चोटपटक लाग्दा होस या त गर्भवती महिलालाई वेथा लाग्दा आर्थिक अवस्था बलियो भएकाले सोझै हेलिकप्टर चार्टर गरेर काठमाडौं र नेपालगन्ज लैजाने गरेपनि आर्थिक विपन्नता भएकाहरूका लागि भने निकै दुख भोग्नु परेको गाउँपालिकाका उपाध्यक्ष छिरिङ्ग तामाङ्गले बताइन। आर्थिक विपन्नताका कारण नै समयमा जिल्ला अस्पताल लैजान नसक्दा विगतमा दर्जन जति गर्भवतीको ज्यान गइसकेको र अब बन्न लागेको सामुदायिक अस्पतालमा विपन्न, गरिब तथा गर्भवती महिलाहरूले सहज रुपमा स्वास्थ्य सेवा पाउने आशा जागेको उपाध्यक्ष तामाङ्गले बताइन।
छाँया नेपाल नामक गैर सरकारी संस्थाको आर्थिक सहयोग, हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक मुगुको प्राविधिक तथा मुगुम कार्मारोङ्ग गाउँपालिकाको २० प्रतिशत आर्थिक सहयोगमा गाउँपालिको रिउस बगरमा स्थानीयबासीले निशुल्क जग्गा उपलब्ध गराएपछि प्रसुती गृह सहित ६ शैयाको सामुदायिक अस्पतालको शिलान्यास गरिएको हो। गैर सरकारी संस्थाको ५५ लाख र २० प्रतिशत गाउँपालिकाको लगानीमा अबको एक वर्ष भित्र अस्पतालको निर्माण कार्य सम्पन्न हुने बताइएको छ।