जुम्लाको आकाशमा पहिलो पटक प्याराग्लाइडिङ
२७ असार २०८१
•
१ मिनेट पाठ
जुम्लाको आकाशमा पहिलो पटक प्याराग्लाइडिङ
जुम्लाको गुठीचौर गाउँपालिकाको पर्यटकीयस्थल गुठीचौरलाई पर्यटकीय प्रवर्द्धन गर्न पहिलोपटक साहसिक खेल प्याराग्लाइडिङको व्यावसायिक परीक्षण उडान गरिएको छ। 




पोखरामा प्याराग्लाडिङ गर्दै आएका बाबु एडभान्चर ग्रुपका मोहन सुनावार, सानुबाबु सुनुवार, राजकुमार सुनुवार, निर्गम सुनुवार र निर्मल सुनुवारलगायतको प्याराग्लाइडिङ पाइलटको टिमले गुठीचौरमा आज पहिलोपटक परीक्षण उडान गरेको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले जानकारी दिए।

“परीक्षण उडान सफल भएको  छ”, अध्यक्ष बुढाले भने, “अब दुईजना प्याराग्लाडिङ पाइलट राखेर गाउँपालिकाले नियमित उडान गर्ने छ।”

पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले गुरुयोजना बनाई कार्यान्वयन गर्ने गाउँपालिका अध्यक्ष बुढाको भनाइ छ। सो गाउँपालिकाका स्थानीयवासी टेकबहादुर भण्डारीले गुठीचौरमा पहिलोपटक आकाशमा प्याराग्लाडिङ देख्न पाउँदा निकै खुसी लागेको बताए।

नियमित प्याराग्लाइडिङ उडान गर्न यहाँका उत्साहित युवालाई यससम्बन्धी विशेष तालिमको व्यवस्था गर्ने गाउँपालिकाले जनाएको छ।

सुरक्षित उडानका लागि प्याराग्लाइडिङ उपकरणका सम्पूर्ण जाँच, स्वास्थ्य मापदण्डलगायतका विषयमा प्यारा पाइलट र व्यवसाय सञ्चालकलाई सचेतनाका कार्यक्रम सञ्चालन गरिने गुठीचौर गाउँपालिकाले जनाएको छ।
अर्को समाचार
जुम्लाको आकाशमा रमाइलो थप्दै प्याराग्लाइडिङ महोत्सव
०५ असोज २०८२
•
२ मिनेट पाठ
जुम्लाको आकाशमा रमाइलो थप्दै प्याराग्लाइडिङ महोत्सव
कर्णालीको काखमा अवस्थित जुम्लाको गुठिचौर अब केवल स्याउको मिठास वा हिमाली सुन्दरता हेर्ने थलो मात्र रहे- अब त्यो साहसिक रोमाञ्चको गन्तव्य पनि बन्न थालेको छ। यही सन्देश बोकेर जुम्लाको गुठिचौर गाउँपालिकामा आइतबार अर्थात आजदेखि दोस्रो आकासे पर्व प्याराग्लाइडिङ महोत्सव सुरु हुँदैछ।




गाउँपालिकाको पहलमा आयोजना हुन लागेको यो महोत्सवले जुम्ला पर्यटनलाई नयाँ उचाइ दिने लक्ष्य लिएको छ। गाउँपालिका अध्यक्ष दानबहादुर बुढा भन्छन्, 'यो महोत्सव गुठिचौरलाई साहसिक पर्यटनको नक्सामा राख्ने अवसर हो। पर्यटकलाई आकाशबाट स्याउबगान, हरियाली बन, हिमशृङ्खला र गाउँघरको मनमोहक दृश्य एकै साथ देखाउने अनौठो अनुभव हुनेछ।'

प्याराग्लाइडिङ महोत्सवमा सहभागिता जनाउने पर्यटकले २० देखि ३० मिनेटसम्म प्रशिक्षित पाइलटको साथमा सुरक्षित उडान भरिनेछ। गुठिचौर गाउँपालिकाले सेवा शुल्क स्थानीय पर्यटकका लागि ३५ सय रुपैयाँ र बाहिरी पर्यटकका लागि ४५ सय रुपैयाँ निर्धारण गरेको छ। उपाध्यक्ष शान्तिकुमारी मल्ल 'भण्डारी' भन्छिन्, 'यो केवल उडान होइन, जीवनभर सम्झनामा रहने क्षण हो। कर्णालीका पहाड, वन र हिमाललाई आकाशबाट हेर्ने त्यो क्षण शब्दभन्दा पर हुनेछ।'

महोत्सवले साहसिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय रोजगारी सिर्जना, उद्यमशीलता विस्तार र गाउँपालिकाको आर्थिक गतिविधिमा प्रत्यक्ष टेवा पुर्याउने अपेक्षा गरिएको छ। यस्तै प्रमुख प्रशासकीय अधिकृत मायाँ लक्ष्मी बुढा भन्छिन्, 'हाम्रो क्षेत्र अब केवल कृषिमा सीमित छैन। हामी अब पर्यटनमैत्री गन्तव्यको रूपमा अघि बढ्दैछौं।' उनका अनुसार महोत्सवले गुठिचौर मात्र नभई सम्पूर्ण जुम्लाको पहिचान बदल्ने सम्भावना बोकेको छ। 'स्याउको रस, हिमालको दृश्य, र आकाशको छातीमा उड्ने साहसिकता- यी सबै अब जुम्लामा एकैसाथ पाइन थालेका छन्,' बुढाले भनिन्।

पछिल्लो समय साहसिक पर्यटनप्रति आकर्षण बढिरहेको सन्दर्भमा गुठिचौरको यस्तो प्रयासले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने विश्वास लिइएको छ। स्थानीय पर्यटन व्यवसायी, युवा र होटल व्यवसायीहरू पनि यसबाट उत्साहित छन्।

महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। आवश्यक पूर्वाधार, सुरक्षा व्यवस्था र पाइलट व्यवस्थापन पूरा भइसकेको छ। महोत्सवमा सहभागिता जनाउने सबैलाई प्रशिक्षित पाइलटसहित सुरक्षित र रोमाञ्चक उडान उपलब्ध गराइनेछ।
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
Whatsapp
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
Whatsapp
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस